Posts

Showing posts from August, 2019

विवादै विवादमा उपकुलपतिहरू बिदा

Image
भाद्र ५, २०७६ गणेश राई काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको पदावधि बिहीबार सकिँदै छ । पूर्वाञ्चल, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, कृषि तथा वन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति शुक्रबार बाहिरिनेछन् । उनीहरुमध्ये अधिकांशको चारवर्षे कार्यकाल विवादकै सेरोफेरोमा बितेको छ । छ विश्वविद्यालयका उपकुलपति चार वर्षे कार्यकाल सकिएर बाहिरिदै छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको पदावधि बिहीबार सकिँदै छ । पूर्वाञ्चल, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, कृषि तथा वन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति शुक्रबार बाहिरिनेछन् । पदावधि नसकिँदै कतिपय उपकुलपति गाडी र अन्य सुविधासहित बिदामा बसेका छन् । राजनीतिक भागबन्डामा नियुक्त अधिकांश उपकुलपतिको कार्यकाल भने विवादकै सेरोफेरोमा रहेर सकिँदै छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइराला डेढ महिनाअघि पदीय हैसियतमा अमेरिका यात्रामा निस्किएका छन् । नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति कुलप्रसाद कोइराला गाडीलगायतको सुविधासहित काठमाडौंमा छन् । उनी गत साउन ३२ गते नै केन्द्रीय कार्यालय,

शिक्षक दरबन्दीबिना प्राविधिक शिक्षा

भाद्र ६, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — प्राविधिक शिक्षा अध्यापन गराउने समाुदायिक विद्यालयमा शिक्षक टिकाउन मुस्किल परेको छ । स्थायी दरबन्दी नहुँदा प्राविधिक शिक्षक अर्को अवसर आउनासाथ हिँडिहाल्ने समस्या रहेको विद्यालयहरूले जनाएका छन् ।  सरकारले २०७० सालदेखि सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा लागू गरेको हो । प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, प्लान्ट साइन्स, एनिमल साइन्स र म्युजिकल साइन्स पढाइ हुँदै आएको छ । अरू विषयसमेत थपिने क्रममा छ । चालु शैक्षिक सत्रमा १ सय ५० वटा थपिएसँगै प्राविधिक शिक्षा अध्यापन गराउने विद्यालयको संख्या ४ सय ३३ पुगेको छ । ‘प्राविधिक धारमा विद्यार्थीको आकर्षण बढदो छ,’ प्राविधिक शिक्षक संघका अध्यक्ष महेश पौडेलले मार्टिन चौतारीमा बिहीबार आयोजित अन्तरक्रियामा भने, ‘तर शिक्षकको दरबन्दी सिर्जना भएको छैन । भविष्य सुनिश्चित नहुने भएपछि शिक्षकले बीचैमा छाड्ने गरेका छन् ।’ सरकारले प्राविधिक शिक्षा पढाउने विद्यालयलाई वार्षिक २१ लाख ५६ हजार रुपैयाँका दरले अनुदान दिने गरेको छ तर विद्याल

किराती मिथकमा नयाँगीत

Image
श्रावण ३२, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — किराती मिथकमा आधारित गीत ‘नाना तायामा, भाइ हेछाकुप्पा’ को भिडियो सार्वजनिक भएको छ । भूपाल राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको उक्त गीत शुक्रबार ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीतमा रुपकुमार राई र राधा राईले आवाज दिएका छन् । मुन्दुम कथाअनुसार आदिम किराती पुर्खाका तीन सन्तान थिए। तिनै सन्तानमध्ये दिदी तायामा र भाइ हेछाकुप्पाको कथालाई लिएर यो गीत रचना गरिएको हो। पृथ्वीको उत्पत्ति र जीवजन्तु पर्यावरणको सृष्टि हुन्छ। पहिलो मानव पुर्खाको सन्तान खनिखोस्री जीवन धान्ने गर्दछ। अचानक बाबु र आमाको मृत्यु हुन्छ। दुई दिदी र एक भाइ सन्तान दुःखको भुमरी पर्छन्। वन तरुल, गिठ्ठा, भ्याकुरजस्ता कन्दमुल खोजेर जिउँछन्। भोकाएका भाइ अँगेनु तीन चुलामा पाकिरहेको अन्न देखेर रमाउँदै वरिपरि नाच्दछ। एउटा अगुल्टोमा कुल्चिएपछि अनायासै भाँडो घोप्टिएर पोखिन्छ। भाइ आफ्नो गल्तीले त्यसरी खाना घोप्टिएपछि रुन्छ। रुँदारुँदै त्यहीं निदाउँछ। दुई दिदीले भाइले संसार छाड्यो भनेर माया मार्छन्। त्यसपछि ठूली दिदी (तायामा) लेकतिर र कान्छी दिदी खियामा बेंसी

