Posts

Showing posts from May, 2021

विश्व - चीनमा अब ३ सन्तान नीति

  जेष्ठ १७, २०७८ कान्तिपुर संवाददाता काठमाडौँ — चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको छ । पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो ।  चिनियाँ समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले उक्त नीति लागू गर्ने निर्णय गरेको हो । उक्त बैठक राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको थियो । यसै वर्षको सुरुवातमा सार्वजनिक भएको जनगणनाअनुसार चीनमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो । जुन १९६० को दशकयताकै कम भएको बताइएको छ । चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ । यसअघि चीनले सन् २०१६ मा साढे तीन दशक लामो एक सन्तानको नीतिलाई खारेज गर्दै दुई सन्तानको नीति अँगालेको थियो । दोस्रो आर्थिक शक्तिका रूपमा अगाडि आएको चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनले सन् १९८० देखि एक सन्तानको नीति अवलम्बन गरेपछि जनसंख्यालाई कडाइसाथ नियन्त्रण गर्दै आएको थियो । लामो समयसम्म चलेको जापान विरुद्धको युद्ध, दोस्रो विश्वयुद्ध र आन्तरिक गृहयुद्धका कारण

फिचर - एक जोडीको पानीफोटो कथा : दशरथ राई र तारादेवी राई

Image
  जेष्ठ ६, २०७८ गणेश राई काठमाडौँ — दशरथ राई यतिखेर (२०७८ जेठ) हुम्ला जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी छन् । उनले भर्खरै फेसबुकको भित्तामा ९ वर्षअघिको एउटा फोटो पुनःरावृत्ति भएर आएको छ । पुनःस्मरणमा देखिएको फोटो भित्तामा पोस्टाउँदै दशरथले भनेका छन्– ‘भेषभूषामा दम्पती ।’ यो फोटोको कथा अलि रोचक छ । जसको साक्षी दशरथ राई र उनका पत्नी तारादेवी राईमात्र छैनन् । किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी सदस्यहरूको संयोजन रहेको छ । अन्तर्राष्ट्रिय मञ्च प्रकाशनले सरकारद्वारा सूचीकृत गरेको ५९ आदिवासी जनजातिको भित्तेफोटो शृंखलामा प्रकाशित गरेको छ । किरात राई जातिको प्रतिनिधित्व ‘भेषभूषामा दम्पती’ले गरेको छ । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गरेपछि सूचीकरण गरेको हो । दुई दशकअघि अहिलेजस्तो मोबाइल जमानामा थिएन । जनजातिको पहिचानजन्य भित्तेफोटो सबैतिर छायो । आमसञ्चारका छापा माध्यमहरू यिनै फोटोलाई पुनरावृत्ति गराएर छापिएको पाइन्छ । सरकारी मातहतका निकाय, आदिवासी जनजातिसँग सम्बन्धित संघसंस्थामा यिनै तस्बिर राखिएको पाइन्छ । त्यतिमात्र

बलबहादुर_राई

 स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट Jump to navigation Jump to search बलबहादुर राई आवास मन्त्री श्रम मन्त्री व्यक्तिगत विवरण जन्म वि. सं. १९७७ साल फागुन ६ गते मौला ,  ओखलढुङ्गा जिल्ला मृत्यु वि.सं.२०६७ असार २० गते त्रिवि शिक्षण अस्पताल ,  काठमाण्डौ बलबहादुर राई  नेपालका पूर्वमन्त्री तथा  प्रजातन्त्रका सेनानी  हुन्। उनी १९ पटक कार्यवाहक प्रधानमन्त्री बनेका थिए। नेपाली कांग्रेस  पार्टी सँग सम्बन्धित बलबहादुर राईको प्रजातान्त्रिक आन्दोलनको यात्रा ६ दशक भन्दा लामो छ। सुरूवात [ सम्पादन गर्ने ] बाबु नवलिसंह राई र आमा भवीमाया राईको साँइलो छोराको रूपमा विस १९७७ साल फागुन ६ गते ओखलढुङ्गामा जन्मेका बलबहादुरले १९९५ साल माघ १ गते ओखलढुंगाको विष्णुदल पल्टनमा मिलिसिया पदबाट जागीरे जीवन शुरु गरे। सेनाको कर्णेल या जर्नेल हुने उनको इच्छा थियो, त्यसैले मासिक ४ रूपिया तलबमा जागीर शुरु गरेका थिए। त्यसपछि धनकुटाको श्रीनाथ पल्टनमा भर्ना भए। सेनाको हवल्दार भएको दूई वर्षमा बहिदार भएपछि तेहथुम माल अड्डामा सरुवा भए उनी। त्यतिबेला भारतमा अंग्रेजविरुद्धको भारत छोडो आन्दोलनले उचाई लिइरहेको थियो। यता उनी सेना

अपराजेय नेता बलबहादुर राई : होमनाथ दाहाल

  २२ असार २०६७  होमनाथ दाहाल "यो बले राई साधारण कालगतिले मर्दैन, विशेष दुर्घटनाबाट मात्र मर्नेछ" आफ्नो मृत्युको बारेमा यस्तो मजाक गर्ने प्रजातन्त्रका अपराजेय योद्धा बलबहादुर राईको ९० वर्षको उमेरमा महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा साधारण कालगतिले आषाढ २० गते निधन भयो। ०७ सालको क्रान्तिमा राणा शासनको साधारण जागिर छोडेर कांग्रेसमा लाग्नु भएका राई ६ दशकसम्म कांग्रेसको राजनीतिको शीर्ष स्थानमा रहनु भयो। मुलुकको वर्तमान राजनैतिक अवस्था र कांग्रेस भित्रको किचलो देखि खिन्न राई अस्पतालमा भेट्न आउने जो कोहिलाई पनि भन्ने गर्नु हुन्थ्यो जातीय आधारमा संघीयता बनाइयो भने मुलुक टुक्रन्छ, मुलुक र प्रजातन्त्र जोगाउन कांग्रेस एक हुनुपर्छ। कांग्रेस कमजोर भयो भने प्रजातन्त्र र मुलुक रहँदैन। साधारण शिक्षा हासिल गरेका राईले प्रजातन्त्रको मूल्य र मान्यतासंग कहिल्यै संझौता गर्नु भएन। मूलतः ०७ सालको क्रान्ति पूर्वी पहाडबाट शुरु भएको थियो र भोजपुर ओखल्ढुंगाका पढे लेखेका धेरै राईहरुले त्यसको नेतृत्व गरेका थिए। कालान्तरमा त्यस्ता धेरै व्यक्तिले कांग्रेसको राजनीति परित्याग गरे तर बल बहादुर निरन्तर रुपमा क

कविता : खुवालुङ - जनकऋषि राई (चाम्लिङ)

Image
  कविता : खुवालुङ जनकऋषि राई (चाम्लिङ) तिमी ढुंगा देखिरहेका छौ त्यही ढुंगाबाट मेरो इतिहास सुरु हुन्छ  बगिरहेको नदीको आवाज संगीत हुन्छ मेरो सौन्दर्य त्यही छ्यालुङ्माबाट उठेको हो तप्प चुहिएको रगतसँग मेरो सीमान्त कथा त्यही ढुंगासँग जीवन्त छ ।   तिमीले यसरी नै ढुंगा देख्नुअघि आफ्नै बुढ्यौली अनुहारलाई हेरेर आउनु बालुवाटारको कुनै ऐनामा सत्ताको आवधिक उन्माद  कोतपर्वको पटांगिनीमा बिसाएर आउनु र, आउनु छाडेर कुनै वादको खोपडी सोलोलोलो...सोलोलो... तिमीले थाहा पाउनेछौ तिम्रो पुस्ता यो धर्तीमा आउनुअघिको सुन्दरता यही ढुंगा फुलेको थियो ।   सभ्यताको मिथक बुनेर हजारौँ वर्षदेखि पानीमा डुबेर हेरिरहेको छ –तिम्रो अराजक राजनीति –चिसो लासजस्तो संविधान बुझ्नु, पानीमा फुलेको शान्त सभ्यता आँधी नहोस् र, नहोस् बाढी पनि बगाउन सक्छ तिम्रो अहंकार गंगातिर   नठान्नु, पानीमा डुबेको ढुंगा मात्र  सभ्यता हो, तिमीलाई चिहाउन पानीमाथि उत्रिएको जो, मेरो आँखा भएर हेरिरहेको छ –तिम्रो अराजक राजनीति –चिसो लासजस्तो संविधान २०७७ फाल्गुण २९ शनिबार ०७:१३:०० https://jhannaya.nayapatrikadaily.com/news-details/1296/2021-03-13?fbclid

खुवालुङलाई क्षति नगरी जेटबोट चलाउन सुझाव

Image
  चैत्र ११, २०७७ देवनारायण साह प्रकाशित : चैत्र ११, २०७७ ०९:३१ मोरङ — प्रदेश १ सभाका सदस्यलगायतको टोलीले मंगलबार खुवालुङ क्षेत्रको अवलोकन गरेको छ । प्रदेशसभा सदस्य तथा कांग्रेस सचेतक सूयर्माराज राई, अर्थ समितिका सभापति मोहन खड्का, उद्योग, पर्यटन तथा वतावरण समितिका सभापति सीता थेबे, प्रदेशसभा सदस्य एवं पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, राजन राईको टोलीले निरीक्षण गरेको हो । धनकुटा र उदयपुरको सिमानास्थित दूधकोसी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ । तस्बिर : देवनारायण/कान्तिपुर उनीहरूले खुवालुङको संरक्षण गर्दै उत्तर र दक्षिणमा रहेका ढुंगा हटाएर जेटबोट सञ्चालन गर्न मिल्ने धारणा राखे । कांग्रेस सचेतक राईले खुवालुङलाई बचाएर धर्म, संस्कृति, परम्पराको राज्यले संरक्षण गर्नुपर्ने बताए । ‘विकासको नाममा विनाश गर्नु हुँदैन,’ उनले भने, ‘खुवालुङको इतिहास मास्न र भत्काउन नहुने खालका विकल्प पनि रहेकाले यसतर्फ सरकारी ध्यान पुग्नु आवश्यक छ ।’ जल यातायातको विकास गर्ने उद्देश्यका साथ किरातीहरूको आस्थाको धरोहर खुवालुङ मास्ने सरकारी नीति गलत भएको पूर्वआर्थिक मामिला तथा योजनामन्

