किराती चुलाको बहस
कान्तिपुर संवाददाता , काठमाडौं भाद्र ६, २०७४- किरात राई जातिभित्र तीनचुला सर्वाधिक महत्व रहेको संस्कृतिविद्ले बताएका छन् । ‘किरात राई जातिको माङखिम (पितृथलो) नै तीन चुला हो,’अनुसन्धाता तथा संस्कृतिकर्मी चन्द्रकुमार हतुवालीले भने, ‘मुन्दुमको स्रोत केन्द्रका रुपमा चुला रहेको छ । हामी सबै किरात राई जातिको साझा विशेषता नै तीनचुला पुज्नु हो ।’ किरात राईको घरमा दैनिक खाना पकाउने र अर्को पितृपूजा गर्ने दुई किसिमका चुला रहेको हुन्छ । चुलालाई पवित्र पितृस्थानका रुपमा रहने तीनवटा ढुंगाको चुलालाई घरपरिवार र दाजुभाइबाहेक अन्यले जथाभावी छुन नहुने बताइएको छ । ‘यी तीन चुलालाई चासुलुङ, छेन्मीलुङ र सायालुङ भनिन्छ, जसमा घरमुलीबाहेक मर्चापानी चढाउन मिल्दैन,’अनुसन्धाता हतुवालीले भने, ‘अन्न चढाउने, पैसा चढाउने र समाजमा परिवारको प्रतिष्ठा उठाउने चुलाको मर्म हो ।’ राजधानीको कोटेश्वरस्थित किरात राई यायोक्खामा आयोजित ‘किरात राईहरूको चुला मुन्धुम’विषयक बहसमा उक्त विचार व्यक्त गरेका हुन् । बुङवाखा मासिक पत्रिकाको १५०औं अंक ‘चुला विशेषाङ्क’का रुपमा प्रकाशित छ । त्यसै गरी मुन्दुमका शोधार्थी भोगिराज चाम्लिङ...