Posts

Showing posts from April, 2019

समाचार - सरकारी स्कुलमा शुल्क

वैशाख १७, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — रौतहट निवासी गगनदेवराम यादव भक्तपुरको बस्तीमा डुलाएर कपडा व्यापार गर्छन् । उनका चार छोराछोरी भक्तपुरको पद्म माविमा पढ्दै आएका छन् । उक्त विद्यालयमा नेपाली र अंग्रेजी माध्यमबाट पढाइन्छ । ‘हामी गरिब मान्छे हजुर, छोराछोरीलाई बोर्डिङमा पढाउन सक्दैनौं,’ सिर्जनानगरमा अस्थायी बसोबास गर्दै आएका यादव भन्छन्, ‘सरकारी स्कुलमा मेरा तीनजना बच्चा पढ्छन् । तीनैजनाको एकैचोटि फिस तिर्न निकै गाह्रो भयो ।’ यादवले शैक्षिक सत्र २०७६ सुरु भएपछि कक्षा ९ पढ्ने छोरी मनीषाको वार्षिक शुल्क २ हजार ८ सय ३० रुपैयाँ तिरेको बताए । कक्षा ७ मा पढ्ने छोरा धिरेनको १ हजार ८ सय ५ र कक्षा ५ का अरबिन र अनिषाको ४ सय ६० रुपैयाँ वार्षिक शुल्क तिरेको जनाए । पैसा तिरेपछि विद्यालयले बिल दिएको छ । ‘छोरीले अंग्रेजी माध्यमबाट पढ्छु भन्छे,’ दुई वर्षदेखि उक्त विद्यालयमा पढ्न पठाएको उल्लेख गर्दै उनले भने, ‘अंग्रेजी माध्यमबाट पढाउँदा छुट्टै किताब किन्नुपर्छ । सकिन र नेपाली माध्यममै पढ भनेको छु ।’ अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ विपरीत सामुदायिक विद्यालयले अभिभावसँग

सहरमा पुस्तक राख्ने ठाउँ छैन

Image
देवेन्द्र भट्टराई काठमाडौँ — भाषा–साहित्यका अध्येता शरदचन्द्र शर्मा भट्टराईले यो संसार छाडेको १७ वर्ष भइसक्यो । रातोपुलभित्रको परम्परागत पुरानो घरमा शरदचन्द्रको स्मृति झल्कने सयौं पुस्तक, पत्रिका र तस्बिरलाई जतनसँग पुछपाछ गर्दै बसेकी छन्, ७९ वर्षीया श्रीमती कमला । अन्वेषक शरदचन्द्र भट्टराईकी श्रीमती कमला श्रीमान्को पुस्तक–कक्षमा ।तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर स्वर्गीय श्रीमान्‌काे स्मृतिमा हरेक दिन उनी धूपबत्ती बाल्छिन्, श्रीमान्ले पढ्ने भाषिक इतिहासका पुस्तक छामछुम गर्छिन् र श्रीमान् बस्ने गरेकै आसनमा बसेर ध्यानमग्न हुन्छिन् । ‘मैले थाहा पाएदेखि मलाईजत्तिकै यी पुस्तकलाई पनि श्रीमान्ले माया गर्नुभयो,’ कमला भन्छिन्, ‘गाँस काटेर जोडिएका यी पुस्तक–पत्रिका कम्तीमा म रहुन्जेल अरूलाई दिन्नँ ।’ २०५० सालमा ‘माध्यमिक नेपाली गद्याख्यान’ शोधकृतिका लागि मदन पुरस्कार पाएका शरदचन्द्र नेपाली भाषा–साहित्यका पुस्तक संकलक र शोधकर्ताका रूपमा चिनिएका छन् । उनको निवासको एउटा कक्षमा १७ वर्षअघिकै जस्तो पुस्तक/पत्रिकाको संग्रह छ । ‘जोशमनी सन्त परम्परा र साहित्य’ (२०२०) र ‘नेपाली भाषा र साहित

सम्पादकीय- कहाँ दिने किताब ?