‘खुवालुङ’को रक्षार्थ प्रतिरोध : तारामणि राई

Image
  कसैको आस्थाको केन्द्र वा सांस्कृतिक बिम्बलाई भत्काएर सुखी नेपालीको कल्पना गर्न सकिएला ?   एकपछि अर्को सांस्कृतिक एवम् भाषिक दमनको क्रम बढ्दो छ । कहिले खोकना,  कहिले कमलपोखरी त कहिले बालाजु बाइपासमा सडक विस्तार र विकासको नाममा दमन भइरहेको छ भने कहिले मातृभाषामा कुराकानी  गरेबापत हिरासतमा जबर्जस्त बस्नुपर्ने अवस्था सिर्जना भएको छ । दमनको पछिल्लो शृंखलाको रूपमा ‘खुवालुङ’ फुटाउने कुरालाई लिन सकिन्छ, जसले राज्य अझ अनुदार र असहिष्णु बन्दै गइरहेको संकेत गर्छ ।    वर्तमान संविधान जारी भएपछिको निर्वाचित सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा तय गरेर समृद्धिको यात्रामा छ । समृद्धिको यात्रा निरपेक्ष छ वा सापेक्ष छ, यो छुट्टै बहसको विषय बन्न सक्ला, तर कसैको आस्थाको केन्द्र वा सांस्कृतिक बिम्बलाई भत्काएर सुखी नेपालीको कल्पना गर्न सकिएला ?    एकातिर आम किरातीहरूको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङ फुटाउने कुरा आइरहेको छ भने अर्कातिर पशुपतिनाथमा रहेको गर्भगृहमा एकसय किलोभन्दा बढी सुनको जललहरीले छपक्कै ढाक्ने कुरा आएको छ, जुन आफैँमा विरोधाभास छैन र ?    के हो खुवालुङ  ?    ‘खुवालुङ’ किरा

खुवालुङ क्षेत्र अवलोकनमा पुगे प्रदेश सांसदहरू (तस्बिरहरू)

Image
  राजु अधिकारी खुवालुङ, चैत ९ तस्बिर: राजु अधिकारी/सेतोपाटी। प्रदेश नम्बर १ का सांसदहरू खुवालुङ क्षेत्रको अवलोकनका लागि पुगेका छन्। किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानीढुंगो) संरक्षण अभियानमा साथ दिन सांसदहरू सोमबार त्यसक्षेत्र पुगेका हुन्। खुवालुङको संरक्षण गर्न सांसदहरू अग्रसर भएका छन्। प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका सांसदहरूले खुवालुङ फुटाउने सरकारी योजना किराँत संस्कृतिमाथिको धावा हुने बताइरहेका छन्। हेर्नुस् तस्बिरहरू: सांसदहरूले खुवालुङ क्षेत्रको अवलोकन गर्ने, स्थानीयबासी, आन्दोलनरत समुदाय लगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। प्रकाशित मिति: सोमबार, चैत ९, २०७७, १४:५८:०० https://www.setopati.com/social/232597?fbclid

खुवालुङ संरक्षणमा दलहरूको साथ : राजु अधिकारी

Image
  प्रदेश १ का सांसदहरु आज खुवालुङ निरीक्षणमा जाँदै  राजु अधिकारी विराटनगर, चैत ९  किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानीढुंगो) संरक्षण अभियानमा साथ दिन प्रदेश नम्बर १ का प्रमुख राजनीतिक दलहरु अग्रसर भएका छन्। प्रदेश संसद्का प्रमुख राजनीतिक दलका सांसदहरुले खुवालुङ फुटाउने सरकारी योजना किराँत संस्कृति माथिको धावा हुने बताउँदै हाल चलिरहेको संरक्षण अभियानमा साथ दिने बताएका छन्। यसैक्रममा सोमबार प्रदेश १ संसद्का केही सांसदहरु खुवालुङ क्षेत्र पुग्दैछन्। त्यहाँ पुगेर उनीहरुले खुवालुङ क्षेत्रको अवलोकन गर्ने, स्थानीयबासी, आन्दोलनरत समुदाय लगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। ‘किराँत समुदायको ऐतिहासिक सम्पदा संरक्षण गरिनुपर्छ यसलाइ फुटाउने वा केही भाग फुटाएर सार्ने बिकल्प मान्य हुँदैन’, माओवादी केन्द्रका नेता एवम् प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले सेतोपाटीसँग भने ‘सम्भव भएसम्म  नदीको वहाव परिवर्तन गरेर जलयातायत सन्चालनका लागि सहजीकरण गरिनुपर्छ।’ प्रदेश १ का पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका आङ्बोले स्थानीय जनता, सरोकारवाला किराँती समुदाय र विज्ञको परामर्श गरेर बिकल्प