Posts

Showing posts from December, 2017

नेवारी लिपि प्रतिस्पर्धामा गैरनेवार विद्यार्थी

Image
कान्तिपुर दैनिक २०७३ मंसिर १० गते शुक्रबार गणेश राई काठमाडौं– हयातुल्लाह अन्सारी र रोहित कुमार राजधानीको भोटेबहालस्थित आजाद निमावि कक्षा ५ का छात्र हुन् । उनीहरू बुधबार नेवारी लिपि (प्रचलितलिपि) लेखनको प्रतिस्पर्धा गर्दै थिए । प्रतिस्पर्धामा २३ विद्यालयका समकक्षी सामेल थिए । शान्ति निकुञ्जका उर्मिला विक र सीता थापामगर, नवयुग माविका प्रेम तामाङ, सरस्वती निकेतनका पुजन जिम्बा र सृजना खतिवडा, विद्योदय निमाविका पवित्रा बस्नेत, परोपकार आदर्श उमाविका रूपेश राउत, कन्यामाविका बविता मगर, शान्ति शिक्षा मन्दिर माविका विन्दियाकमाुरी गुप्ता र प्रियंका गुप्ता, कान्ति ईश्वरी राज्यलक्ष्मी माविकी नेहा रौनियार, प्रभात माविका सम्झना रुम्बा, नवआदर्श माविका संस्कृति खत्रीलगायत प्रचलितलिपि लेखनको प्रतिस्पर्धामा सहभागी थिए । नेपालभाषा (नेवारी) यी छात्रछात्रामध्ये कसैको पनि मातृभाषा होइन । तर सबैले नेपालभाषा बुझ्छन् । धेरथोर बोल्छन् । कक्षामा गुरु, गुरुआमासित नेपालभाषा बोल्छन् । यसरी प्रतिपस्र्धामा सहभागी सबै बालबालिका सरकारी विद्यालयका हुन् । कतिका बाबु–आमाको चिया पसल छ । दोकान छ । सहरको बीचमा न

उद्योग जोडिएको भारतको उच्च शिक्षा

Image
कान्तिपुर दैनिक २०७३ मंसिर १० गते शुक्रबार शिक्षा क्षेत्रमा ध्यान पुगेको छैन ः एफएनसीसीआई अध्यक्ष मुरारका गणेश राई काठमाडौं– नया“ दिल्लीमा भरखरै सम्पन्न ‘फिक्की उच्च शिक्षा सम्मेलन–२०१६’ ले ‘भोलिको लागि शिक्षा, भारतमा पढ, विश्वका निम्ति पढ’ (एडुकेसन फर टुमरो, लर्न इन इण्डिया, लर्न फर दि वल्र्ड)को सन्देश प्रवाह गरेको छ । तीनदिने सम्मेलनमा आमन्त्रित ५५ मुलुकका दुई सयजना प्रतिनिधिमध्ये नेपालसमेत सहभागी थियो । परम्परागत शिक्षाको मोडेललाई प्रविधिमैत्री तुल्याउने, विज्ञान र प्रविधिको तीव्रतर विकासलाई आत्मसाथ गर्ने र त्यसअनुकुलको शिक्षा भारतमै उपलब्ध गराउने एकमात्र ध्ययले फेडरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले सन् २००४ देखि सम्मेलनको आयोजना गर्दै आएको छ । यो वर्ष सम्पन्न १२औं सम्मेलनमा सर्भिस एक्पोर्ट प्रोमोसन काउन्सिल (एसईपीसी)साथ दिएको छ भने इण्डिया सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय र मानव स्रोत विकास मन्त्रालयले सघाएका छन् । जसले गर्दा इण्डियालाई उच्च शिक्षाको गन्तव्य बनाउनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिनिधिसहित गोलमेच गर्न सहज बन्यो । विश्वम

‘अपाङ्गमैत्री शिक्षाका निम्ति कोरिया सहयोग गर्दैछ’

Image
कान्तिपुर दैनिक २०७३ कात्तिक १९ गते शुक्रबार ‘अपाङ्गमैत्री शिक्षाका निम्ति कोरिया सहयोग गर्दैछ’ युजिन सिम प्रोजेक्ट म्यानेजर, चाङहोङ युनिभर्सिटी त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कोरियाको चाङहोङ युनिभर्सिटीको सहकार्यमा दुई वर्षदेखि त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत नया“ विषयका रुपमा बहुअपाङ्गता शिक्षा सम्बन्धी पठनपाठन जारी छ । अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) अन्तर्गत सुचारु स्नातकोत्तर (एमएड्) र स्नातक (बिएड्) तह उत्तीर्ण गरेपछि विशेष शिक्षा पठनपाठन गर्ने विद्यालयमा अवसर दिलाउने सरकारको योजना छ । देशभरिमा अपाङ्गता भएका बालबालिकालाई पढाउने ३४ विद्यालय छन् । शिक्षा मन्त्रालयले भरखरै पारित गरेको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)ले ‘गुणस्तरीय शिक्षामा सबैको पहु“च सुनिश्चित गर्ने’ प्रतिवद्धता जनाएको छ, जसमा जोखिममा परेका, अपाङ्गता भएका तथा निःसहाय लगायत विद्यार्थीका भिन्न सिकाइ आवश्यकताको सम्बोधनका लागि खुला, वैकल्पिक, आवासीय तथा विशेष शिक्षाको व्यवस्था गर्ने उल्लेख छ । अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि सम्बन्धित विषय पढेका शिक्ष

चीनको कक्षा कोठा

Image
कान्तिपुर दैनिक २०७२ पुस १० गते शुक्रबार गणेश राई सिचुआन (चीन)– झाङ हाई बिन कक्षा ११ की छात्रा हुन् । उनी भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएकी छन् । उनीजस्ता उनको कक्षा ३० छात्रछात्रा छन् । सबैको आ–आफ्नै लक्ष्य छन् । ‘शिक्षक बन्नु भनेको चाहिं ज्यादै सम्मानित पेशा हो,’ झाङले अग्रेजीमै भनिन्, ‘पढ्नको लागि सबै विषय उत्तिकै महत्वपूर्ण हुन्छ । तर अब के बन्ने भन्नेचाहिं आफैंमा महत्वपूर्ण पक्ष हो ।’ चीनको सिचुआन प्रान्तस्थित मिडिल स्कुलमा २ हजार ३ सय विद्यार्थी पढ्छन् । उनीहरुलाई पढाउने १ हजार शिक्षक छन् । झण्डै डेढ सय वर्षअघि निर्मित समृद्ध विद्यालयमा पर्छ । यो विद्यालय तीनसय एकडमा फैलिएको छ । आफ्नै खुल्ला खेलमैदान छ । कक्षामा नियमित पठनपाठन त हुने नै भयो । कहीं कतै कसैले विद्यालय क्षेत्रमा कसैले अवरोध गर्न पाउ“दैनन् । हरेक दिन विभिन्न क्रियाकलाप हुने गर्छ । अतिरिक्त क्रियाकलापका रुपमा खेलकुद, पढाइ, गीतसंगीत, कम्प्युटर, इन्टरनेटका विभिन्न गतिविधि हुने गर्छ । यो मिडिल स्कुल एक नमुनामात्र हो । सरकारले हरेक शिक्षालय पर्याप्त सुविधा सम्पन्न भवन तथा कक्षा कोठाहरु, ठूलो खेलमैदान, पठ

सञ्जाल बन्दैमा नेपाली भाषाको मानक बन्ला ?

Image
कान्तिपुर दैनिक २०७३ कात्तिक १२ गते शुक्रबार सुधारको प्रक्रियामा छौं ः कुलपति उप्रेती गणेश राई काठमाडौं– नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्ताका विरुद्ध नेपाली भाषाको मानकीकरण अभियानलाई अझ सशक्त तुल्याउने भन्दै राजधानीमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन भएको छ । सञ्जालले नेपाली भाषामा हाल देखिएको अराजकतालाई रोक्ने दावी गरेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलको अध्यक्षता गठित सञ्जाल ६३ सदस्यीय रहेको छ । नेपाली भाषा लेख्य परम्परा सुरु भएको हजार वर्ष नाघिसकेको अवस्थामा ‘मानक नेपाली भाषा अभियान’ थालिनुलाई कति सान्दर्भिक हो या बाध्यता ? विषय गम्भीर बनेको छ । भाषा परिवर्तनशील पनि हुन्छ । लेख्य मानक एउटै हुन्छ । मानकलाई समय सापेक्ष परिमार्जन र परिवर्तन पनि हु“दै जान्छ । केही वर्षयता भाषाशास्त्री, प्राज्ञिक व्यक्तिहरु ‘एनजीओकरणमा परेको’ आक्षेप लाग्ने गरेको छ । जसले गर्दा ‘भाषाको काम गर्ने’ क्रम नेपाली भाषालाई आफूअनुकुल बनाउने थालेपछि विज्ञहरु विभाजनमा परेका छन् । ‘भाषालाई वैज्ञानिक हिसाबले केलाउने विषय हो तर कति हदसम्म जाने भ

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि

Image
२०७३ भदौ १० गते शुक्रबार गणेश राई संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्ने, गरेर नदेखाउने’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनु भाषा व्यवस्था त्यसको एक उदाहरण हो । नेपालको संविधानको प्राक्कथनमा छ । ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ एकल संरचना निरन्तरता यी वाक्ले उजागर गरेको छ । मुलुकमा देवनागरी या रोमनबाहेक अरु लिपिको चर्चा गरिन्न । नेपालमा पा“च महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवार छन् भने कुसुन्डा भाषाका परिवार छुट्टिन बा“की छ । मुलुकमा १४ वटा लिपि प्रचलनमा रहेका छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किरात लिपिमा किराती भाषा

समाचार - जनप्रतिनिधिको बेवास्ताले ‘लिब्जु गाउँपालिका’नबनेको स्थानीयको आरोप

Image
पुस १४, २०७४ कान्तिपुर संवाददाता ओखलढुंगा — सहिद, प्रजातान्त्रिक योद्धा र ऐतिहासिक थलोको चिनारीस्वरुप जिल्लाका गाउँपालिकाको नामकरण हुनुपर्ने स्थानीयको माग सम्बोधन हुन सकेको छैन । जनप्रतिनिधिले बेलैमा जनतामाझ सुसूचित गर्न नसक्दा अनावश्यक हुलहुज्ज, नाराजुलुसका कारणा समय सीमाभित्र नामाकरण हुन नसकेको हो । ओखलढुंगाको दक्षिणतर्फ ‘लिब्जु मानेभन्ज्याङ गाउँपालिका’हुनुपर्ने विषयमा गाउँपालिकाको बैठक बस्न लागेपछि विरोध प्रदर्शनमा उत्रिएका मानेभन्ज्याङका बजारवासी । तस्बिर : कान्तिपुर  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ मा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र हेरफेर निर्वाचन भएको छ महिनाभित्र हुनुपर्ने व्यवस्था छ । ओखलढुंगा सदरमुकाम दक्षिण भेगमा रहेको मानेभन्ज्याङ गाउँपालिकालाई स्थानीयले ‘लिब्जु गाउँपालिका’ अथवा ‘लिब्जु मानेभन्ज्याङ गाउँपालिका’ राख्न माग गर्दैआएका थिए । साविकको मोली, वाक्सा, उँबु, केतुके, मानेभन्ज्याङ, माधवपुर, टोक्सेल र थाक्ले गाविस मिलाएर मानेभन्ज्याङ गाउँपालिका बनाइएको हो । ओखलढुंगामा सिद्धिचरण नगरपालिका, खिजिदेम्बा गाउँपालिका, चम्पादेवी गाउँपालिका, चिसंखु

फिचर - नमुना स्कुललाई बजेटको सकस

Image
स्थानीय तहमा विद्यालय  पुस ९, २०७४ गणेश राई कटारी (उदयपुर) — सरकारले ‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय’ घोषणा गरेको तीन वर्ष नाघेको छ । त्यसनिम्ति विद्यालय छनोट गरेको छ । नमुना विद्यालयका निम्ति बजेट छुटाएको छ तर निकासा नहुँदा कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । सरकारले ‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय’ घोषणा गरेको तीन वर्ष नाघेको छ। त्यसनिम्ति विद्यालय छनोट गरेको छ। नमुना विद्यालयका निम्ति बजेट छुटाएको छ तर निकासा नहुँदा कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। अघिल्लो संरचनाअनुसार देशभरिको २ सय ४० निर्वाचन क्षेत्रका एक–एक विद्यालयलाई नमुना बनाउने प्रक्रिया अघि बढेको हो। शिक्षा विभागले ‘नमुना विद्यालय व्यवस्थापन निर्देशिका–२०७४’ जारी गरेको छ। तर कार्यान्वयन प्रक्रिया अघि बढेको छैन। शिक्षा ऐन आठौं संशोधनपछि शिशु कक्षादेखि १२ कक्षासम्म विद्यालय तह कायम भएको छ। त्यसैगरी मुलुक संघीय संरचनामा बदलिएसँगै जिल्ला शिक्षा कार्यालयअन्तर्गतका विद्यालयहरु स्थानीय गाउँ/नगरपालिका मातहतमा सुचारु छन्। नयाँ संरचनाअनुसार कानुन नबनेकाले जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन सम

