Posts

Showing posts from April, 2017

कोपिला - नयाँ कक्षा

Image
गणेश राई चैत्र २७, २०७३- आहा नयाँ कक्षा । नयाँ साथीहरू । कति नयाँ सर अनि म्यामहरू । सबैले माया गर्ने । कत्ति रमाइलो १ नयाँ कक्षामा पुग्दा बेग्लै रमाइलो । नयाँ ड्रेसमा सजिन पाइने । झोला पनि नयाँ । त्यसभित्रका किताब–कापी सबै नयाँ । खाजा पनि नयाँ टिफिन बक्समै । मनै त्यसै त्यसै फुरुङ्ग ।  बाबाले राम्रो पढ्नुपर्छ छोरी भन्नुहुन्छ । आमाले ज्ञानी बन्नुपर्छ छोरा भन्नुहुन्छ । सर, म्यामले पनि कत्ति ज्ञानी छौ भन्नुहुन्छ । नयाँ साथीसित भेट भएको छ । सर, म्यामसँग कसरी बोल्ने होला ? साथीहरूसँग के भनेर खेल्न होला ? मनमनै अनेक कुरा लागिरहन्छ । नयाँ ठाउँमा सबैलाई यस्तै लाग्छ नि । यस्तै साथी हुन्, रिजिमो र रितुम राई । यी दिदी–बहिनी जुम्ल्याहा हुन् । कक्षा १ मा पढ्ने तयारीमा छन् । उनको बुवा–आमाले यसैपालिदेखि गोदावरीको सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिनुभएको छ । वैशाखदेखि नयाँ स्कुल जानुछ । नयाँ ड्रेस त अहिल्यै तयार भइसकेको छ । ‘खुसी लागेको छ,’ रिजिमो भन्छिन् । नयाँ कक्षामा पुग्ने भनेको नयाँ कुरा सिक्नका लागि हो । कक्षा बढ्दै जाँदा ज्ञानको दायरा पनि फराकिलो हुन्छ । नयाँ साथीहरूसित चिनाजानी हुन्छ

जीवनशैली - असीवर्षे ‘उदय’

Image
गणेश राई , वैशाख १७, २०७४ वैशाख १७, २०७४- भारतको बनारसमा ८० वर्ष जेठो पत्रिका ‘उदय’ अचेल नियमित प्रकाशन भइरहेको छ । नेपाली साहित्यिक पत्रिका हो यो । नेपाली साहित्यले विश्वभरि फन्को मारिसकेको छ भने यो स्तम्भ जहाँको तहीं छ । मात्रै मियो फेरिएको छ— पहिलेका सम्पादक काशीबहादुर श्रेष्ठ (सन् १९११–१९८९) र अहिलेका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ । व्यक्तिगत साइनोले यी सम्पादक बाबु अनि छोरा हुन् । समर्पण र योगदानका हिसाबले दुवै साहित्यकार अर्थात् नेपाली वाङ्मयसेवी । नेपाली साहित्यको उन्नयन केन्द्र मानिने बनारसबाट १९९३ मा प्रकाशन सुरु ‘उदय’ २०७३ सम्ममा १६३ अंक प्रकाशित छ । (भित्तामा झुन्डाइएको फोटोमा काशीबहादुर श्रेष्ठ) सन् १९३९ मा जनकपुरमा जन्मिएका साहित्यकार दुर्गाप्रसाद सानै उमेरमा आफ्ना बाबु काशीबहादुर र आमा सुवर्णकुमारी श्रेष्ठका साथ बनारसको चौखम्भा पुगेर स्थायी बसोबास गरे । काशीबहादुरले ३१ वर्षसम्म ‘उदय’ साहित्यिक पत्रिका प्रकाशन गरे । उनको निधनपछि छोरा दुर्गाप्रसादले ३० वर्षदेखि प्रकाशन निरन्तरता दिएका छन् । दुर्गाप्रसादको नेपाली भाषामा ‘सम्झनाको बादल’ र ‘सोनिया’ कथासंग्रह, ‘चण्डीघोष

