Posts

Showing posts from March, 2019

नेपाल-चीन सांस्कृतिक सम्बन्धको चर्चा

Image
कान्तिपुर संवाददाता काठमाडौँ — नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई बृहत् अध्ययन गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् । हिमालयन हेरिटेज फाउन्डेसनले आइतबार काठमाडौं आयोजना गरेको 'पिपल्स टु पिपल्स रिलेसन्स बिटुइन नेपाल एन्ड चाइना, ट्रान्स-हिमालय इन्डिजिनियस कनेक्टिभिटी' विषयक कार्यशालामा उनीहरूले राजनीतिक सीमालाई दक्षिण केन्दि्रत दृष्टिकोणबाट मात्र हेरिन नहुनेसमेत बताए । 'नेपालको राजनीतिक सीमा अकाट्य सत्य हो । तर सांस्कृतिक सभ्यताका निम्ति राजनीतिक सीमा कृत्रिम हुन्छ,' नवीनकुमार राईले भने, 'अहिलेसम्म दक्षिण केन्दि्रत दृष्टिकोण हाबी छ । नेपाल र तिब्बतबीच ऐतिहासिक कालदेखि सामाजिक, आर्थिक सम्बन्धलाई उत्तरलाई पनि उस्तै नजरले हेरिनुपर्छ ।' कार्यशालामा विज्ञले नेपालका आदिवासी जनजातिमा सूचीकृत भोटे, शेर्पा, गुरुङ, तामाङ, मगर, लिम्बू, किरात राई, नेवार, थारू समुदाय र चिनियाँ संस्कृतिबीचको सम्बन्धलाई केलाएका थिए । चीनका पूर्वमहावाणिज्यदूत तथा फाउन्डेसनका सचिव ताम्ला उक्याबले नेपालको पहाड र हिमाली भेगका आदिवासी जनजातिको चीनसित नश्लीय तथा सांस्कृतिक सम्बन्ध रहेको वि

विचार - ह्वीलचेयर आन्दोलन

Image
सम्पादकीय काठमाडौँ — यातायातमन्त्री रघुवीर महासेठलाई केही साताअघि जोरपाटी क्षेत्रको सडकमै ह्वीलचेयर यात्रुहरूले घेरेका थिए  । विस्तार भइरहेको सडक अपांगमैत्री भएन भन्ने सुनेपछि मन्त्रीले मातहतका कर्मचारीहरूलाई तुरुन्त सडक अपांगमैत्री बनाउन निर्देशन दिए  । सडकमै उभिएर उनले दिएको निर्देशन सडकको धूलोले छोपियो । बिहीबार बिहान करिब ७० जना ह्वीलचेयर प्रयोगकर्ताले हातमा गैंती, हथौडा, बसिला लिएर काठमाडौं, जोरपाटी क्षेत्रको मूल सडक छेउका ब्लकहरू भत्काए । प्रहरीले रोक्न थालेपछि धर्ना बसे । स्थानीयवासी र सर्वसाधारणले स्याबासी दिए, साथ सहयोग जनाए । अपांगमैत्री संरचना निर्माण संघर्ष समितिले चार वर्षअघि लोकप्रिय कलाकारद्वय मह जोडीको सहयोगमा ६ लाख रुपैयाँ चन्दा उठाएका थिए । त्यस रकमले जोरपाटीदेखि नारायणटारसम्म अपांगमैत्री नमुना सडक बनाइयो । सडक फराकिलो बनाउने नाममा त्यही नमुना सडक भत्काएर नयाँ संरचना बनाएपछि विरोध स्वाभाविक भएको छ । नारायणटारमा नेपाल अपांग संघको कार्यालय छ जसको अगाडिसमेत सडक विस्तार अपांगमैत्री हुन सकेको छैन । चाबहिलदेखि साँखुसम्म सडक विस्तार हुँदै छ । मापदण्डअनुसार सडकको

काङमाङ नरेशका युद्धकथा

Image
कान्तिपुर संवाददाता काठमाडौँ — युद्धसाहित्यका अग्रज मानिन्छन् काङमाङ नरेश राई । ‘युद्ध बोकेको सिताङ’ उपन्यास र ‘खुकुरीको धारमा’ नामक लाहुरेका युद्ध–अनुभवकथा र ‘पप्पफूल’ कविता संग्रह ल्याइसकेका उनी नयाँ युद्धकथा संग्रह लिएर आएका छन्– ‘एघार नोभेम्बर’ । विश्वमा गोर्खाली गौरव र नेपाली समाजमा लाहुरेहरू सानका पात्रका रूपमा हेरिने वा देखिने गरे तापनि ब्रिटिस गोर्खा सेनाहरूको वास्तविकताचाहिँ कस्तो थियो र रहेको छ ? राईले यसै विषयलाई कथाको मूल विषय बनाएका छन् । ब्रिटिस गोर्खा सेनाबाट अवकाशप्राप्त कथाकार राईको कथासंग्रह ‘एघार नोभेम्बर’ भिक्र ‘तक्मा’, ‘कान्ते अर्थात् त्रान्तिसिं’, ‘एक सेकेन्ड’, ‘ढङ्लङ बोजू’, ‘डिभोर्स’, ‘एघार नोभेम्बर’ र ‘लङ्टारिबुङ’ गरी सात वटा कथा समाविष्ट छन् । उनको ‘खुकुरीको धारमा’ नामक पुस्तक ‘फियरलेस वरिवर’ नामबाट अनूदित भई बेलायतका ओलम्पिया प्रकाशन गृहबाट प्रकाशित भएको छ । युद्धलाई आफ्नो लेखनको विषय बनाउने राईले ‘एघार नोभेम्बर’ लाई यथार्थको आख्यान दाबी गरे । युद्धसाहित्यको अध्ययन, लेखन र प्रवर्द्धनमा समेत लागेका राईको कथासंग्रह फिनिक्स बुक्सले छापेको हो । प्र

दूधकोसीबाट ६३५ मेगावाट

Image
चैत्र ७, २०७५ डम्बरसिं राई खोटाङ — दूधकोसी नदीस्थित रभुवाघाटबाट ६३५ मेगावाट जलविद्युत् उत्पादन हुने भएको छ । खोटाङको रावाबेंसी गाउँपालिका र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका बीचमा पर्ने रभुवाघाटमा करिब १ खर्ब ५० अर्ब रुपैयाँ लगानीमा विद्युत् उत्पादन हुने भएको हो । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा पर्ने दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका लागि ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले विद्युत् प्राधिकरणलाई यसका लागि अनुमति दिइसकेको आयोजना प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । ‘आयोजना सञ्चालनका लागिडीपीआरको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘ठेक्का आह्वान गरेर यसै वर्षबाट निर्माणको काम सुर गरिनेछ ।’ रभुवामा सुरुङमार्फत ६ सय मेगाबाट र थप प्रविधि प्रयोग गरी त्यहीँबाट ३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । रभुवाघाटमा ड्याम (ताल) निर्माण गरी जम्मा गरिएको पानी सुरुङमार्फत १३ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने पावर हाउसमा खसालिनेछ । उक्त आयोजनाको बाँध २ सय १० देखि २ सय ३० मिटर गहिरो हुने आयोजना प्रमुख

समाचार - आयोगको रिपोर्ट थन्क्याएर नयाँ ऐन

गणेश राई काठमाडौँ — शिक्षा मन्त्रालयले पछिल्लोपटक बनेका दुई उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन थन्काएर नयाँ ऐनको मस्यौदा अघि बढाएको छ । मन्त्रालयले संघीय संरचनाअनुकूल पहिलोपटक विद्यालय तथा शिक्षण संस्थाहरूको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न एकीकृत शिक्षा ऐन प्रस्ताव गरेको हो ।  ‘राष्ट्रिय शिक्षा ऐन, २०७५’ को मस्यौदा रायका निम्ति अर्थ मन्त्रालय पुर्‍याइएको छ । ‘ऐनको मस्यौदा अर्थ मन्त्रालयमा रायका लागि पठाइएकाले विचाराधीन छ,’ मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले भने, ‘चालु अधिवेशनमा पारित गर्न भ्याइएन । अर्को अधिवेशनमा पेस हुनेछ ।’ अघिल्लो सरकारका शिक्षामन्त्री गोपालमान श्रेष्ठको नेतृत्वमा २०७४ भदौ १९ मा उच्चस्तरीय शिक्षा आयोग गठन भएको थियो । त्यसपछि केपी ओली नेतृत्वको सरकारमा गिरिराजमणि पोखरेल शिक्षामन्त्री बनेपछि पहिलेको आयोग खारेज गरी अर्को उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो । शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बनेको आयोगले केही महिनाअघि प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री तथा पार्टी पंक्तिले दुवै आयोगको प्रतिवेदन उद्देश्यअनु