हेलो शुक्रबार - २५ वर्षे हेडमास्टर

Image
श्रावण ३१, २०७६ गणेश राई  सरकारी माध्यमिक विद्यालयको प्रधानाध्यापकको उमेर अक्सर पाको हुन्छ  । त्यसैले २५ वर्षको हेडमास्टर भन्दा अर्कै लाग्छ  । परिवर्तनशील समाजका यस्तै उपज हुन्, राजकुमार खड्का । उमेर २५ वर्ष । खोटाङ जिल्लाको दिप्रुङ गाउँपालिका वडा नं. ६ छितापोखरीस्थित श्री जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् उनी । छितापोखरीका स्थानीयवासी रहेका उनी करिब दस वर्षयता शिक्षण पेसामा संलग्न छन् । उच्च शिक्षाका निम्ति काठमाडौं उक्लिएका उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर (एमएड) गरिरहेका बेला गाउँको विद्यालय व्यवस्थापन समितिले उनलाई अस्थायी शिक्षकका रूपमा बोलायो । ‘कक्षा ९–१० बढ्दा केही विषय कमजोर सरहरूले पढाउँथे, त्यो कामचलाउ तरिका थियो,’ उनले भने, ‘त्यसकारण मलाई राम्रो शिक्षक हुनुपर्छ भन्ने लागेको थियो ।’ उनले २०७२ साल वैशाखदेखि उक्त माविमा प्रावि तहमा अस्थायी शिक्षकका रूपमा प्रवेश पाए । ‘त्यतिखेर एमएड प्रथम वर्षमा पढ्दै थिएँ,’ त्यसअघि काठमाडौंका केही बोर्डिङ स्कुलमा पढाएको सुनाउँदै उनले भने, ‘आफ्नै थलोमा शिक्षक बनेर गाउँको शिक्षा सुधार गर्छु भन्ने अ

कृषि तथा वनविज्ञान विश्वविद्यालयको बजेट र जग्गा विवाद ज्युँका त्युँ

श्रावण २९, २०७६ गणेश राई काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार डाकिएको कृषि तथा वनविज्ञान विश्वविद्यालयको सिनेटले बजेट र जग्गासम्बन्धी विवाद समाधानका लागि दुई छुट्टाछुट्टै समिति गठन गरेको छ । चालु वर्षका लागि छुट्ट्याइएको बजेट यथार्थपरक नरहेको भन्दै पुनः समीक्षा गर्न विश्वविद्यालय अनुदान आयोग अध्यक्ष भीमप्रसाद सुवेदीको संयोजकत्वमा चार सदस्यीय पुनरावलोकन समिति बनाइएको छ । समिति सदस्यमा शिक्षा सचिव, अर्थ सचिव र विश्वविद्यालयका रजिस्ट्रार छन् । विश्वविद्यालयले ३ अर्ब ३२ करोड १२ लाख ७२ हजार रुपैयाँको बजेट ल्याएकामा विकासतर्फ २ अर्ब २ करोड ४५ लाख, सञ्चालनतर्फ १ अर्ब २५ करोड ६२ लाख र आन्तरिक स्रोतबाट ४ करोड पाँच लाख रुपैयाँ छ । जग्गाको स्वामित्वबारे अध्ययनका लागि सुवेदीकै संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । सदस्यमा शिक्षा सचिव र विश्वविद्यालयका फरेस्ट्री डिन छन् । मुख्य दुई एजेन्डा बजेट पारित गर्ने र त्रिविको जग्गा र कृषि विश्वविद्यालयको स्वामित्व हस्तान्तरणबारे सिनेट टुंगोमा पुग्न सकेन । बैठक निष्कर्षविहीन बनेपछि पदाधिकारी र कर्मचारी थप अन्योलमा परेका छन् । क