समाचार - शिक्षक जुटे मातृभाषा पाठ्यक्रम बनाउन

Image
कान्तिपुर संवाददाता  , ओखलढुंगा जेष्ठ १९, २०७३- मातृभाषामा औपचारिक पठनपाठनका निम्ति वाम्बुले राई शिक्षकहरु जुटेका छन् । वाम्बुले राई शिक्षक समाजको आयोजनामा 'वाम्बुले राई शिक्षकलाई मातृभाषा र किरात लिपि प्रशिक्षण'सहित राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ को पाठ्यक्रम निर्माण गरेका हुन् ।  तथ्यांकले वाम्बुले मातृभाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेका छन् । यो भाषा ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सुनसरीलगायत दर्जनभन्दा बढी जिल्लामा बोलिन्छ । स्थानीय विकास मन्त्रालयअन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा सम्पन्न पाँचदिने कार्यशालामा भाषाशास्त्री डा. नेत्रमणि राई, लिपिविज्ञ प्राज्ञ अमर तुम्याहाङ, वाम्बुले राई समाजका उपाध्यक्ष तथा पत्रकार गणेश राईले प्रशिक्षण दिएका थिए । त्यस अवसरमा ओखलढुंगाका जिल्ला शिक्षा अधिकारी बीरेन्द्रजंग थापाले संविधान, शिक्षा ऐनमा मातृभाषाको व्यवस्था भएको उल्लेख गर्दै व्यवहारमा लागू गर्न स्थानीय मातृभाषी शिक्षकको पहल सकारात्मक रहेको बताए । पाठ्यक्रम निर्माणमा भगवती उच्चमाविका संयोजक नारायणप्रसाद बाँस्तोला, बहुभाषिक शिक्

दूधकोसी किनारमा वाम्बुले कविता

गणेश राई ,  कुम्भराज राई , ओखलढुंगा पुस ९, २०७१-परदेशमा बसेर घरदेशको सम्झना अनि घरदेशकाले परदेशीको सम्झना हुने नै भयो । त्यो पनि साहित्य कवितामार्फत् । सम्झने काइदा पनि कविले यसरी फुराए । केटाः तिम्ले मिसकल गर्दा पन्ध्र तला माथि रंग लाउँदै थिएँ म केटीः तिम्रो फोन आउँदा बाघेभीर माथि भारी लाउँदै थिएँ म केटाः झिकुँ भन्दा मोबाइल, रंगको भाँडै झर्‍यो      यस्तो आपत पर्‍यो, बिदा पर सर्‍यो केटीः बोकुँ भन्दा भारी, अल्झी गयो सारी      भारी खोलो पारि, म चाहिं खोलो वारि चर्चित कवि श्रवण मुकारुङले यी गीतको गेडो वाचन गर्दैगर्दा दर्शकदीर्घातर्फ काखमा नानी च्यापेर बसेका बीस-बाइसका आमाहरू साँच्चै भावविह्वलझैं देखिए । तन्नेरी पुस्ता भने पेट मिचेरै हाँसे । गोष्ठीका आकर्षणको केन्द्रविन्दु मुकारुङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए । दर्शकले त्यो गीतमा मात्र चित्त बुझाएनन् । अन्तमा 'बिसे नगर्चीको बयान' वाचन गर्नै पर्‍यो । रात छिप्पिदै थियो । दूधकोसी उत्तर-पूर्वबाट दक्षिण हुँदै सुसाइरहेकी थिई । चिसो सिरेटो बढ्दै थियो । मंसिर पूणिर्माको दिन थियो । झमक्कै साँझ पर्दै गर्दा कविहरूको ल

शिक्षा कुराकानी - “अपांगमैत्री शिक्षाका निम्ति कोरियाले सहयोग गर्दै छ”

Image
गणेश राई कार्तिक १९, २०७३- त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कोरियाको चाङहोङ युनिभर्सिटीको सहकार्यमा दुई वर्षदेखि त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत नयाँ विषयका रुपमा बहुअपांगता शिक्षासम्बन्धी पठनपाठन चलिरहेको छ । अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) अन्तर्गत सुचारू स्नातकोत्तर (एमएड) र स्नातक (बीएड) तह उत्तीर्ण गरेपछि विशेष शिक्षा पठनपाठन गर्ने विद्यालयमा अवसर दिलाउने सरकारको योजना छ । अपांगता भएका बालबालिकालाई पढाउने विद्यालय मुलुकभरिमा ३४ वटा छन् । शिक्षा मन्त्रालयले भर्खरै पारित गरेको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) ले ‘गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने’ प्रतिबद्धता जनाएको छ, जसमा जोखिममा परेका, अपांगता भएका तथा निसहायलगायतका विद्यार्थीको भिन्न सिकाइ आवश्यकताको सम्बोधनका लागि खुला, वैकल्पिक, आवासीय तथा विशेष शिक्षाको व्यवस्था गर्ने उल्लेख छ । प्रस्तुत छ, लुपिकले गरेको प्रयासबारे युनिभर्सिटीकी प्रोजेक्ट म्यानेजर युजिन सिमसित गरिएको कुराकानीको सम्पादित अंश । त्रिवि र चाङहोङबीच भएको परियोजना कति वर्षका लागि हो ? अपांग

कुराकानी - “अपांगताको प्रकृति अनुसार शिक्षा दिनु नै विशेष शिक्षा हो”

Image
गणेश राई माघ ७, २०७३-  त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कोरियाको चाङहोङ युनिभर्सिटीको सहकार्यमा दुई वर्षदेखि त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत नयाँ विषयका रुपमा बहुअपांगता शिक्षासम्बन्धी पठनपाठन चलिरहेको छ । अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) अन्तर्गत सुचारू स्नातकोत्तर (एमएड) र स्नातक (बीएड) तह उत्तीर्ण गरेपछि विशेष शिक्षा पठनपाठन गर्ने विद्यालयमा अवसर दिलाउने सरकारको योजना छ । अपांगता भएका बालबालिकालाई पढाउने विद्यालय मुलुकभरिमा ३४ वटा छन् । शिक्षा मन्त्रालयले भर्खरै पारित गरेको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) ले ‘गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने’ प्रतिबद्धता जनाएको छ, जसमा जोखिममा परेका, अपांगता भएका तथा निसहायलगायतका विद्यार्थीको भिन्न सिकाइ आवश्यकताको सम्बोधनका लागि खुला, वैकल्पिक, आवासीय तथा विशेष शिक्षाको व्यवस्था गर्ने उल्लेख छ ।  प्रस्तुत छ,    चाङवान नेसनल युनिभर्सिटी, दक्षिण कोरिया का   प्राध्यापक दाय योङ जङ  लुपिक बारे कुराकानी ः   नेपालमा सुचारु अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपि

श्रद्धान्जली - खालिङको पेन्टिङ संघर्ष

Image
पुस ९, २०७३- त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय ललितकलातर्फ २०५८ सालको बीएफएमा ‘गोल्ड मेडल’ प्राप्त छात्र थिए– अर्जुनकुमार राई । त्यसबापत पाए– महेन्द्र विद्याभूषण ‘ग’ । साहित्य र चित्रकारितामा अर्जुन खालिङ नामले उनी परिचित छन् । कुशल फोटोग्राफर पनि । उनै खालिङले गत मंसिर २९ गते बुधबार दिउँसो राजधानीको कोटेश्वरस्थित डेरामा आफ्नै कला स्टुडियो कक्षमा आत्महत्या गरे । ती प्रतिभाशाली कलाकारको देहत्यागले सामाजिक सञ्जालमार्फत हलचल मच्चियो ।  अर्जुन सोलुखुम्बु जुभिङ– ६ खालिङ राई गाउँमा २०३२ भदौ २५ गते किसान परिवारमा जन्मिएका थिए । आमा पुत्रीमाया र बुवा हेमप्रसाद राईका ५ छोरी र २ छोरामध्ये जेठा थिए । उनको जीवन—संगिनी तारा नुमिहाङ र छोरी निन्वाम खालिङ राई छन् । अर्जुन किरात/राई लेखक संघका अध्यक्ष, किरात ललितकला समाजका महासचिव र किरात राई प्रज्ञा—परिषदका कार्यकारी सदस्य थिए । पहिचानको राजनीतिसमेत अँगालेका उनी संघीय समाजवादी फोरमको संघीय सांस्कृतिक महासंघका महासचिव थिए ।  अर्जुन खालिङका २ कविता संग्रह प्रकाशित छन्– सूर्य डढिरहेछ निरन्तर (२०६५) र गोयाङको सुगन्ध (२०७१) ।