दश वर्षमा नौ लाख विद्यार्थी हराए

Image
प्रकृति अधिकारी काठमाडौँ, चैत ३ गते । वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । वि.सं. २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । दश वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको सङ्ख्या चार लाख ५६ हजार ४७६ भएको छ ।  परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष चार लाख ५० हजार १८६ परीक्षार्थी एसईई परीक्षामा सम्मिलित हुँदैछन् । कक्षा १० मा पुगेका विद्यार्थीभन्दा एसईई परीक्षा दिने विद्यार्थी करिव छ हजार कम छन् । दश वर्षमा नौ लाख विद्यार्थी हराउनुको वास्तविक कारणबारे सरोकार निकायले खोजी गरेको छैन । बीचैमा पढाइ छाड्ने र कक्षा दोहो¥याउने कारण नै यतिका विद्यार्थी हराएको हुनसक्ने ‘तयारी भनाइ’ शिक्षा निकायका पदाधिकारीले दिने गर्नुभएको छ ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले भन्नुभयो, “किन बीचैमा कक्षा छाड्नु प¥यो र किन दोहो¥याउनु प¥यो भन्नेबारे भित्र गएर अनुसन्धान गर्न सकेका छैनौँ तर भर्ना भएकामध्ये आधाभन्द

समाचार - 'सेतो छडी’ किन्नै मुस्किल

Image
कान्तिपुर संवाददाता काठमाडौँ — नेत्रहीन जोकोहीलाई हिँड्नका लागि सहारा हो– सेतो छडी । तर यही छडीलाई उनीहरू चर्को मूल्य तिर्न बाध्य छन् । आफ्नै माउ संगठन नेत्रहीन संघले नै उनीहरूसँग बिनारसिद रकम असुल्छ । लेखपढ गर्न आवश्यक पर्ने स्ट्रलाइज र सिलेट पनि सित्तै पाइँदैन ।  राष्ट्रिय अपांग महासंघ, नेत्रहीन संघ सञ्चालन तथा व्यवस्थापनका लागि सरकारले पर्याप्त पैसा दिए पनि आफूहरूले छडीसहितका भरथेग सामग्री किन्नुपरेकामा पीडितहरूले आपत्ति जनाएका छन् । नेत्रहीन एवं अपांग समुदायको सहयोगका लागि स्थापित ऊर्जाशील अपांग सशक्तीकरण केन्द्रका अध्यक्ष कपिल विक (डोटी) ले नेत्रहीन संघमा सेतो छडीलाई ७ सय रुपैयाँ तिर्नुपरेको सुनाए । उनका अनुसार केन्द्रका ७० भन्दा बढी सदस्य सबैले लेखपढ वा हिँडडुल गर्ने सामग्री किन्नुपरेको छ । विकट गाउँबस्तीबाट एसएलसीेपछि राजधानी छिरेका दर्जनौं नेत्रहीन र शारीरिक रूपले विकलांग युवायुवती अहिले स्नातकोत्तर तहका विद्यार्थी छन् । यीमध्ये कतिपय सानो ठिमी क्याम्पसको छात्रवृत्ति त कतिपय विभिन्न संघसंस्थाको सहयोगमा पढदै छन् । ‘म अगरबत्ती बेचेर गुजारा गरिरहेकी छु,’ सानोठिमी

डा. माधवप्रसाद पोखरेल - कैलासतिरको बाटो

Image
डा. माधवप्रसाद पोखरेल डा. माधवप्रसाद पोखरेल फुर्सद  ०२ चैत २०७५ ०७:४५:०० 215 SHARES सभ्यता कैलास जाने अन्तर्राष्ट्रिय बाटोलाई नेपालले प्राथमिकतामा राख्ने हो भने दक्षिण एसिया, पूर्वी एसिया र दक्षिणपूर्वी एसियाका हिन्दू र बौद्ध धर्मावलम्बीको कल्याण हुने थियो।  कैलास पर्वत र मानसरोवर हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरूको तीर्थस्थल हो। घनश्याम आचार्य (२०६७) को सूचनाअनुसार वाल्मीकि रामायण, विष्णुपुराण, वायुपुराण, श्रीमद्भागवत, देवीभागवत, भविष्यपुराण अनि स्कन्दपुराणका केदारखण्ड, मानसखण्ड र हिमवत्खण्डमा कैलास मानसरोवर क्षेत्रलाई उच्चतम महत्त्व दिइएको छ।  सातौं शताब्दीका चिनियाँ यात्री स्वेन चाङले कैलास पर्वतलाई नै पुराणहरूमा ‘मेरु पर्वत’ भनिएको कुरो ठहर गरेका छन्। महाकवि कालिदासले पनि उनको ‘मेघदूत’ खण्डकाव्यमा राजहाँसहरू जाडो र गर्मीमा मानसरोवरसम्म ओहोरदोहोर गर्छन् भन्ने कुरा लेखेका छन्। साँच्चै नै, आज पनि कालिकोट र अछाम छेउछाउका मानिसहरूले राजहाँसहरू मानसरोवर ओहोरदोहोर गरेको देख्छन्। र राजहाँसको बह

कोसेली - बान्तावा ‘फुलटाइमर’

Image
विद्या राई काठमाडौँ — भोजपुर, हतुवागढीका पदम राईको चिनारी अलग छ, उनी बान्तावा भाषाका अभियन्ताका रूपमा कहलिन थालेका छन् । राजधानी काठमाडौंमै बसेर डेढ दशकयता किरात राई बान्तावा भाषाको खोज, अनुसन्धान र संरक्षणमा निरन्तर लागिपरेका यी पात्र आफ्नै भाषाको पत्रिका ‘बुङ्वाखा’ का सम्पादकसमेत हुन् । सगरमाथा मावि घोडेटार, भोजपुरबाट एसएलसी गरेपछि गुरुहरूको सल्लाहमा आईएस्सी पढ्नका लागि पदमले गाउँ छाडेका थिए । तर, विज्ञानको जगत्मा लागेर आफ्नो भाषा–संस्कृतिका खातिर काम गर्न नसक्ने ठानेरै पदमले बीए पढाइमा मानविकी विषय रोजे । भाषामा काम गर्ने रुचि बढेपछि भाषाविज्ञानमैं उनले एमए गरे । बान्तावा भाषा, साहित्य, संस्कृतिप्रति समर्पित ‘बुङ्वाखा’ को विशेषता भनेको यसको निरन्तरता हो । हालसम्म यो १६७ पूर्णाङ्क प्रकाशित भएको छ । सम्पादक पदमका अनुभवमा मातृभाषाको शक्ति अपरम्पार हुन्छ— भोक, प्यास, निद्रा सबै बिर्साउने । पदम एक्लै लेख/ समाचार सङ्कलन, कम्प्युटर टाइप, सम्पादन, डिजाइन, प्रेस छपाइ, वितरण, विज्ञापनसहितका काम गर्ने गर्छन् । आफैं साइकल ब्वाईदेखि सम्पादकको भूमिकामा उनी छन् । किरात राई समुदायका

कोसेली - सम्झाउनीमा शिव

Image
अर्जुन पन्थी काठमाडौँ — २२ असार २०७३ को कुरा, मार्टिन चौतारीका लागि म्यागेजिन जम्मा गर्न शिव रेग्मीको कुटीमा गएको थिएँ  । तल्लो तलाभरि पत्रिकैपत्रिका पुस्तकैपुस्तक थिए  । जीवनभर संकलन गरेका केही पुस्तक र पत्रपत्रिका एकएक गरी अन्माउनुपर्ने थियो, जीवनको उत्तरार्द्धमा । एक पटक दिने भनेर ठिक्क पारेका पत्रिका पल्टाउँदै हेरिरहन्थे र भन्थे, ‘भो यो नलैजानुस्, मलाई चाहिन सक्छ ।’ कुनै फेरि ‘ह्या लैजानुस्’ भन्दै दिन्थे । दोधार थियो । भुइँचालोले दिएको दुःख र बुढेस लागेपछि सम्हाल्न नसक्दा पत्रैपत्र गरी बटुलिएका पत्रिका राखीसाध्य थिएन । उत्तराधिकारीको अभावमा पुस्तकालयलाई दिनु बेस ठानेका थिए । त्यसपछि म शिवको घरमा नियमित गएँ । कहिले छतमै बोलाउँथे, गफ गर्थे । कहिले पुस्तकालयमा भुलाउँथे । सुगर रोगले गलाएर आँखाको तेज कम गरे पनि आइग्लास लिएर पढ्थे । स्मरण शक्ति ज्यादै तेज थियो । सोधेको कुरा, ‘फलानो पत्रिकाको फलानो पृष्ठमा छ’ भनेर बताउन सक्थे । बिनाप्रमाण बोल्दैनथे ।भेटकै सिलसिलामा मलाई उनको जीवन कहानी जान्ने रुचि लाग्यो । यस्तो रुचि राखेकाले रेग्मीले उनीबारे लेखिएको एउटा थेसिस पढ्न दिए 