सम्पादकीय - अंग्रेजी, गणित र विज्ञान

श्रावण २९, २०७६ सम्पादकीय काठमाडौँ — फेरि उही । उही तीन विषय– अंग्रेजी, गणित र विज्ञान । विद्यालय तहमा यिनै विषय सधैँ जटिल । हरेक वर्ष प्रकाशित एसईई र १२ कक्षाको नतिजाले यही देखाउँछन् । गत वर्ष एसईईमा सम्मिलित ४ लाख ७५ हजार परीक्षार्थीमध्ये ५० प्रतिशत विद्यार्थी तीन विषयमा बढी कमजोर देखिए । एसईई र कक्षा १२ को पछिल्लो नतिजा अनुसार यिनमै विद्यार्थीले कम ग्रेड प्राप्त गरेका छन् । १० कक्षासम्म विज्ञान विषयको सोलोडोलो पढाइ हुन्छ । भौतिकशास्त्र, जीवशास्त्र, रसायनशास्त्र र वनस्पति विज्ञानको अलगअलग पढाइ हुँदैन । रसायनशास्त्र र वनस्पति विज्ञानका शिक्षककै अनिकाल छ । भएका योग्य शिक्षक पनि विदेश पलायन भए । गणित, अंग्रेजी र विज्ञान विषयमा हाम्रा विद्यार्थीको जग कमजोर हुनुको प्रमुख कारण विषयगत शिक्षकको अभाव हो । अधिकांश विद्यालयमा विषयगत शिक्षक दरबन्दी नै छैन । देशका २७ हजार ९ सय १४ वटा सामुदायिक विद्यालयमध्ये जम्मा ७० वटामामात्र गणित, विज्ञान र अंग्रेजीको पूरै दरबन्दी भएका विद्यालय छन् । तल्ला कक्षामा पढाइरहेका शिक्षकले माथिल्ला कक्षा चलाउनुपर्ने बाध्यता छ । कक्षामा शिक्षक र विद्यार्

गणित र अंग्रेजीमा विद्यार्थी कमजोर

Image
श्रावण २८, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — विद्यालय तहको परीक्षामा सबभन्दा बढी विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा कमजोर देखिएका छन् । कक्षा १० (एसईई) र कक्षा १२ को नतिजामा ती विषयमा धेरै विद्यार्थीले कम ग्रेड प्राप्त गरेका छन् । एसईई परीक्षामा गणितमा सीभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या उच्च रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  भदौ १ देखि सञ्चालन हुने कक्षा १० को ग्रेड वृद्धि/पूरक परीक्षामा गणित, विज्ञान र अंग्रेजी विषयका परीक्षार्थी धेरै रहेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जनाए । ‘त्यसमा पनि गणित विषयमा कम ग्रेड ल्याएर पूरक परीक्षा दिने विद्यार्थीको संख्या बढी छ’ उनले भने । विगतमा पनि यी विषयमा नतिजा कमजोर थियो । कक्षा १२ को नतिजाअनुसार सबभन्दा बढी विद्यार्थीले अंग्रेजी विषयमा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका छन् । ‘सी वा डी प्लस’ भन्दा कम ग्रेड प्राप्त गरी पूरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख ६० हजार छ । ४ लाख ७५ हजार परीक्षार्थीले एसईई परीक्षा दिएकामा झन्डै ५० प्रतिशत विद्यार्थी नतिजा प्रकाशनको एक महिनापछि ग्रेड वृ

