साहित्य/विविध - लोहोरूङ राईबारे खोजीनिती




श्रावण ३०, २०७४- अनुसन्धानमूलक पुस्तक ‘किरात लोहोरुङ राई चिनारी’ सार्वजनिक गरिएको छ । लीलानाथ लोहोरुङ राई (एलएन ठुले) ले उक्त कृति लेखेका हुन् । सिंगापुर पुलिस फोर्सबाट अवकाशप्राप्त लीलानाथको पुस्तक संस्कृतिविद् सत्यमोहन जोशीले राजधानीमा सार्वजनिक गरे । 

किरात राई लोहोरुङ समाजका लागि गंगाकुमारी राई प्रकाशक रहेको पुस्तकमा लोहोरुङ राई जातिको समग्र पहिचान समेटिएको छ । लोहोरुङ भाषा, पाछा, सामेक, चावा, पाछा किंवदन्ती, साइनो र नाता सम्बन्धको उल्लेख छन् । संस्कृतिविद् जोशीले उक्त पुस्तक युनेस्कोको अवधारणा र नेपालको संस्कृति मन्त्रालयको मापदण्डअनुसार महत्त्वपूर्ण रहेको बताए ।

त्यस्तै, भाषाविद् प्रा. विष्णुसिंह राईले बन्दुक चलाउने व्यक्ति लेखनमा लागेकोमा प्रशंसा गर्दै भाषासंस्कृति जोगाउन सम्बन्धित जाति समुदाय नै लाग्नुपर्ने धारणा राखे । लीलानाथका यसअघि ‘सम्झनामा किम्बर्ली क्रस’ र ‘सम्झनामा कराँते यात्रा’ नियात्रा कृति प्रकाशित छन् । 

प्रकाशित: श्रावण ३०, २०७४

http://kantipur.ekantipur.com/news/2017-08-14/20170814085430.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि