Posts

Showing posts from January, 2023

कोसेली : समाज बुझ्न किताब मात्रै अपर्याप्त : सुदन किराती

Image
  पुस २३, २०७९ कान्तिपुर संवाददाता   लेखक तथा प्रतिनिधिसभा सदस्य (भोजपुर) सुदन किरातीको आत्मसंस्मरण ‘पलपलको मृत्यु’ प्रकाशित छ । उनले सशस्त्र द्वन्द्वमा भोगेका दुःख, जेल–नेल र यातना किताबको विषय हो । किरातीसँग किताब–वार्ता :                     आत्मकथाको कुरा जीवनका केही तीतामिठा अनुभव म साथीभाइ र केही सार्वजनिक कार्यक्रममा सुनाउँथे । सामान्यतया जीवनको उत्तरार्द्धतिर आत्मसंस्मरण लेख्ने प्रचलन देखिन्छ । यद्यपि केही प्रेरणावश मैले अहिले नै लेखेँ आत्मसंस्मरणात्मक किताब– ‘पलपलको मृत्यु’ । बुबा ब्रिटिस सेनामा हुनुभएकाले म उता हङकङमै जन्मिएँ । ब्रुनाईमा सरुवा हुनुभएपछि त्यतै हुर्किएँ । बुबाको पेन्सनपछि हामी नेपाल फर्कियौं । बुबा चाहनुहुन्थ्यो धरानमा घर बनाउने, मधेसमा खेत लिने । आमा चाहनुहुन्थ्यो पहाडमै बस्ने । आमाले जित्नुभो र हामी गाउँ फर्कियौं । त्यसपछि ब्रुनाईको सुविधासम्पन्न जिन्दगी र मेरो गाउँ चेवाको कष्टकर दैनिकीबीचको अन्तर देख्न–भोग्न थालियो । एकातिर बुबाको पैसा सकिँदै जाँदा, अर्कोतिर परिवारको संख्या बढ्दै जाँदा दुःख त पहाडजस्तो हुन थाल्यो । त्यो कठिन अनुकूलन नै मेरो जीवनम

जंगलमा रंगोत्सव

Image
  चिरञ्जीवी घिमिरे २०७९ माघ ७ शनिबार ०७:२६:००   जंगलका झार तथा पतिंगर सफा गरी गोलाकार ‘खलो’ तयार पारिएको छ । लिपपोत गरेर चिटिक्क पारिएको खलोलाई वरिपरि घेरेको छ, भकारीले । माथिल्लोपट्टि दर्शक बस्ने बाँसे ‘प्याराफिट’ छ । यो दृश्य देख्दा लाग्छ– ५० को दशकमा लिम्बू समुदायले बारीका गरामा बिहेका लागि ‘डेरा’ बनाइरहेका छन् । तर, मध्य जंगलमा कुनै बिहेको तयारी भइरहेको छैन । बरू नाट्य उत्सवको तयारी पो हुँदै छ । चुलाचुली रंगमञ्चले इलामको चुलाचुली– ३ स्थित शिववरक मिलन पोखरीको जंगलमा नाट्य उत्सवको तयारी गरिरहेको छ । चुरेक्षेत्रको यो जंगलमा माघ १० र ११ गते दोस्रो ‘चुलाचुली पाठशाला नाट्य उत्सव’को चाँजो मिलाउँदै छन्, स्थानीय रंगकर्मीहरू ।  सहरका ठूला भवन र थिएटरमा नाट्य उत्सव भएको देखिन्छ र सुनिन्छ । तर, यो देहातमा गतिलो थिएटर छैन । चुलाचुली रंगमञ्चले जंगलमा नाट्य उत्सव