सुविधा लिन काठमाडौं धाउँदै शिक्षक

श्रावण २७, २०७६ गणेश राई काठमाडौँ — दार्चुलाका शिक्षक काशीदत्त भट्ट केही समययता काठमाडौं धाइरहेका छन् । उनी प्राथमिक तह प्रथम श्रेणीका शिक्षक हुन् । ६० वर्षीय उनी पेन्सनपट्टालगायत कागजात मिलाउन काठमाडौं आएका हुन् । दाङका भर्खरै अवकाश पाएका शिक्षक बहिदार चौधरी पनि पेन्सनपट्टाको कागज बनाउन काठमाडौं आइपुगेका छन् । भट्ट र चौधरीजस्त सयौं शिक्षक–शिक्षिका अवकाशपछि कागजात मिलाउन काठमाडौं महानगरपालिका–१३, ताहाचलस्थित विद्यालय शिक्षक किताबखाना धाइरहेका छन् । ‘देश संघीयतामा गयो भन्छन्, हामीचाहिँ काठमाडौं धाउँदै हैरान छौं,’ शिक्षक भट्टले भने, ‘शिक्षक किताबखाना प्रदेशमै भएको भए यसरी दुःख पाइरहनु पर्दैनथ्यो ।’ बुढ्यौलीले आँखा धमिलिएकाले कागजातमा लेख्न अर्कै व्यक्तिको सहारा लिनुपरेको उनले सुनाए । अर्का शिक्षक चौधरी सहयोगीमार्फत आफ्नो विवरण फाराम भराइरहेका थिए । शिक्षा मन्त्रालयअन्तर्गत रहेको किताबखाना सामुदायिक विद्यालयका स्थायी शिक्षकको व्यक्तिगत विवरण राख्ने एक मात्र केन्द्रीय निकाय हो । किताबखानाले शिक्षक तथ्यांक, निवृत्तिभरण, उपदान, पारिवारिक वृत्ति, शैक्षिक भत्ता तथा सन्तति वृत्ति, सञ

शिक्षक लाइसेन्स परीक्षा असोज दोस्रो साता

Image
सामुदायिक विद्यालयमा शिक्षक थोरै रहेका विज्ञान, गणित र अंग्रेजी विषयमै सबैभन्दा कम आवेदन परेको छ । श्रावण २५, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — शिक्षक सेवा आयोगले असोज दोस्रो साता अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । प्राथमिक, माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा क्रमशः असोज ९, १० र ११ गते हुनेछ ।  असार २ को विज्ञापनमा २ लाख ८३ हजार जनाले शिक्षक लाइसेन्स लिन आवेदन दिएका थिए । आयोगले पहिलो पटक तहअनुसार विषयगत रूपमा अध्यापन अनुमतिपत्रको परीक्षा लिन लागेको हो । तीनै तहको ४० पूर्णांक बराबरको उत्तरपुस्तिकासमेत यस पटकबाट मेसिनबाट परीक्षण गरिने आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिए । अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । आवेदकहरूको फारम रुजु गर्ने काम जारी रहेकाले कति परीक्षार्थी हुन्छन् भन्ने यकिन भइसकेको छैन । भदौ १५ सम्म रुजु सकेर प्रवेशपत्र प्रिन्ट गर्ने व्यवस्था गरिने थपलियाले बताए । आयोगले २ लाख ५० हजार हाराहारीमा परीक्षार्थी हुने अनुमान गरेको छ । अनलाइनबाट आवेदन दि

उच्चशिक्षाको लोभ देखाएर वैदेशिक रोजगारीमा

Image
श्रावण २५, २०७६ गणेश राई काठमाडौँ — १२ कक्षा उत्तीर्ण सञ्जीव बराल अस्ट्रेलिया पढ्न जाने तयारीमा छन् । उनी काठमाडौंको एक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा अंग्रेजी भाषा सिकिरहेका छन् । त्यही संस्थाले उनलाई अस्ट्रेलियाको युनिभर्सिटी पुग्ने प्रबन्ध मिलाइदिँदै छ । उनले प्रक्रियाका निम्ति एक लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन् । ‘प्लस टु साइन्स पढेको हो, साइन्समै नमिल्ने भयो,’ शिक्षा मन्त्रालयको केशरमहलस्थित छात्रवृत्ति शाखामा भेटिएका उनले भने, ‘दुई फरक धार रोजेको छु । जुनमा भिसा मिल्छ, त्यसैमा जान्छु ।’ सिन्धुपाल्चोकका बराललाई अस्ट्रेलियामा कुन र कस्तो कलेज वा युनिभर्सिटी छान्ने भन्ने केही थाहा छैन । कन्सल्टेन्सीले ‘राम्रामा मिलाइदिने’ भनेकाले त्यसैमा भर परेका छन् । उनलाई त्यहाँ गइसकेपछि हुन सक्ने समस्याबारे थाहा छैन । अध्ययनका लागि विदेश जान भनेर कल्सल्टेन्सीकहाँ पुग्ने विद्यार्थीको संख्या बढदो छ । शैक्षिक कल्सल्टेन्सीहरूले भने म्यानपावर कम्पनीसरहको भूमिका निर्वाह गरिरहेका छन् । पढाइका नाममा लाखौं रकम उठाउँछन् र विदेश पठाउँछन् । परामर्शदाता संस्थाले एक जना विद्यार्थ