कोसेली - साहित्यका दुई दीर्घसेवी

Image
व्यक्ति पुस १, २०७४ गणेश राई काठमाडौं — नेपाली साहित्यिक प्रकाशनमा लामो विरासत बोकेका पत्रिकामध्ये पर्छन्— ‘रचना’ र ‘अभिव्यक्ति’ । यिनका सम्पादकहरू हुन्— क्रमश: रोचक घिमिरे र नगेन्द्रराज शर्मा । दुवै जनाको अलग पहिचान छ तर विशेषता एउटै— साहित्यिक पत्रकारितामा दीर्घ साधना र सेवा । दुवैको जन्मथलो रामेछापको मन्थली हो भने वंशजको नाताले नगेन्द्र काका र रोचक भतिजा । यी दुई स्रष्टा निरन्तर नयाँ स्रष्टा जन्माउने र साधना गर्ने थलो निर्माणमा निरन्तर जुटिरहे । साहित्यिक पत्रिका सम्पादन, प्रकाशन, वितरण गरेर नेपाली साहित्यको चुली निर्माणमा निरन्तर निरन्तर लागिपरे । लागिपरेकै छन् । संयोग भनौं, यो वर्षको खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानले यी दुई साधकलाई संयुक्त रूपमा ‘पद्मश्री साधना सम्मान–२०७३’ प्रदान गरेको छ ।  २०१८ सालमा प्रकाशन आरम्भ भएको ‘रचना’ हाल २०७४ मंसिरसम्म १५१ अंक प्रकाशित भएको छ । त्यसैगरी २०२७ सालमा प्रकाशन आरम्भ भएको ‘अभिव्यक्ति’ २०७४ मंसिरसम्म १९२ अंक प्रकाशित भएको छ । समाजशास्त्रीय विश्लेषणमा २५ वर्ष एक पुस्ता मानिन्छ । यस हिसाबले ५७ वर्षे ‘रचना’ र ४८ वर्ष

बान्तावा कवितामा बन्दना प्रथम

Image
बान्तावा कविता प्रतियोगिता सम्पन्न अर्जुन राजवंशी दमक– तेह्रौं बान्तावा कविता प्रतियोगिता शनिबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ । प्रतियोगितामा भोजपुरका बन्धना राई प्रथम भइन । पा“चथरका इन्द्र मुकारुङ द्वितीय तथा भोजपुरकै विजय ग्वाले तृतीय भए ।  बान्तावा भाषाको मासिक पत्रिका ‘बुङ्वाखा’ को तेह्रौं वार्षिकोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा १३ जना कवि सहभागी थिए । रचना पठाएका ३५ जनाबाट छनोटमा परेका उत्कृष्ट १३ जनाले प्रतियोगितामा कविता वाचन गरेका थिए । उर्लाबारीको किरात राई यायोक्खाखिममा भएको प्रतियोगितामा राईको ‘लाम’ शीर्षकको कविता प्रथम हुन सफल भयो । द्वितीय भएका मुकारुङले ‘ए झेक्ने सिप्पा’ र तृतीय भएका ग्वालेले ‘खाना चोमोलुङ्मा’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १०, ६ र ४ हजार रुपैया“ पुरस्कार प्राप्त गरे । कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थियो ।  उक्त कार्यक्रममा यस बर्षको बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कारबाट इलामका सानङ्वा एवार्ड पुरस्कृत भएका छन् । उनलाई ताम्रापत्र र ३५ हजार नगदसहित कार्यक्रमका