Posts

Showing posts from February, 2024

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ: मातृभाषा प्रवर्द्धनको अवस्था र पहल

Image
  गणेशकुमार राई  फाल्गुन ९, २०८० महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् । ‘जो हिन्दूस्तानी आमा–बाबु आफ्नो बच्चासँग बाल्यकालदेखि अङ्ग्रेजीमा कुराकानी गर्न थाल्छन्, उनीहरू आफ्नो राष्ट्रको द्रोह गर्छन् । मैले यो पनि मानेको छु कि यसले बालक आफ्नो देशको धार्मिक र सामाजिक बिरासतबाट बञ्चित रहन्छ । त्यत्तिकै अंशमा देशको र विश्वको सेवा गर्नका निम्ति कमयोग्य बन्छ । मातृभाषाको सामान्य ज्ञान जो स्वतः उनीहरू पाउँछन्, त्यसले उनीहरूको र राष्ट्रको फाइदा नै पुगेको हुन्छ र आज उनीहरू परदेशी जस्तो भएका छैनन् । गान्धीको अभिव्यक्ति उन्नाइसौँ शताब्दीको हो । भारतबाट अङ्ग्रेजको साम्राज्य हट्यो । तर पनि अङ्ग्रेजी भाषाको विस्तार दक्षिण एसियामात्र होइन, विश्व समुदायलाई गाँज्दै लगेको अवस्था छ । २१औँ शताब्दीसम्म आइपुग्दा विश्वको करिब सात हजार मातृभाषाको सङ्ख्या दिनानुदिन घट्दो अवस्थामा रहेको छ । हाम्रोजस्तो बहुभाषिक समाजलाई दिन दुईगुना रात चौगुना भने जसरी विदेशी भाषाले थिचिरहेको अवस्था छ । एक दिन कविता वाचन गराएर मात्र मातृभाषाको विकास हुन सक्दैन । तीनै तहको सरकारले मुलुकभित्र बोलिने

पत्रकार महासंघको संस्थापक विवाद !

Image
तारामणि सापकोटा प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार नेपाल पत्रकार महासंघको संस्थापकको सन्दर्भ पुनः बहसको विषय बनेको छ । महासंघ प्रतिष्ठान प्रदेश समितिले माघ २८ गते आयोजना गरेको‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासंघको’ पुस्तक विमोचन कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले अवरोध सिर्जना गर्यो ।पत्रकार महासंघको संस्थापक समिति २००८ सालको सत्यनारायणबहादुर श्रेष्ठ नेतृत्व वा २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको नेपाल पत्रकार संघलाई भन्ने विषय पुनः बहसमा आएको छ । नेपाल पत्रकार महासंघलेभने २०१२ सालमा भट्टराईको सभापतित्वमा गठन भएको संघको अविच्छिन्न उत्तराधिकारी संस्थाको रुपमा स्वीकार गरेको छ । धरानमा २०५३ साल जेठ २८ र २९ गते भएको साधारणसभाले विधान संशोधन गरेर संघलाईमहासंघमा रूपान्तरण गरेको थियो । महासंघले भट्टराईलाई संस्थापक सभापति मान्न थालेपछि प्रश्न उठ्न थालेको हो । महासंघको रुपान्तरणसँगै भट्टराई संस्थापक घोषित भएका हुन् । तर, २०५६ सालमा नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) गठनपछि संस्थापकका विषयमा प्रश्न उठ्न थालेको हो । तत्कालीन अनिज (हालको फोनिज)ले