कोसेली लिखित देवनागरीको अलिखित इतिहास

Image
  माघ ७, २०७९ माधवप्रसाद पोखरेल आज देवनागरी लिपि नेपालमा मात्र होइन, भारतमै पनि सबभन्दा प्रचलित लिपि हो । यस लिपिमा नेपाली, हिन्दी, मराठी, कोंकणी र डोगरी जस्ता आर्य भाषा मात्र होइन, अन्य परिवारका भाषा पनि लेखिन्छन् । हाम्रो उपमहाद्वीपमा सबभन्दा धेरै मानिसले यस लिपिमा लेखेको कुरो सजिलै पढ्न सक्छन् । नेपालमा मात्र होइन, भारतमा पनि अलिखित भाषाहरू लेख्न थाल्दा देवनागरीमा लेख्ने चलन छ, खालि विदेशीहरूले चाहिँ रोमन लिपि चलाएको देखिन्छ । आफ्नो छुट्टै लिपि नभएका मातृभाषा लेख्न मात्र होइन, आफ्नो छुट्टै लिपि भएका मैथिली (मिथिलाक्षर), भोजपुरी (कैथी), नेवार (रञ्जना, भुजिमोल, पाचुमोल, गोलमोल, आदि अनेक लेखन शैली), लिम्बु (सिरिजङ्गा, लिपि), गुरुङ, तामाङ र मगर भाषा लेख्न पनि देवनागरी नै बढ्ता चलेको देखिन्छ र ती मातृभाषीहरूमा आफ्नो भनिने लिपि पढ्न सक्ने एक प्रतिशत सख्या पनि पाइँदैन । तिनीहरूमध्ये पनि देवनागरी लिपि मात्र पढ्न सक्ने साक्षरकै बहुमत छ ।   नेपाल–भारतमा सबभन्दा प्रचलित देवनागरी लिपि आठौँ शताब्दीतिर महाराष्ट्र (कोल्हापुर, ७५४ इ) मा केही फरक शैलीमा लेखिन्थ्यो अनि त्यसलाई ‘नन्दीनागर

चीनमा जन्मदर ओरालो लागेकोलाग्यै, जनसङ्ख्या पहिलो पटक घट्यो

Image
  १८ जनवरी २०२३, १२:४४ +०५४५ ४ घण्टा पहिले अद्यावधिक साठी वर्षमा पहिलो पटक चीनको जनसङ्ख्या घटेको छ। अधिकारीहरूका अनुसार त्यहाँको जन्मदर घटेर प्रति १००० जनामा ६.७७ भएको छ। यो अहिलेसम्मकै न्यूनतम बिन्दु हो। सन् २०२२ मा चीनको जनसङ्ख्या १.४२ अर्ब थियो जुन सन् २०२१ को तुलनामा ८,५०,००० ले कम हो। चीनमा जन्मदर वर्षौँदेखि ओरालो लाग्ने क्रममा छ। चीनले ‘एक सन्तान’ नीति खारेज गरेको सात वर्ष भइसकेको छ। तर एक अधिकारीले अहिलेको अवस्थालाई “ऋणात्मक वृद्धिको युग” को सङ्ज्ञा दिएका छन्।  चीनको न्याश्नल ब्यूरो अफ स्टटिस्टिक्सले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा जन्मदर ७.५२ मा सीमित भएको छ। सन् २०२१ मा संयुक्त राज्य अमेरिकामा प्रति १,००० व्यक्तिमा ११.०६ जन्म र यूकेमा १०.०८ जन्म हुने गरेको तथ्याङ्कले देखाउँछ। चीनलाई उछिन्दै विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बन्ने क्रममा रहेको भारतमा उक्त वर्ष जन्मदर प्रति १,००० व्यक्तिमा १६.४२ थियो। चीनमा गत वर्ष जन्मिनेको भन्दा मृत्यु हुनेको सङ्ख्या बढी थियो। चीनमा सन् १९७६ पछि प्रति १,००० जनामा ७.३७ को मृत्यु भएको पा

विविधा किरात येले संवत् ५०८३ कि ३८०२ ?

