Posts

Showing posts from June, 2023

समाचार जनगणनाको तथ्यांकमा दोहोरिएको मिथ्यांक

Image
  १५० जातमध्ये ६७ मात्र जनगणनाले समेट्यो : मधेसी आयोग नभएको ‘राई’ भाषाको वक्ता १ लाख ४४ हजार पहिचानलाई लिएर भएका मागलाई सम्बोधन भएको मानवशास्त्रीको भनाइ जेष्ठ २३, २०८० गणेश राई काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो चरणमा सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजामा मुलुकभित्र १४२ जातजाति, १२४ भाषा र १० धर्म मान्ने समुदाय रहेको उल्लेख छ । अघिल्लो जनगणनाको तुलनामा १७ जातजाति बढेको छ भने एउटा भाषा थपिएको छ । पहिचानको मुद्दाका रूपमा चौतर्फी दबाब बढेपछि कार्यालयले पहिलो चरणमा सोल्टी होटेलमा प्रधानमन्त्रीको उपस्थितिमा सार्वजनिक गरेको नतिजामा जातजाति, भाषा र धर्मको तथ्यांक समेटेको थिएन । कार्यालयले गत शुक्रबार (जेठ १९ गते) प्रेस विज्ञप्तिमार्फत उक्त नतिजा सार्वजनिक गरेको हो ।  नतिजा प्रकाशन भएसँगै तथ्यांकमा मिथ्यांक दोहोरिएको पाइएको छ । नतिजा प्रकाशनअघि जातजाति, भाषा र धर्मको विषयलाई लिएर विभिन्न समुदायले तथ्यांक कार्यालयको ध्यानाकर्षण गराउँदै आएका थिए । ‘राष्ट्रिय तथ्यांक कार्यालयमा जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला विभिन्न व्यक्ति तथा संस्थाहरूबाट करिब ७० वट

किराती लोकपरम्परामा सञ्चार प्रणाली

Image
  विश्वको आमसञ्चार प्रणाली विज्ञान र प्रविधिले जसरी फड्को मारेको छ त्यसबाट देश नेपाल पनि सँगसँगै घिस्रिरहेको छ । यद्यपि अत्याधुनिक सञ्चार प्रणालीसँग जोड्नुअघि नेपाली समाज र त्यसमा पनि आदिवासी जनजाति समुदायको आफ्नो छुट्टै परम्परागत सञ्चार प्रणाली थियो र छन् । प्रस्तुत आलेखमा आदिवासी किरात राई जातिको लोकपरम्परा, सामाजिक मूल्यमान्यतालाई केन्द्रबिन्दु बनाइएको छ । मुन्दुम दर्शनमा आधारित जीवन पद्धति  किरात जातिको जीवनदर्शन तथा जीवन पद्धति मुन्दुममा आधारित छ । मुन्दुमलाई मुन्धुम, मुक्दुम, मुक्तुम, मुद्दुम, मिन्दुम, मुन्थुम पनि भनिन्छ । आदिम पुर्खाहरूले मान्दै, मनाउँदै ल्याएका परम्परागत जीवन उत्पत्तिदेखि जन्म, न्वारन, पास्नी, छेवर, गुन्युचोली, विवाह, पुनर्विवाह, मृत्युसंस्कार, मृत्युपछि गरिने संस्कार मुन्दुममा आधारित छन् । सृष्टि मुन्दुममा छ नारीसत्ता । नारीको अरनखटनपछि पुरुषले काम गर्छ । चिबे चरीको पुच्छर हेरेर खाँबो काट्छ । लामपुच्छ«े चरीको पुच्छर हेरेर बलो काट्छ । अनि घर बनाउँछन्, जोईपोइ मिलेर । ढुकुरको सिकार गर्छन् । ढुकुर गाँडमा पोको परेको