कथाकार मनु ब्राजाकी भन्थे, ‘यो सहरमा हरेक घर बिराएर एउटा रक्सी पसल छन् । तर, एउटा राम्रो पुस्तकालय खोज्न दिनभर भौँतारिनुपर्छ । त्यसैले त सहरमा पढ्नेभन्दा पिउने धेरै छन् ।’ अहिलेको परिस्थिति ठ्याक्कै त्यस्तै नभए पनि हाम्रा पुस्तकालय स्तरीय र सर्वसुलभ बन्न सकेका छैनन् । मुलुकमा हाल करिब एक हजार सार्वजनिक पुस्तकालय त छन् तर तिनमा रहेका पुस्तकको बेहाल छ ।  सार्वजनिक पुस्तकालयसम्बन्धी नीति बन्न सकेको छैन । नीति तर्जुमाका लागि बेलाबखत समितिहरू बने पनि तिनका सुझाव रद्दीका टोकरीमा मिल्किएझैं भए । पहिलो त पुस्तकालयहरू नै कम छन् । भएकाको पनि उचित व्यवस्थापन छैन । प्रकाशन–पठन संस्कृतिसँगै पुस्तकालय धाउनेको संख्या बढे पनि पुस्तक व्यवस्थापन पक्षबारे न राज्य गम्भीर भयो न निजी क्षेत्र । बर्सेनि एक दिन पुस्तकालय दिवस मनाउनेभन्दा खासै उपलब्धि हुन सकेको छैन । २०६५ सालयता भदौ १५ का दिन यो दिवस मनाइँदै आएको छ । संविधानमा स्थानीय तहले पुस्तकालय दर्ता गर्ने भनिए पनि व्यावहारिक कार्यान्वयन हुन सकिरहेको छैन । केन्द्र, प्रदेश र स्थानीय तीनवटै तहमा पुस्तकालय नीतिको खाँचो छ । भएको एउटा राष्ट्रिय प

च्याब्रुङ क्रेज

Image
विमल खतिवडा काठमाडौँ —  पाका पुराना पुस्ताको प्रायः एउटै गुनासो हुने गर्छ, पुरानो संस्कृति लोप भयो  । नयाँ पुस्ताले संस्कृति भुले  । त्यसो त पछिल्लो समय कुनै पनि समुदायको परिचय झल्कने संस्कृति हराउँदै गएको छ । पहिरनसहितका पहिचान झल्कने संस्कृति अहिले मेला महोत्सव तथा र्‍यालीमा मात्र सीमित बन्दै गएका छन् । कतै यो संस्कृति जगेर्ना गर्न युवा कस्सिएका छन् त कतै पुरानै पुस्ताको भरमा संस्कृति धानिएको छ । उदाहरण हो, लिम्बू समुदायले नाच्ने च्याब्रुङ नाच । यो नाच लिम्बुवानमा चर्चित छ । संस्कृति हरायो, लोप भयो भन्नेहरूका लागि पाँचथर, ताप्लेजुङका युवा उदाहरणीय बनेका छन् । अहिले उनीहरू पढाइसँगै संस्कृति जगेर्ना गर्ने अभियानमा सक्रिय छन् । यसको नेतृत्व पाँचथर याङवरकका उदय बेघा लिम्बूले गरेका छन् । प्लस टु पढ्दै गर्दा उनी च्याब्रुङ नाच्न थाले । टिममा उनी एक्ला छैनन् । १४ युवक र ६ जना युवतीले च्याब्रुङ नाचेरै गोजी खर्च जुटाएका छन् । यो टिमले लिम्बुवानभन्दा धेरै वर यलाखोम अर्थात् काठमाडौं उपत्यकामा लिम्बू संस्कृति उजागर गर्दैछ । सांस्कृतिक समूहको नाम हो– याक्थुङ केलाङ सयङ । ‘च्याब्रुङ नाच

शहिद रत्‍नकुमार वान्तवाको २७ संयोग !

Image
  नयाँ बुलन्द   २७ चैत्र २०७५, बुधबार १९:०६ इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा शहिद रत्‍नकुमार वान्तवाले शहादत गरेको स्थलमा निर्माित वान्तवाको सालिक । आज चैत्र २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्‍नकुमार वान्तवाको हत्या भएको थियो । वान्तवाको पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ (साविक इभाङ्ग-१) स्थित जङ्गलमा तत्कालीन पञ्चायती प्रहरीले हत्या गरेको थियो । उनको हत्या भएको आज ठीक ४० वर्ष पुगेको छ । आज जिल्लामा विभिन्न कार्यक्रम गरी वान्तवाको ४० औं स्मृति दिवस मनाएका छन्  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसका भादृ तथा जनवर्गीय संगठन र विद्यार्थी संगठनहरुले इलाममा विभिन्न स्थानहरुमा छट्टाछुट्टै कार्यक्रमको आयोजना गरी वान्तवाको समृति दिवस मनाएका हुन् । शहिद रत्नको शहादत स्थल इभाङमा रत्नको शालिक अनावरण र स्मृति सभा भएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर प्रधानले शालिको अनावरण गरे । पञ्चायत विरोधी जुनसुकै तत्वलाई मा