समाज: ‘हामी कोही पनि शुद्ध छैनौं’–भाषाविद् जर्ज भान ड्रिम

Image
भाषाविद् जर्ज भ्यान ड्रिम। भाषाविद् जर्ज भान ड्रिमले संसारका सबै मानव जातिको वंशाणु मिश्रित भएको बताएका छन्। आफूलाई सनातनी वा हिन्दू भनेर चिनाउने आर्यबारे प्रचलित धारणा छ- उनीहरू करीब पाँच हजार वर्ष पहिले मध्यएशियाका घाँसे मैदानबाट वर्तमान पाकिस्तान र भारतको सिमानामा पर्ने सिन्ध घाटी हुँदै दक्षिणएशिया आइपुगेका हुन्। आनुवंशिक अध्ययनहरूले पनि त्यही पुष्टि गरेका छन्। भाषाविद् जर्ज भान ड्रिमका अनुसार भारतीय उपमहाद्वीपमा पाँच हजार वर्षअघि आइपुगेका आर्यहरू यतैबाट मध्यएशियातिर गएका हुन्। पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभल-२०२४ मा फागुन ४ मा ‘नेपालमा कहिले आए मान्छे?’ शीर्षकको सत्रमा लेखक यादव देवकोटासँग छलफल गर्दै ड्रिमले यस्तो विचार व्यक्त गरेका हुन्। आनुवंशिक अध्ययनको निचोड प्रस्तुत गर्दै भाषाविद् ड्रिमले अफ्रिका बाहेक अन्य महादेशका सबै मानिस आप्रवासी भएको तर्क गरे। दुई लाख १५ हजार पुरानो मानव जीवावशेष स्पेनमा फेला परेको तथ्य राख्दै उनले करीब साढे दुई लाख वर्षअघि अफ्रिकाबाट वर्तमान मानव (होमो सेपियन्स)का पुर्खा अन्य महादेशमा फैलिन थालेको उल्लेख गरे। “हामी सबै कोलोनिस्ट (उपनिवेशवादी) हौं

न्यायिक कठघराको कसीमा नघोटिएको सत्यनारायण बहादुर श्रेष्ठ भर्सेस कृष्णप्रसाद भट्टराई

Image
  कुब्जोङ किरात २८ माघ २०८०, आइतवार समाज तथा संस्किृति न्यायिक कठघराको कसीमा नघोटिएको सत्यनारायण बहादुर श्रेष्ठ भर्सेस कृष्णप्रसाद भट्टराई  जित्नेको इतिहास लेखिन्छ भन्ने उक्ति उहिलेकै हो । जित्नकै लागि जुक्ति निकाल्नेहरू तत्कालका लागि जितिरहेकै छन्, जसरी अहिले नेपाल पत्रकार महासंघ जितेको भानमा छ । उसले इतिहासलाई बलमिच्याइँसाथ जित्दैछ । ‘अग्रज अनुहार: कथा अग्रजको, गाथा महासंघको’ किताब विमोचनको निम्तोपत्र बाँडिरहेको छ । निम्तोपत्रमा नेपाल पत्रकार महासंघको २०१२ सालयताका अध्यक्षहरू तस्बिर अंकित गरिएका छन् । यो काम सराहनीय छ त भन्नैपर्छ तर संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कि कृष्णप्रसाद भट्टराई ? भन्ने विवादको भुमरी मडारिरहेको बेला यो किताब ल्याउनुको मकसद असमावेशी राज्यको चरित्रकै प्रतिबिम्ब उत्रेको छ । हामी हाम्रो अग्रजप्रति अपमान बोल्न चाहँदैनौं तर इतिहास कालखण्डलाई बिर्सेझैं गरेर आफ्नो मनखुस गरेर अघि बढ्नुचाहिं गम्भीर आपत्तिको विषय हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले तथ्यलाई टेकेर इतिहास निर्माण हुनुपर्ने माग राख्दै आएको छ । पछिल्लो निमन्त्रणा सार्वजनिक भएपछि फोनि

‘गलत इतिहास लेख्नु पनि हुन्न, पढ्नु पनि हुन्न, सक्नुहुन्छ भने जलाउनु वा च्यातिदिनू’

Image
 प्रकृति अधिकारी नेपाल पत्रकार महासङ्घका नेतृत्वकर्ताका बारेमा आज एउटा किताब सार्वजनिक हुने कुरालाई लिएर हिजोदेखि सामाजिक सञ्जालमा देखिएका टीकाटिप्पणीप्रति मेरो व्यक्तिगत धारणा– १) नेपाल पत्रकार महासङ्घले स्थापना २०१२ साललाई मान्दै आएको थियो । सबै पत्रकारले त्यसैलाई आधार मान्दै आएका थिए । मैले केही वर्षअघि २००८ सालको गोरखापत्रमा प्रकाशित समाचारका दुई बेग्लाबेग्लै कटिङ फेसबुकमा राखेपछि पहिलो नेपाल पत्रकार सङ्घ र संस्थापक अध्यक्षका बारेमा बहस वा विवाद सुरु भएको हो । अहिले पनि त्यही कटिङ बेलाबखत विभिन्नले पोस्ट्याएको देख्छु, खुसी लाग्छ । २) त्यो बेला मैले सामाजिक सञ्जालमा गोरखापत्रको समाचार कटिङ पोस्ट गरेपछि कतिपयले मलाई गाली पनि गरे, “किन नेवारको पक्ष लिएको ? बाहुन थिए, तिमीहामीहरुकै जाति, उनलाई मानिरहेका थियौँ । त्यो पोस्ट नगरेको भए हुन्थ्यो ।” म पत्रकारिता गर्न साधारण व्यक्ति हो, जातीगत पत्रकारिता म सोच्न पनि सक्दैन । पत्रकारमा जातिका आधारमा गुट वा संस्था त्यति उचित लाग्दैन । पेसा गर्ने हो, जातको सांघुरो घेरामा सीमित हुनुहुन्न भन्ने लाग्छ । तसर्थ नेपाल पत्रकार सङ्घका पहिलो अर्थात् संस्

