Posts

Showing posts from September, 2022

समावेशी आयोगको बेइमानी : राम्ररी अभ्यासमा नआउँदै आरक्षण प्रणाली खारेज गर्ने प्रस्ताव

Image
  सइन्द्र राई   २०७९ भदौ १६ गते २१:०६ १६ भदौ, काठमाडौं । सरकारी सेवामा आरक्षणको व्यवस्था जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने निष्कर्षसहित राष्ट्रिय समावेशी आयोगले तयार पारेको अध्ययन प्रतिवेदनको आलोचना शुरू भएको छ । संवैधानिक आयोगहरू नै सामुहिक रूपमा प्रतिवाद गर्ने तयारीमा जुटेका छन् । ‘संविधानको प्रस्तावनाकै विरुद्धमा प्रतिवेदन आयो, यसबारे गम्भीर छलफल भइरहेको छ’ मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त भन्छन् । उनका अनुसार, महिला, दलित, आदिवासी जनजाति, थारू र मुस्लिम आयोगका पदाधिकारीहरू लगातार छलफलमा छन् । ‘समावेशी आयोगले संविधानको प्रस्तावनामाथि नै हमला गर्‍यो’, डा. दत्त भन्छन् । आरक्षणको व्यवस्था अन्त्य गर्नुपर्ने प्रतिवेदनविरुद्ध नेपाल जनजाति आदिवासी महासंघले आन्दोलनकै चेतावनी दिएको छ । ‘उत्पीडित समुदाय, वर्ग, लिंग र क्षेत्रको समानुपातिक समावेशिताको नीति अपमानित हुनेगरी आइलाग्ने यस्ता षडयन्त्रविरुद्ध नेपाल आदिवासी जनजाति महासंघ प्रतिवाद मात्र होइन, जुनसुकै र जस्तोसुकै आन्दोलनको नेतृत्व गर्नका लागि पनि तयार रहेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदैछौं’, वरिष्ठ उपाध्

सिंगापुर गोर्खा : जसको सुरक्षा, उसैबाट पीडित

  भाद्र १७, २०७९ गणेश राई , जगदीश्वर पाण्डे काठमाडौँ — जवानीको ऊर्जावान् समयमा ब्रिटिस सेनामा भर्ती भई सिंगापुरको सुरक्षामा खटिएका नेपालीहरू अवकाशपछि भने असुरक्षित बनेका छन् । ब्रिटिस सेनामा भर्ती भएर सिंगापुर प्रहरीमा सेवा गरी अवकाश पाएका नेपालीहरू अहिले सिंगापुर सरकारले आफूहरूमाथि गरेको व्यवहारलाई लिएर आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको माइतीघरमा भेला भएर बिहीबार दिउँसो उनीहरूले आफ्ना पीडा पोखेका छन् । ली क्वान युले सिंगापुरलाई तेस्रो विश्वबाट विकसित मुलुकमा स्तरोन्नति गर्दादेखि हालसम्म नेपालीले नै त्यहाँ सुरक्षा दिइरहेका छन् । सिंगापुरको आन्तरिक र बाह्य सुरक्षाको जिम्मेवारी लिएका ती नेपाली अवकाशपछि भने सिंगापुर सरकार र बेलायती सरकारको चेपुवामा परेका छन् । माइतीघरको प्रदर्शनमा उनीहरूले गोर्खाहरूलाई बिक्रीका वस्तु बनाउन नहुने, ब्रिटिस सरकारले सिंगापुरलाई गोर्खाहरूको बिक्री बन्द गर्नुपर्ने, सिंगापुरमा जन्मिएका गोर्खाका छोराछोरीलाई जन्मसिद्ध अधिकार दिनुपर्ने, सन् १९४७ को असमान र विभेदकारी त्रिपक्षीय सन्धि खारेज गर्नुपर्ने, सिंगापुर गोर्खाहरूलाई परेको विभेद र अन्याय अन्त्य

समान अधिकारको मागसहित माइतीघरमा बिगेसोको प्रदर्शन

Image
  भाद्र १६, २०७९ गणेश राई काठमाडौँ — ब्रिटिस गोर्खा सैनिकअन्तर्गत भर्ती भएका सिंगापुर पुलिस फोर्सलाई समान अधिकार दिनुपर्नेलगायत मागसहित प्रदर्शनमा उत्रिएका छन् ।  ब्रिटिस-गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले बिहीबार काठमाडौंको माइतीघरमा आफ्ना मागलाई लिएर प्रदर्शन गरेको हो । ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज् विभागले बिहीबार काठमाडौंको माइतीघरमा गरेको सभा र प्रदर्शनीमा सहभागीहरू । तस्बिर : गणेश राई/कान्तिपुर ‘हामी ब्रिटिस गोर्खा नै हो, बेलायतले भर्ती गरेर सिंगापुर लगिएका हौं,’ बिगेसोका सभापति पदमसुन्दर लिम्बुले भने, ‘हामी सिंगापुर सरकारको मातहतमा छैनौं । तर सिंगापुरका सैनिकसरह हामी गोर्खाहरूको तलब, सेवा सुविधा छैन । प्रतिफलस्वरुप न्यायका निम्ति चरणबद्ध आन्दोलनमा छौं ।’  बिगेसोले गत जेठ २५ गते पत्रकार सम्मेलन गरी १६ बुँदे मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ । त्यसपछि रत्नपार्कदेखि लैनचौरस्थित बेलायती दूतावासम्म जुलुस प्रदर्शन गर्दै आफ्ना मागबारे ध्यानाकर्षण पत्र बुझाएको थियो । बेलायत सरकारले एउटै भर्ती, तालिम दिएर सिंगाप

जनगणनामा जातजाति संख्या बढेको बढ्यै

  – जातिको संख्या २०४८ को जनगणनामा ६०, २०५८ मा १०१ र २०६८ मा १२५ थियो, २०७८ को नतिजा प्रशोधन भइरहेका बेला नयाँ जाति सूचीकरणको निवेदन विज्ञ भन्छन्– ‘पहाडी क्षेत्र र मधेसमा जातजाति बढ्न सक्छन्’ भाद्र १४, २०७९   गणेश राई काठमाडौँ — राष्ट्रिय जनगणना २०७८ को नतिजा प्रशोधन भइरहेको बेला थापाथलीस्थित केन्द्रीय तथ्यांक विभागमा फरक–फरक समुदायका प्रतिनिधि टोलीले छुट्टै जाति सूचीकरणका लागि ध्यानाकर्षण गराइरहेका छन् । छुट्टै जात/जाति कायम हुनुपर्ने र गलत नाम सच्चिनुपर्नेलगायत मागसहित दुई दर्जनभन्दा बढी जातीय संस्थाले विभागमा ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । सिन्धुरिया समाजले ‘सिन्धुरिया बनिया’ जाति उल्लेख हुनुपर्ने भन्दै विभागमा निवेदन दिएको छ । गुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्रले ‘गुडरिया जाति’, पटहरा समाजले ‘पटहरा’ जाति र रौनियार सेवा समितिले ‘रौनियार जात’ सूचीकृत गर्न मागसहित निवेदन दिएका छन् । राष्ट्रिय जनगणनाको फाराममा ‘कायत जाति’ उल्लेख नभएको देखेपछि गत वर्ष बागलुङका कायत समुदायले जनगणना बहिष्कार नै घोषणा गरेका थिए । पछि तथ्यांक कार्यालय बागलुङ र केन्द्रीय तथ्यांक विभ