Posts

Showing posts from April, 2023

OBITUARY- Last living Gurkha VC passes away

Image
  By Himalayan News Service Published: 10:26 am Apr 23, 2023    Kathmandu, April 22 Captain (Retired) Ram Bahadur Limbu, the only living British Gurkha recipient of The Victoria Cross (VC) - one of the highest and most prestigious awards of the British honours system, passed away today. He was 83. According to British Gurkhas Nepal, Limbu was undergoing treatment in Kathmandu when he died. Limbu is also a recipient of The Royal Victorian Order - Member (MVO), the Order conferred for extraordinary, important or personal services to the British Sovereign. In November 1965, at just 26 years of age, Lance Corporal Limbu acted with bravery and valour on the battlefield during the Borneo Confrontation. Serving in the 2nd Battalion of the 10th Princess Mary's Own Gurkha Rifles, Limbu rescued two of his men while under intense enemy fire. After securing their safety he returned to the attack to fight valiantly against enemy s

भिक्टोरिया क्रस विजेता लिम्बूको अवसान

Image
  वैशाख ९, २०८० पर्वत पोर्तेल झापा — बेलायत सरकारले ब्रिटिस सेनामा कार्यरत १३ जना गोर्खा सैनिकलाई वीरताको कदर गर्दै प्रतिष्ठित भिक्टोरिया क्रसबाट सम्मान गरेको थियो । ती १३ मा रामबहादुर बेघा लिम्बू कान्छो र एकमात्र जीवित गोर्खा सैनिक थिए । ८८ वर्षका उनको शनिबार बिहान उपत्यकाको एक अस्पतालमा निधन भएको छ । मिर्गौलाको समस्याका कारण गत असोजदेखि उनी अस्पताल धाइरहेका थिए । दमक रहँदा उनले बीएन्डसी अस्पतालमा पनि उपचार गराए । दुवै मिर्गौलाले काम गर्न छाडिसकेका कारण गत मंसिरदेखि उनी ललितपुरको मेडिसिटी अस्पतालमा नियमित डाइलसिस गर्दै आएका थिए । त्यही क्रममा उनको निधन भएको साइँली बुहारी मनु पान्धाकले फोनमा जानकारी दिइन् । भीसीको अन्त्येष्टि झापामै गरिने भएको छ । बेलायतबाट भीसी एसोसिएसनका प्रतिनिधिहरू आएपछि मात्रै शव अस्पतालबाट अन्त्येष्टिका लागि झापा ल्याइने जनाइएको छ । ‘यूकेबाट प्रतिनिधि आएपछि मात्रै अन्त्येष्टिको योजना बन्नेछ,’ मनुले भनिन्, ‘उहाँहरू नआएसम्म शव अस्पतालमै रहनेछ ।’ लिम्बूका दुई श्रीमती र चार छोरा छन् । जेठा र माइला बाबुकै बाटो पछ्याएर लाहुरे बने । हाल उनीहरू बेलायतमा छन् 

अनुभूति : यसरी लेखियो, आदिवासी विद्रोहको इतिहास

Image
  २० चैत्र २०७९, सोमबार   राजकुमार दिक्पाल अहिले प्रवासी जीवन ब्यतित गरिरहेको छु । स्वदेशबाट प्रवासतर्फ पाइला उचाल्दै गर्दा आफूले २२ वर्ष पत्रकारिता र त्योसंगै आठ वर्ष प्राध्यापनमा ब्यतित गरेको अनुभवको सङ्गालो थियो, मसंग । तर जीवनमा जोडिएको यस्तो सम्पत्तिलाई माया मारेर प्रवासतर्फ पाइला चलाए । यसमा केही रहर थिए, अनि केही बाध्यता । प्रवासतर्फ पाइला उचाल्दै गर्दा मैले हरेक दिनको एउटा तालिका बनाएको थिए । तालिका थियो, आठ घण्टा श्रम गर्ने, आठ घण्टा सुत्ने । बाकी समयमध्ये चार घण्टा परिवार र साथीहरुलाई दिदै चार घण्टा चाहिं अध्ययन, लेखन र चिन्तनमा लगाउने । लेखनका सन्दर्भमा दुई वटा इतिहास सम्बन्धी लेख लेख्ने योजना नेपालबाटै बनाएर आएको थिए । बाँकी जे भोगिन्छ, ती लेख्दै जाउला भन्ने थियो । मैले प्रवासमा रहेर लेखूंला भन्ने इतिहासमध्ये एउटा थियो, पृथ्वीनारायण शाहका बुवा नरभुपाल शाहको मृत्यू हुँदा उनको साथमा सति गएका एक कमारो केटोसंगको नरभुपाल शाहको सम्बन्ध । दोस्रो थियो, राई लिम्बूमा रहेको मेगजिन करसम्बन्धी भ्रम निवारण । आफ्नो योजना अनुसार यी दुवै इतिहास लेखेर नेपालको मूलधारकै सञ्चार माध्यम मार्फत प्