कहिले मारिएका थिए लखन थापा मगर ?-राजकुमार दिक्पाल

Image
  राजकुमार दिक्पाल   माघ २०, २०८० शनिबार १८:३७:५४ लखन थापा मगरलाई नेपाल सरकारले २०५६ साल फागुन ११ गते शहीद घोषणा गर्‍यो। सरोकारवालाहरूले उनलाई नेपालको प्रथम शहीद घोषणा गर्नुपर्ने दबाब दिएपछि सरकारले २०७२ साल असोज ३ गते नेपालको प्रथम शहीद घोषणा गर्‍यो। जङ्गबहादुर राणाको निरङ्कुश शासन भोगेका लखन थापाले जङ्गबहादुरको जीवनको उत्तरार्द्धमा उनले लादेको शासन ब्यवस्थाको अन्त्यका लागि आफ्नो विद्रोही कदमलाई उत्कर्षमा पुर्‍याएका थिए। उनले 'जङ्गबहादुरको अत्याचारले सिमा नाघेको, उनले अङ्ग्रेजलाई देश बेचेकोले उनलाई मारेर सुनौलो युग ल्याउन आफूलाई मनकामना देवीले आदेश दिएको' जनसमक्ष बताएर गोरखा बुङ्कोटबाट विद्रोहको आह्वान गरे। उनले सशस्त्र विद्रोहका लागि हतियार र सेना जम्मा गरेका थिए। आफूलाई राम शाहकालीन सिद्ध लखन थापा (प्रथम)को अवतार बताएर उनले बुङ्कोटमै मनकामना देवीको पूजा चलाई प्रशस्त भक्तजन पनि बटुलेका थिए। जङ्गबहादुरको आदेशबाट पल्टन लगाएर लखन थापा र उनका समर्थकहरूलाई पक्राउ गरियो। लखनलगायत उनका कट्टर ६ जना समर्थकलाई झुण्ड्याएर मृत्युदण्ड दिइयो। उनको बारेमा अनुश्रुति मात्र होइन, इतिहास प्रमाण

इतिहास र वर्तमानः ओल्लो किरातको बुङनाम गढी र बनुङ अर्थात् बायुङ राई

Image
  कुब्जोङ किरात १९ माघ २०८०, शुक्रवार समाज तथा संस्किृति बुङनाम गढीको पुनःनिर्मार्ण गर्नुअघि २०७४ सालमा कुन्तादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बानिया“ र लेखक दिपेन्द्र रुम्दाली राई रहेका छन् भने पछिल्लो पटक पुनःनिर्माण (२०७९) गरिएको फोटो लेखक कुम्भराज राईबाट प्राप्त भएको हो । १. ओल्लो किरात ६ सय वर्ष पहिले लेखिएको नेपाल वृत्तान्त (गोपालवंशावली) मा गोपालवंशी र महिषपालवंशी राजाहरू भएपछि बत्तीस किराती राजाले नेपालमा राज्य गरेको कथा उल्लिखित भएको छ, ती बत्तीसै राजाहरूको नाम र राजभोग वर्ष पनि त्यहाँ वर्णित छ । वंशावलीमा किरात राजाको उल्लेख पाइयो । पशुपतिपुराण, हिमवत्खण्ड आदि पुराण माहात्म्यका ग्रन्थमा किराती राजालाई जितेर लिच्छवि राजाले नेपालमा राज्य गर्नेछन् भन्ने भविष्यवाणी पाइएकोले र लिच्छविका प्रत्येक शिलालेखमा अड्डा–अदालतका, शासनसम्बन्धी र कर सम्बन्धी धेरै पारिभाषिक शब्द किरात भाषाकै उपलब्ध भएबाट पनि लिच्छवि आउनुभन्दा पहिले किरातीहरूले नेपालमा शासन गरेका थिए र तिनको शासन व्यवस्थित थियो भन्न पनि हामी सक्तैनौं । उनका समयका केही लिखित सामग्री अभिलेख पनि नपाइएबाट यसभन्दा पर