Image
  किरात येले संवत्लाई देशकै संवत् मान्यता दिंदा कुनै समुदायलाई घाटा हुने छैन । इतिहास, समाज, नागरिकको सम्मान गर्नु राज्यको दायित्व हो । माघ १, २०७९ गणेश राई नेपालमा प्रचलित मध्ये किरात येले संवत् एक हो । माघको पहिलो दिनलाई किरात येले संवत् आरम्भ अर्थात् नयाँ वर्षका रूपमा मनाइन्छ । सामाजिक रूपमा यो माघ १ गते (२०७९) बाट किरात येले संवत् ५०८३ सुरु हुन्छ । इतिहासविदका अनुसार पहिलो किरात राजा हाङ यलम्बर (एलम्)को स्मारक संवत् मान्दा किरात येले संवत् ३८०२ हुन आउँछ । समाजमा प्रचलित ५०८३ संवत् कलिगतमा आधारितमात्र हो, जुन इतिहासले प्रमाणित गर्दैन । यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश–१ मा किरात येले संवत् ५०८३ को धुमधाम चलिरहेको छ । पूर्वी नेपाल मूलथलो रहेका युवाहरू सामाजिक सञ्जालहरूमा येले संवत् नयाँ वर्षबारे विभिन्न कार्यक्रमसहित शुभकामना आदानप्रदान पोस्ट्याइरहेका छन् । यतिसम्म कि ‘पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाइरहँदा यलम्बरको योगदानलाई छायाँमा पारिएकोसमेत भनेका छन् । ‘यो देश नेपाल निर्माणमा नेपालको संस्थापक राजा यलम्बर हाङले महान् योगदान पुर्‍

प्रदेश १ - माघे संक्रान्तिमा किरातको यले तङ्गवे

Image
  माघ १, २०७९ लक्ष्मी गौतम पाँचथर — माघी पर्वसँगै आइतबारदेखि किराती पात्रोमा वर्ष फेरिएको छ । यो दिन पूर्वी नेपाल थातथलो भएर संसारभरि फैलिएका लिम्बू समुदायका सदस्यहरू किरात नयाँ वर्ष धुमधामले मनाउने गर्छन् । मकर संक्रान्तिसँगै सुरु हुने नयाँ सम्वत्लाई किरात लिम्बू समुदायले ‘यले तङ्गवे’ भनेर मनाउँछन् । उनीहरूका लागि माघ १ नयाँ वर्ष हो । यो समुदायको सम्वत विक्रम सम्वत्भन्दा पनि ३ हजार ४ वर्ष पुरानो मानिन्छ । किराती राजा यलम्बरले नेपालमा शासन सुरु गरेपछि यले तङ्गवे मनाउन थालिएको इतिहास छ । किरात उक्ति र इतिहासमा उल्लेख गरिएअनुसार यस सिजनमा बहुमूल्य र दुर्लभ मानिने चाँप फूल्ने भएकाले यले तङबेसँगै ‘कक्फेवा तङनाम’ भन्ने गरिएको हो । लिम्बू भाषामा ‘कक’ भनेको चाँप, फेवा भनेको फूल्ने र तङनाम भनेको सिजन अर्थात् चाँप फुल्ने सिजन हो । चाँप फुल्न थालेसँगै नयाँ सम्वत फेरिने इतिहास रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिचन्द्र लावती बताउँछन् । लिम्बूमा परिवारका ज्येष्ठ सदस्यले यले तङ्गवेको पहिलो बिहान वन तरुल पोलेर टीका लगाइदिँदै आशिष दिने चलन छ । यो अवसरमा लिम्बू जाति बाहुल्य

चमक हराएकाे चौदण्डीगढी

 पूर्ण पी राई  चौदण्डीगढीमा रहेको सेनकालीन दरबारको भग्नावशेष। तस्वीरः पूर्ण पी राई  कक्षा १२ को ऐच्छिक नेपालीमा भूपाल राईको ‘हरिनन्द र माटो’ शीर्षक कविता परेपछि पोखरेलहरूको एउटा समूहले आफ्नो थरको बेइज्जत भएको भन्दै विरोध गरे। कतिपय खार्पाली पोखरेलहरूले पाठ्यक्रमबाट कविता हटाउन आन्दोलन पनि गरे। उनीहरूको मुख्य आपत्ति कविताको यो अनुच्छेदमा थियो- ऊ एक द्रोह उर्फ दारा पूरा नाम- हरिनन्द पोखरेल ठेगाना- खार्पा, माझ किरात, खोटाङ द्रोह वर्ष सन् १७७३। पोखरेलहरूको विरोधले नेपाली विषय र साहित्यतर्फ खासै रुचि नभएकाहरूको ध्यान समेत कवितातिर तानियो। कविताको पात्र हरिनन्द पोखरेल वास्तविक हुन् कि काल्पनिक? यदि वास्तविक भए उनी को थिए र उनले कहाँ, के गरेका थिए भन्ने विषयले ठाउँ पायो। कवितामा उल्लिखित ठाउँले पनि चर्चा पायो। कविताको अर्को अनुच्छेद- हरेक विकल्प छ ऊसँग त्यसैले द्रोह गर्छ माटोसँग त्यसैले भेटी चढाउँछ आफैंले शरण लिएको एक मुठ्ठी माटो नुवाकोटको दरबारमा  यी दुई अनुच्छेदले हरिनन्द पोखरेल नामको व्यक्तिले आफू बसेको माटो अर्थात् देश वा राज्यप्रति घात गरेको अर्थ दिन्छ। नुवाकोट दरबार र मितिले तत्कालीन गो