समाज-कथा : साधु र जारको भँगालोमा हाङ्‌मा

Image
  वैशाख ९, २०८० डम्बर चेम्जोङ ओहो ! कति जाँड (थी) खाएका यी लिम्बूले हँ ? ‘जारी’ फिल्म हेरिरहेका गैरमतवाली दर्शकको मस्तिष्कमा यो प्रश्नले बेलाबेला जन्म लिन्छ । यस्तो लाग्छ, लिम्बू जीवन र जाँड एक अभिन्न अंग हुन् । लिम्बूका निमित्त जाँड केवल खाजा हो, न कि त्यो मदिरा । ‘जारी’ मा खाजाकै रूपमा सबैले जाँड खान्छन् । सुब्बा शेरबहादुर कतैबाट घर आइपुग्छ, तोङ्वा (जाँड) तयार हुन्छ । नामसाङ खेत जोत्छ, जाँडै खाजा खान्छ । घरमा कोही पाहुना आउँछन्, तिनले सत्कारस्वरुप जाँडै पाउँछन् । लिम्बूहरू मेला–बजार भर्छन्, तिनले जाँडै खान्छन् । जाँड पनि कस्तो–कस्तो भने निख्खर कोदोको जाँड, कोदो र मकै मिसाइएको जाँड, जुनेलोको जाँड, चामलको भात्ती, कोदो–मकैको पिठोको हुत्ते जाँड, गुलियो जाँड, अमिलो जाँड, कलिलो जाँड, छिप्पेको जाँड, कीरा उम्रेको जाँड, हावा पसेको जाँड, राम्ररी नधोइएको कोदोको कालो जाँड ! तर, जाँडको गुणस्तर जस्तो होस, जाँड जुनसुकै अन्नको होस्, त्यसको जादु मर्चामै (खेसुङ) अडिएको छ । ‘फलानी बजूको हात साह्रै मीठो छ हौ’ भन्नुको अर्थ हो– बजूले बनाएको मर्चाको जाँड बेजोड मीठो हुन्छ । बजूको सामाजिक हैसियत मर्चा मीठो ब

इतिहास : को हुन् धनकुटा गौंडाका पहिलो प्रशासक?

Image
 राजकुमार दिक्पाल  मंगलबार, २१ चैत, २०७९ जिल्ला प्रशासन कार्यालय, धनकुटाको वेबसाइटमा धनकुटा गौंडाका पहिलो प्रशासकका रूपमा बख्तावरसिंह बस्नेतको नाम छ। उनको कार्यकाल विसं १८६८ देखि १८७८ सम्म भएको उल्लेख छ।    धनकुटाको इतिहासबारे कलम चलाउने पहिलो पुस्ताका इतिहासकार नरपति पोखरेलले नरपति पोखरेलका कृति (२०६६:४५०) को ‘धनकुटाको इतिहास’ खण्ड (पहिलो प्रकाशन वारजीले २०४९)मा लेखेका छन्, ‘श्रीकाजी बखतवारजीले धनकुटा बीच बजारमा भीमसेनको स्थापना गरी ठूलो राम्रो पक्का मन्दिर बनाएका छन्। भीमसेनको पूजा चलाउन बजारमा लाइन मिलाई १० वटा झिंगटीको छानो भएका पक्का घर बनाइएको छ। धनकुटा बेसीको ठूलो टार भीमसेनकै गुठी भन्छन्।’ तर, पोखरेलले उल्लेख गरेको भीमसेनस्थान बनाउने बख्तावरसिंह बस्नेत होइनन्, बखतवार भण्डारी हुन्। भीमबहादुर बस्नेत र ठाकुर बरालले पनि धनकुटाका ऐतिहासिक सामग्रीहरू (२०६१:३) मा ‘काजी बख्तावरसिंह बस्नेत विसं १८४८ देखि पूर्व खटिए। यिनी नै धनकुटाका पहिलो गभर्नर हुन् भन्ने पनि कतिपयले उठाउने गरेका छन्’ भनी उल्लेख गरेका छन्। बख्तावरसिंहलाई धनकुटाको पहिलो प्रशासक भनी तोकेरै लेख्ने चाहिं डा‍. गोपालबहादुर भ

समीक्षा : हङकङका किरात राई जातिको इतिहास

Image
  चैत्र १८, २०७९ गणेश राई काठमाडौँ — ‘हङकङमा सामूहिक चुलाघरको स्थापनाका लागि नेपालको किरातेश्वर बुढानीलकण्ठमा चढाएको फूलपाती र किरातहरूको धार्मिकस्थल हात्तीवनको माटो ल्याइएको थियो । हामी किरात राईहरू विश्वको जुनसुकै कुनामा बसे पनि हाम्रो माटो एउटै हो । हामीहरू एउटै चुलाका हौं । एउटै चुलामा रहौं ।’ हो, पुर्ख्यौली सम्पत्ति तीनचुला र मातृभूमि नेपालको माटो लिएर हङकङ पुगेका किरात राई जाति संस्थागत रूपमा गोलबद्ध छन् । त्यही संस्थागत कामलाई लिएर ‘किरात राई यायोक्खा हङकङ : विगतदेखि वर्तमानसम्म’ (सन् १९९८–२०२१) पुस्तक बजारमा आएको छ । नरजित राईले अभिलेखनको काम गरेका छन् । लेखक राईका यसअघि ‘आकाश खोज्दै जाादा’, ‘समुद्रमाथिको सहर’ र ‘नसकिने बाटो’ नियात्रा संस्मरण तथा ‘मनोबिम्ब’ र ‘मनका नदीहरू’ कवितासंग्रह कृति प्रकाशित छन् । रमरम बैंसको बेला मातृभूमिको माटो बोकेर पुर्खाले लडाइँ लडेको मुलुक हङकङ पुगेका लेखक राईले इतिहास निर्माणदेखि दस्तावेजीकरण गर्ने सम्मको सशक्त भूमिका निर्वाह गरेका छन् । यो पुस्तक किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले प्रकाशित गरेको हो । एक सय ५६ वर्षसम्म हङकङ बेलायतको उपनिवेश थियो