समाचार - गुञ्जन प्रतिभा पुरस्कार प्रदान


श्रावण २७, २०७४- यो वर्षको गुञ्जन प्रतिभा पुरस्कार कवि बिमला तुम्खेवालाई प्रदान गरिएको छ । गुञ्जन नारी साहित्यिक संस्थाको २०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहमा प्रदान गरिएको हो । पुरस्कारको राशि १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।
त्यसैगरी रेनुका बाहिङ राईलाई ‘गुञ्जन बहुभाषिक स्रष्टा सम्मान’ प्रदान गरिएको छ । पुरस्कारको राशी १० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।


उक्त पुरस्कार र सम्मान नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र गुञ्जनकी अध्यक्ष गीताकेशरीले उक्त सम्मान प्रदान गरेका हुन् । त्यस अवसरमा रेवती राजभण्डरीको कथासंग्रह ‘संरक्षण’ र विभिन्न २१ जनाको संयुक्त संकलन ‘बहुभाषी उखानटुक्का संग्रह’ सार्वजनिक गरिएको थियो ।

प्रकाशित: श्रावण २७, २०७४

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि