Posts

Showing posts from November, 2020

राईको चिन्डो - चन्द्रकुमार राई हतुवाली

Image
  शनिवार | गोरखापत्र अनलाइन       कार्तिक २२, २०७७ शनिबार        2 दिन अगाडि शेयर गर्नुहोस:   59 Shares     चन्द्रकुमार राई हतुवाली संस्कृतिका विविध रूप हुन्छन् । यी कुनै मानिसका क्रियाकलापका रूपमा देखा पर्दछन् त कुनै विषयवस्तुका रूपमा । त्यसैले त संस्कृतिको परिभाषा दिँदै मानवशास्त्री ई.बी.टेलरले आफ्नो चर्चित पुस्तक ‘प्रिमिटिभ कल्चर’ नामक पुस्तकमा, ‘संस्कृति एक जटिल समग्रता हो, जहाँ ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, परम्परा र बानी जुन मानवले समाजको सदस्यताका कारण प्राप्त गर्दछ’ भनेर उल्लेख गरेको पाइन्छ । यस परिभाषाले संस्कृतिलाई एक बृहत् स्वरूप र क्षेत्र भएको विषयका रूपमा प्रस्ट पारेको छ । यस्तै सांस्कृतिक वस्तुमा चिन्डो पनि पर्छ । चिन्डो, किराँत राई जातिको सांस्कृतिक चिनारी दिने एक महìवपूर्ण पवित्र वस्तु हो । यो बिना किराँत राई जातिको संस्कार र संस्कृति विरलै मात्र सम्पन्न हुन्छन् तर सांस्कृतिक रूपमा पवित्र रहेको चिन्डो रोपेर फलाउन हुँदैन भन्ने मान्यता रहिआएको छ । रोपेर फलाए फाप्दैन भन्ने विश्वास रहेको छ । त्यसैले चिन्डो पाखापखेरा, कान्लाकुन्ली र खोल्सी आदिमा आफैँ उम्रेर भेट्टाएसम्

जनगणना २०७८ मा ६० हजारले अस्थाई रोजगारी पाउने - रामचन्द्र बस्नेत

  २०७७ कार्तिक १७ गते २०:१६ काठमाडौँ ।  आगामी बर्ष २०७८ सालमा हुने जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले आन्तरिक तयारी थालेको छ । कोरोना सङ्क्रमणबाट कसरी सुरक्षित रहँदै आगामी राष्ट्रिय जनगणनालाई पारदर्शी ढङ्गबाट अगाडि बढाउने भन्नेबारे छलफल तथा परामर्श भएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक डुन्डीराज लामिछानेले रेडियो नेपाललाई जानकारी दिनुभयो । गणना विधि र प्रश्नावली जनगणना कार्यमा ३ किसिमको प्रश्नावली बनाइएको छ । जसमा पहिलो प्रकारमा घर परिवारसम्बन्धी विवरण हुनेछ । दोस्रो मुख्य प्रश्नावली र तेस्रो सामुदायिक प्रश्नावली हुने निर्देशक लामिछानेले जानकारी दिनुभयो । आँकडा सङ्कलनका क्रममा एउटा परिवारका लागि ८० वटा प्रश्न सोधिनेछ । सामुदायिक प्रश्नावली वडा कार्यालयलाई लक्षित गरेर प्रश्न गरिने, वडामा स्वास्थ्य सुविधा कस्तो छ ? स्वास्थ्यको अवस्था कस्तो छ ? विपद्को जोखिमको अवस्था कस्तो छ ? वडामा सहरीकरणको अवस्था कस्तो छ रु लगायतका वडा कार्यालयलाई समेत प्रश्न गरिने व्यवस्था गरिएको छ । आगामी जनगणनामा कागजी प्रश्नावली, ट्याब्लेट प्रयोग र इ–सेन्सस विधिमार्फत गणना गरिने छ । ट्याब्लेट विधिबाट काठमा

जनगणनामा आर्थिक सूचकको अपेक्षा - ऋषिराम सिग्देल

Image
  विवरण संकलनका महत्त्वपूर्ण पक्ष २०७७ कार्तिक, २०   लेख | दृष्टिकोण आर्थिक नीति तर्जुमा, कार्यान्वयन तथा मूल्याङ्कनका हरेक चरणमा आधिकारिक आर्थिक सूचनाको निकै महŒवपूर्ण भूमिका रहन्छ । यसका लागि राज्यले विभिन्न तथ्याङ्कीय स्रोतहरूको उपयोग गरिरहेको हुन्छ । आर्थिक सूचनाका स्रोतहरूमा विभिन्न अध्ययन प्रतिवेदन, प्रशासनिक अभिलेख, नमूना सर्वेक्षण, आर्थिक गणना, जनगणना आदि प्रमुख छन् । विगतमा भन्दा यथार्थपरक आर्थिक सूचक उपलब्ध हुने प्रत्येक १०÷१० वर्षमा सञ्चालन हुने जनगणनाको १२औं शृंखला आइपुग्दासम्मका हरेक जनगणनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक क्षेत्रसँग सम्बद्ध विवरण सङ्कलन गरिँदै आएको छ । विसं १९६८ मा सञ्चालन भएको पहिलो जनगणनामा रोजगारी तथा पेशासम्बन्धी विवरण प्रत्यक्षमा सङ्कलन नगरिएको भए तापनि घरको प्रकार, कृषि, व्यापार, बेरोजगारीजस्ता आर्थिक अवस्था झल्काउने तथ्याङ्क सङ्कलन गरिएको थियो । त्यसपछिका जनगणनाहरूमा अझ परिष्कृत र परिमार्जन हुँदै आर्थिक क्षेत्रका विभिन्न विवरण सङ्कलन हुँदै आएको पाइन्छ । आगामी २०७८ सालको जनगणनामा सम्पूर्ण विवरणहरू पूर्ण गणनामा आधारित भई सङ्कलन गर्ने नीतिबमोजिम

प्रदेश १ - सामाजिक अभियन्ता पूर्वगोर्खा इस्बोको निधन

Image
कार्तिक १८, २०७७ कान्तिपुर संवाददाता सुनसरी — ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूको हकअधिकार र समानताका लागि सक्रिय ६३ वर्षीय गजेन्द्र इस्बोको मंगलबार बिहान निधन भएको छ । तीन वर्षदेखि छालाको क्यान्सरसँग जुधिरहेका इस्बोको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । लामो समयदेखि मधुमेहका दीर्घरोगी उनलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो । उनी धरानका विभिन्न संघसंस्थाका सक्रिय नेतृत्वकर्ता थिए । करिब तीन दशकअघि ब्रुनाईमा भएको गोर्खा आन्दोलनमा नेतृत्व गर्दा उनीसहित ११ जनालाई जागिरबाट हटाइएको थियो, त्यसबेला उनी जुत्ताचप्पलबिना खाली खुट्टा नेपाल आइपुगेका थिए । पूर्वगोर्खा भएर पनि उनी हङकङ र बेलायत नगई धरानमै बसेर विकास निर्माणमा जुटेका थिए । पूर्व गोर्खाको सन्तानका लागि वित्तीय वृद्धि गर्न गोर्खा सहकारी संस्था, गोर्खा सपिङ कम्प्लेक्स, भूपू गोर्खा एकता समाज, गोर्खा स्मृति पार्क निर्माणको नेतृत्व उनले लिएका थिए । उनी पूर्वगोर्खाको अधिकारका लागि सत्याग्रह आन्दोलनका नेपाल अध्यक्षसमेत थिए । इस्बो पछिल्लो समय जनता समाजवादी पार्टीका सल्लाहकार र लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उप