कोसेली - पूर्वीय दर्शनको ग्रन्थ

Image
कान्तिपुर संवाददाता काठमाडौँ — लोकगीत विधामा विद्यावारिधि प्राप्त भक्त राई लोकसंस्कृतिकर्मी हुन्  । राईको ‘पूर्वीय दर्शन’ नामक पुस्तक अहिले प्रकाशनमा आएको छ  । पूर्वीय दर्शन र संस्कृत भाषा भन्नासाथै कतिपयलाई लाग्न सक्छ— यो त्यही पुरोहितवाद र ब्राह्मणवादको व्याख्या हो । तर, पूर्वीय दर्शन भनेको समग्र एसियाली भूभागको दर्शन र चिन्तनको सार हो । पुस्तकमा जीवन दर्शनका यथार्थदेखि लिएर विज्ञान, समाजशास्त्रका विषयसमेत चर्चा गरिएको छ । पूर्वीय दर्शनको अध्ययन–परम्परा र विकासक्रम तथा कला, साहित्य, समाजशास्त्र, धर्मसंस्कृति, प्रकृति, प्रकृतिपूजनबारे जानकारी यसमा छ । किराँती मुन्दुमी दर्शन, मुन्धुम (सत्यहाङ्मा पन्थ) जस्ता दृष्टिकोणबारेमा मीमांसा पुस्तकमा समेटिएको छ । दर्शनको विकासक्रमकै समयमा दर्शनलाई दुई किसिमले हेरिन्थ्यो, एउटा आस्तिक र अर्को नास्तिक । यी दुवै दर्शनधारमाथि पनि पुस्तकमा सूक्ष्म विश्लेषण गरिएको छ । पुस्तकमा चिनियाँ कन्फ्युसिअस दर्शनसमेतको सूचना समेटिएको छ । पुस्तकले नेपाली पाठकमा रहिआएको जीवन–जगत् र दर्शनबारेको कतिपय भ्रम निवारण गर्न मद्दत गर्न सक्छ । ग्रन्थमा चौधवट

कोसेली - सम्झनामा राईबाबा

Image
गणेश राई काठमाडौँ — जोगी हुनु त काले राईजस्तो । राईको छोरो उमेरले ३० वर्ष पुगेपछि मात्रै अक्षरको महत्त्व बुझे । त्यसपछि जोगीका साथ लागेर इन्डिया भासिए । अक्षरयात्रा आरम्भ गरे । त्यो पनि संस्कृत भाषा र शिक्षा । गन्तव्य सही ठाउँमा परेछ । जति हिस्सा निरक्षर बाँचे, उत्ति नै हिस्सा संस्कृतज्ञानको महासागरमा चुर्लुम्मै डुबे । वेदान्ताचार्य बने । अनि नेपाली समाजमा फुत्तै निस्किए, डा. स्वामी प्रपन्नाचार्य भएर । उनले जीवनदर्शनको प्रतिपादन गरे । भन्न थाले— ‘जीवन परिश्रमपूर्ण, धैर्यवान र साहसपूर्ण सर्वजनहिताय, सर्वजनसुखायका लागि होस् । सफल होइन असल हुनुपर्छ ।’ डा. स्वामी प्रपन्नाचार्य: स्मृतिग्रन्थ प्रधान सम्पादक एवं प्रकाशक : हरिप्रसाद सोडारीमूल्य : रू. २५०५/– स्वामीको निधनपछि हालै ‘डा. स्वामी प्रपन्नाचार्य स्मृतिग्रन्थ’ पुस्तक प्रकाशनमा आएको छ । ग्रन्थको प्रधानसम्पादक तथा प्रकाशक हरिप्रसाद सोडारी र सम्पादक वासुदेव प्रपन्न छन् । ग्रन्थ साँच्चै गहन ढंगको छ, जति पृष्ठको आधारमा १०२० पाना छ । विषयसूची आधारमा यसमा समेटिएका सामग्री परिचयसहित १५ खण्डमा विभाजन गरिएको छ । स्मृतिपरक, जीवनी