‘शब्दकोश निर्माणमा भाषाका बारेमा विशेषज्ञता नभएका मानिसहरू छिरे’

Image
  नेपाली भाषामा यो एक किसिमले दुर्घटना नै हो : हेमाङ्गराज अधिकारी मोहनप्रसाद दाहाल शनिबार, १६ पुस २०७९, १२ : १२ हेमाङ्गराज अधिकारी नेपाली भाषा–व्याकरणमा परिचित नाम हो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रमा अध्यापन गर्दादेखि नै यस क्षेत्रमा समर्पित भएका व्यक्ति हुन् । उनी र बद्री विशाल भट्टराई भएर सम्पादन गरिएको प्रयोगात्मक नेपाली शब्दकोश निकै उपयोगी ग्रन्थ हो । उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा २०७१ देखि २०७५ सम्म नेपाली भाषा व्याकरण विभागका प्रमुखका रूपमा रहेर काम गरे । सो अवधिमा नेपाली बृहत् शब्दकोशसम्बन्धी काम गरे । जुन शब्दकोश २०७२ सालमा परिमार्जित भएर आएको थियो । त्यसमा भएका केही परिवर्तनलाई लिएर निकै विवाद पनि भयो । २०७५ मा त्यसलाई उल्टाएर पुनः पहिलेकै अवस्थामा प्रकाशित गरियो । तर उनी प्रज्ञा प्रतिष्ठानमा रहँदा निजी प्रकाशनबाट उनको प्रधान सम्पादकत्वमा  निस्केको प्रयोगात्मक नेपाली शब्दकोशमा भएका शब्द, प्रज्ञाले विभिन्न समयमा सङ्कलन गरेका गरी करिब ४८ हजार शब्द सङ्कलन गरी एउटा छुट्टै शब्दकोशको तयारी गरेको बताउँछन् । नेपाली बृहत् शब्दकोशका ६२ हजार शब्द, उनले सङ्कलन गरेका ४८ हजार

कोसेली - बदलिएका सेर्पा, सेरचन र सेर

Image
  पुस १६, २०७९ गणेश राई भाषाको कुनै सीमा हुँदैन’ भन्ने गूढार्थसहित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको यो तेस्रो शब्दकोश हो । तत्कालीन रोयल नेपाल एकेडेमीले विसं २०१९ मा ‘नेपाली शब्दकोश’ प्रकाशित गरेको थियो । सम्पादक थिए, एकेडेमीका उपकुलपति बालचन्द्र शर्मा । त्यही शब्दकोशलाई प्रज्ञा–प्रतिष्ठानले परिमार्जनसहित विसं २०४० मा प्रकाशित गर्‍यो ‘बृहत् नेपाली शब्दकोश’ नाममा । २०७५ सम्म उक्त शब्दकोश दसौं संस्करण प्रकाशित भयो । त्यसमा ६४ हजार शब्द समावेश थिए । सो शब्दकोशले परम्परा मात्रै धानेको थियो, मुलुकमा भएका ऐतिहासिक, राजनीतिक परिवर्तनलाई स्विकारेको थिएन । विभिन्न जातजातिको अपमानबोध गराउने शब्द र अर्थ थिए । प्रतिष्ठानले दसौं संस्करणलाई आधार मानेर भर्खरै (२०७९) ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशित गरेको छ । कोशमा १ लाख २८ हजार ३ सय ४४ शब्द प्रविष्ट छन् । नेपालका जातजाति, भाषाभाषी, लैंगिक समुदायलाई अपनत्व ग्रहण गराउने प्रयास यसमा गरिएको छ । विक्रमको दसौं शताब्दीपछि नेपाली भाषाको जन्म भएको मानिन्छ भने एघारौं शताब्दीदेखि लेख्य विकास भएको भनि