श्रद्धान्जली - आवाजका अगुवा

Image
गणेश राई भाद्र १८, २०७३- नेपालका आदिवासी जनजातिमा खपांगीले जति चेतना छरे, त्यसको मूल्यांकन हुनुपर्छ । एउटा प्रखर वक्ता तथा अभियानकर्ता सदाका लागि  अस्ताएका छन् । पहिचानवादी आदिवासी नेता गोरेबहादुर खपाङ्गी मगरको ७० वर्षको उमेरमा २०७३ भदौ ११ गते राति न्युरो अस्पताल बाँसबारीमा निधन भयो । मोटरसाइकल दुर्घटनाको सिकार भएका उनी वर्षाैंसम्मको उपचारपछि पनि जीवित फर्किएनन् । प्रखर वक्ता गोरेबहादुरले माक्र्सवाद, लेनिनवादमा भएको जातीय अन्तरविरोधलाई उठाउन खोजेका थिए । तत्कालीन माले र माक्र्सवादीले जातीय सवाललाई माक्र्सवादी ढंगमा सम्बोधन गर्न नचाहँदा गोरेबहादुरहरूको अभियान आयो, जनमुक्तिको नाममा । तर गोरेबहादुरको अभियान पच्न सक्ने चेतना आइसकेको थिएन । नेपालका आदिवासी जनजातिमा खपाङ्गीले जति चेतना छरे, त्यसको मूल्याङ्कन हुनुपर्छ । एउटा प्रखर वक्ता तथा अभियानकर्ता सदाको लागि अस्ताएका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण माबुहाङले भनेका छन्, ‘मगर संघका पूर्वअध्यक्ष तथा राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरेबहादुर खपाङ्गी नेपालमा विद्यमान जातीय विभेदको मुद्दालाई

समाचार - आएन उच्च शिक्षा ऐन

Image
गणेश राई , काठमाडौ फाल्गुन ४, २०७१-छाता ऐन नहुँदा देशभरिका आंगिक र निजी क्याम्पसको विश्वविद्यालय बन्ने तयारी अधुरै भएको छ । विश्वविद्यालयलाई एउटै ऐनअन्तर्गत नियमन गर्न राष्ट्रिय योजना आयोगले उच्च शिक्षा ऐन, २०६६ विधेयकका रूपमा प्रस्ताव गरेको थियो । तर सात वर्ष बित्दासमेत उच्च शिक्षा नीति र ऐन आउन सकेको छैन । पद्मकन्या क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो । यसलाई विश्वविद्यालय बनाउने प्रयास जारी रहेको क्याम्पस प्रमुख रमेश श्रेष्ठ बताउँछन् । महिला विश्वविद्यालय बनाउन धेरै जोखिम उठायौं, उनी भन्छन्, तर ऐन नबन्दा प्रयास अधुरै छ । विश्वविद्यालय बनाउन पीके क्याम्पसमा मानविकी, व्यवस्थापन र विज्ञान संकायको पठनपाठन गरिँदै आएको छ । स्नातकोत्तर तहमा मानविकीतर्फ नौ र व्यवस्थापनमा तीन विषयको पठनपाठन सुचारु छ । निजी क्याम्पसहरूको हालत उस्तै छ । विश्वविद्यालय बताउने तयारीमा जुटेको धेरै भयो, युनाइटेड कलेजका प्राज्ञिक सल्लाहकार डा. कविराज बान्तवा भन्छन्, तर ऐनको प्रतीक्षा गर्दै दशक बित्दै छ । उक्त कलेजमा उच्चमावि र त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीएस, बीबीए, बीए र स्नातक

शिक्षा - ओझेलमा चल्तीका अन्य लिपि

Image
गणेश राई , काठमाडौं भाद्र १०, २०७३-  संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्नु, गरेर नदेखाउनु’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनुको एउटा उदाहरण भाषा व्यवस्था हो । नेपालको संविधानको प्राक्कथनमा छ, ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ सायद यही भएर मुलुकमा देवनागरी या रोमनबाहेक अरू लिपिको चर्चा गरिन्न ।  नेपालमा पाँच महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । तिनमा भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवारका भाषा छन् भने कुसुन्डा भाषाको परिवार छुट्टिन बाँकी छ । मुलुकमा १४ लिपि प्रचलनमा छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किराँत लिपिमा किराँती भाषाहरू लेखिन्छन् । यो लिपिलाई सिरिजंगा वा