क्यानभासमा किरात

Image
श्रावण २२, २०७६ सुशीला तामा‌ङ काठमाडौँ — खरले छाएको चिटिक्कको घर । कमेरो र रातोमाटोको लिउन पोतिएको भित्ता । आँगनवरिपरि फुलैफूल, हरियाली अनि मकैको घोगा र सुँगुरको खोर । मौलिक र सांस्कृतिक पक्ष झल्किने यस्ता पुराना घर अब गाउँतिरबाट पनि हराउन थालेका छन् । बढ्दो सहरीकरण र बाहिरिया प्रभावले नेपाली मौलिक वास्तुकला, भेषभूषादेखि खानपान शैलीसम्ममा परिवर्तन आइरहेको छ । सुदूरपूर्वको अवस्थाचाहिँ कस्तो होला ? कवि हृदयका चित्रकार अर्जुन खालिङले केही वर्षअघि ग्रामीण किरात समुदायको संस्कृति, भूगोल र जनजीवन झल्किने गरी यथार्थवादी चित्रहरू कोरेका थिए । ‘सूर्य डढिरहेछ निरन्तर’, ‘गोयाङको सुगन्ध’ जस्ता कविता कृति दिएका दिवंगत खालिङका ती चित्रहरू यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा प्रदर्शनरत छन् । झन्डै साढे दुई वर्षअघि दिवंगत खालिङले लेखन, चित्रकलादेखि फेसनसम्म किरात सौन्दर्य र पहिचानलाई प्रवर्द्धन गरेका थिए । किरात राई लेखक संघका अध्यक्षसमेत रहिसकेका सोलुखुम्बुका उनी चिन्डो बुक्स, चिन्डो आर्ट्स र चिन्डो फेसनका संस्थापक थिए । उनका चित्रहरू हेर्दै जाँदा सिंगो किरात बस्ती घुमेको अनु

समाचार - विशेष आवश्यकता शिक्षा पूर्वाञ्चलमा पनि

Image
कोरियाली विश्वविद्यालयको सहकार्यमा त्रिविमा विशेष आवश्यकता शिक्षामा एमफिल चलाउने तयारी  श्रावण २०, २०७६ गणेश राई काठमाडौँ — दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले पूर्वाञ्चल विश्वविद्यालयसित सहकार्य गरेर ‘विशेष आवश्यकता शिक्षा’ (एसएनई) कार्यक्रम चलाउने भएको छ । कोरियाली युनिभर्सिटीको सहकार्यमा यसअघि नै त्रिभुवन विश्वविद्यालय (त्रिवि) यो कार्यक्रम चलिरहेको छ भने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तयारी हुँदै छ ।   संविधानले अपांगता भएका नागरिकको शिक्षा राज्यको दायित्वभित्र पर्ने उल्लेख गरेको छ । जसअनुसार १० किसिमका अपांगता भएका नागरिकलाई अपांगताको प्रकृतिअनुसार दिइने शिक्षा विशेष शिक्षा हो । शिक्षा मन्त्रालयले अपांगताको फरकपन तथा उनीहरूको मनोविज्ञान बुझेर व्यावहारिक रूपमा शिक्षण व्यवहार गर्ने जनशक्ति उत्पादनका निम्ति ‘विशेष आवश्यकता शिक्षा’ (समावेशी शिक्षा) भनेको छ । मन्त्रालयको स्वीकृतिमा सन् २०१४ देखि अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) अन्तर्गत एसएनई कार्यक्रम लागू छ । मन्त्रालयले उक्त विषयमा शिक्षण जनशक्ति उत्पादनका निम्ति त्रिविलाई कोरि