१७ विद्यालयलाई नमुना बनाउन कोरियालीको सहयोग

Image
गणेश राई काठमाडौँ — दक्षिण कोरियालीको सहयोगमा नेपाल सामुदायिक विद्यालयलाई नमुना विकास गरिएको छ । तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोही अम होङ गिलको पहलमा १३ जिल्लाका १७ विद्यालयलाई नमुना बनाइएको हो । आरोही गिलले 'अम हाङ गिल ह्युमन फाउन्डेशन'मार्फत सहयोग गर्दैआएका छन् ।  अम हाङ गिल ह्युमन फाउन्डेशनले गरेको 'ह्युमन विद्यालय प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष गोष्ठी'मा सहभागीहरू । तस्बिर सौजन्य : फाउन्डेशन फाउन्डेशनबाट सहयोगप्राप्त ती विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षसहित काठमाडौंमा तीन दिने गोष्ठी सुरु भएको छ । प्रोग्राम म्यानेजर निलम थापाका अनुसार फाउन्डेशनले सोलुखुम्बु, धादिङ, रुपन्देही, कास्की, धनुषा, म्याग्दी, संखुवासभा, बर्दिया, ताप्लेजुङ, गोरखा, काभ्रे, रोल्पा र काठमाडौंका सामुदायिक विद्यालयलाई सहयोग गर्दैआएको छ । 'अहिलेसम्म विद्यालयको भौतिक पूर्वाधार निर्माण, पुस्तकालय, अतिरिक्त क्रियाकलापलाई जोड दिँदैआएको छ,' थापाले भनिन्, 'अब शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको गोष्ठी गरेका ह

किराँत राजालाई हराएपछि लिच्छविहरूले चलाएको 'राजनीतिक जात्रा'

Image
सबिना श्रेष्ठ भक्तपुर, चैत २८ भक्तपुरमा बुधबारबाट सुरू भएको बिस्का: जात्रा। यो जात्रा आठ रात नौ दिन चल्छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी ‘रथस दोङा बिज्याक पिथ या दथिसं, यवसिङ थाङा थल जुत पिरतिसं लख मोल ल्हुल चुपिंगालया खुसिसं, लिथे त ख त ल्वात गालया हितिसं बसंत म्हेतले भईरव जगदिसं, ल्हाकम्हया गति मदु छि छम्हा वाहिकं’ यो भक्तपुरको सबभन्दा ठूलो जात्रा बिस्काःको एउटा गीत हो। बुधबार जात्रा सुरु हुने क्रममा ‘पुरानो दाफा खलः’ का बाहरू यही गीत गाउँदै थिए। खलःका नाइके रामप्रसाद भेलेका अनुसार गीतले जात्रामा रथ कहाँ–कहाँ पुग्छ भन्ने कथा भन्छ। यो गीतझैं बिस्काःका टुक्रा–टुक्रा कथा अन्य गीतमा पनि छन्। यो समय भक्तपुरमा बिस्काःकै गीत मात्रै गाइन्न। एक मल्लकालीन गीतमा राजा पृथ्वीनारायण शाहले रणजित मल्लको समयमा भक्तपुर आक्रमण गर्दाको प्रसंग वर्णन गरिएको छ। यसबाहेक ऋतुअनुसारका गीत पनि गाइन्छ। कुनैमा भैरवनाथ र बिस्काःका कथा जोडिन्छन्। ‘हामी ऋतुअनुसारका गीत गाउँछौं। गीतको लय ऋतुअनुसार फरक हुन्छ,’ खल: नाइके भेलेले भने, ‘बिस्काःको समयमा गाइने गीतलाई हामी नेवाः भाषामा घाटु भन्छौं। फागु श

प्रादेशिक प्रज्ञा प्रतिष्ठान माग

Image
चैत्र १९, २०७५ अर्जुन राजवंशी दमक — नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रादेशिक प्रज्ञा प्रतिष्ठान’ स्थापनका लागि छलफल थालेको छ । प्रतिष्ठानले प्रदेश १ बाट प्रादेशिक प्रज्ञा प्रतिष्ठान स्थापनका लागि प्रदेशस्तरीय बौद्धिक छलफल सुरु गरेको हो । झापाको दमकमा जारी बृहत् वाङ्मय संगोष्ठीमा (बायाँबाट क्रमशः) प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार दधिराज सुवेदी र प्रा. सोमप्रसाद खतिवडा । तस्बिर : अर्जुन/कान्तिपुर दमक प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा प्रतिष्ठानले दमकमा त्रिदिवसीय बृहत् वाङ्मय संगोष्ठी आयोजना गरेको छ । संगोष्ठीमा प्रदेश १ को भाषा, कला, साहित्य, संस्कृतिका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएका छन् । सोमबार ‘किरात मुन्धुम’, ‘कोसी प्रश्रवण क्षेत्रको हिमाली जनजीवन’, ‘कोसी प्रश्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू’ र ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गरिएका थिए । प्रा.डा.सोमप्रसाद खतिवडाले प्रदेश १ मा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको गहन खोज तथा अध्ययनको आवश्यकता रहेको औंल्या