Posts

Showing posts from June, 2021

प्रवास - पत्रकार महासंघ यूकेमा नयाँ नेतृत्व

Image
  जेष्ठ ३१, २०७८ कान्तिपुर संवाददाता लन्डन — नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल निर्वाचित भएका छन् । आइतबार लन्डनमा सम्पन्न पाँचौं अधिवेशनले अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।  अर्याल अन्नपूर्ण पोस्ट दैनिकका लागि बेलायत संवाददाता तथा नेपाली लिंक डटकमका सम्पादक हुन् । त्यसै गरी शाखाको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र महासचिवमा नरेन्द्र बस्नेत विजयी भएका छन् । कार्यसमितिका अन्य सबै पद निर्विरोध भए पनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । मतदाता ४३ जना थिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरूमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनीत गरिनेछन् । अधिवेशन केन्द्रीय प्रतिनिधि भगीरथ योगीले निर्वाचित पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । प्रकाशित : जेष्ठ ३१, २०७८ ११:१९ https:/

विचार : सगरमाथा चुचुरोमा विभाजक रेखा !

Image
  जेष्ठ २६, २०७८ बुद्धिनारायण श्रेष्ठ चीनले झोमोलुङ्मा/सगरमाथाको चुचुरोमा एउटा विभाजक रेखा (लाइन अफ सेपरेसन) सृजना गर्न लागेको थियो । सञ्चारमाध्यमका अनुसार, नेपाल र चीनतर्फबाट शिखरमा उक्लने आरोहीहरूलाई चुचुरोमा मिसिन नदिई कोरोना भाइरसबाट बचाउने अभिप्रायले रेखा खिच्न आँटिएको थियो । चुचुरोमा यस्तो विभाजक रेखा सृजना गर्न सकिन्छ/सकिँदैन र सकिने/नसकिने जेसुकै भए पनि यसमा चीनको भित्री मनसाय के थियो/छ भन्ने जान्न सकिएको छैन । सीएनएन, बीबीसी, रोएटर्सजस्ता विश्व सञ्चारमाध्यमले यस सम्बन्धमा जिज्ञासा व्यक्त गरी समाचार प्रसारण प्रकाशन गरेका छन् । यसर्थ यसबारे यहाँ छोटकरीमा प्रकाश पार्ने जमर्को गरिएको छ । चीनको भनाइ चुचुरोमा विभाजक रेखा खिच्न आवश्यक परेका सम्बन्धमा चीनको भनाइ छ, ‘नेपालतर्फको आधारशिविरमा रहेका आरोहीहरूलाई गत अप्रिल महिनादेखि कोरोना भाइरसले गाँजेको छ । पर्यटन राजस्वको भोको नेपाल सरकारले मनसुन वर्षाअघि वसन्त ऋतुको जुन महिनादेखि आरोहण गर्न दिइएको अनुमति रद्द गर्नुपर्छ । नेपालमा ७ मेमा एकै दिन सबभन्दा धेरै ९,०२३ जना संक्रमित भए । जबकि चीनमा ८ मेका दिन १२ केस मात्रै थिए । यिनीहरू सबै समु

विश्वविधालयको पाठ्यक्रममा किराती मुन्दुम/मुन्धुम

Image
  आजको खबर  शनिबार, जेष्ठ २२ २०७८ ०६:०६ AM 12 Shares — हरि गौतम भोजपुर जिल्ला भोजपुर नगरपालिका वार्ड नम्बर १० साम्पाङ राई कुलमा जन्मिएका डा.भक्त राई वर्तमान समयका सकृय,सशक्त एवं प्रसिद्ध विद्वान् हुन् । भाषा, साहित्य, संस्कृति र दर्शनको क्षेत्रमा कृयाशील डा. राई हाल संस्कृति र दर्शनको क्षेत्रमा विशेष रूपमा कृयाशील छन् । यिनी आफ्नै सँस्था नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र मार्फत विभिन्न प्रकारका प्राज्ञिक अनुसन्धान गर्नुको अतिरिक्त यिनी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति विज्ञका रूपमा समेत कार्यरत छन् । यिनका विभिन्न विषयका दुई दर्जन जति पुस्तकहरु प्रकाशित छन् भने पाँच दर्जन जति विभिन्न विषयका लेखहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्र-पत्रिकाहरुमा प्रकाशित भएका छन् । यसरी नै यिनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी सेमिनारहरुमा तीन दर्जन जति विभित्र विषयका प्राज्ञिक कार्यपत्रहरु प्रस्तुत गरिसकेका छन् । यिनका यी विभिन्न प्रकारका प्राज्ञिक कार्यहरुमध्ये पछिल्लो महत्त्वपूर्ण कृति हो 'पूर्वीय दर्शन' । 'पूर्वीय दर्शन' १४ ओटा

समाचार : पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव

  जेष्ठ २२, २०७८ रासस काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको छ । पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिवप्रदीप ढकालले जानकारी दिए । 'विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो,'