चीनको कक्षा कोठा

कान्तिपुर दैनिक
२०७२ पुस १० गते शुक्रबार
गणेश राई


सिचुआन (चीन)– झाङ हाई बिन कक्षा ११ की छात्रा हुन् । उनी भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएकी छन् । उनीजस्ता उनको कक्षा ३० छात्रछात्रा छन् । सबैको आ–आफ्नै लक्ष्य छन् । ‘शिक्षक बन्नु भनेको चाहिं ज्यादै सम्मानित पेशा हो,’ झाङले अग्रेजीमै भनिन्, ‘पढ्नको लागि सबै विषय उत्तिकै महत्वपूर्ण हुन्छ । तर अब के बन्ने भन्नेचाहिं आफैंमा महत्वपूर्ण पक्ष हो ।’

चीनको सिचुआन प्रान्तस्थित मिडिल स्कुलमा २ हजार ३ सय विद्यार्थी पढ्छन् । उनीहरुलाई पढाउने १ हजार शिक्षक छन् । झण्डै डेढ सय वर्षअघि निर्मित समृद्ध विद्यालयमा पर्छ । यो विद्यालय तीनसय एकडमा फैलिएको छ । आफ्नै खुल्ला खेलमैदान छ ।


कक्षामा नियमित पठनपाठन त हुने नै भयो । कहीं कतै कसैले विद्यालय क्षेत्रमा कसैले अवरोध गर्न पाउ“दैनन् । हरेक दिन विभिन्न क्रियाकलाप हुने गर्छ । अतिरिक्त क्रियाकलापका रुपमा खेलकुद, पढाइ, गीतसंगीत, कम्प्युटर, इन्टरनेटका विभिन्न गतिविधि हुने गर्छ ।

यो मिडिल स्कुल एक नमुनामात्र हो । सरकारले हरेक शिक्षालय पर्याप्त सुविधा सम्पन्न भवन तथा कक्षा कोठाहरु, ठूलो खेलमैदान, पठनपाठनका निम्ति शान्त र सुरम्य वातावरण बनाएको यान काउन्टीकी शिक्षामन्त्री मिस या चाङले बताइन् । त्यस काउन्टीमा दुईवटा मिडिल र ३२ प्राइमरीसहित ३४ वटा विद्यालय रहेका छन् ।

चीन सरकारको निमन्त्रणामा विद्यालय अवलोकन गर्न पुगेका नेपाली टोली विद्यालय हातामा प्रवेश गर्दा बिहानको एघार बजेको थियो । त्यतिखरे विद्यार्थी कक्षा कोठामा पढिरहेका थिए । नेपाली टोलीको स्वागतमा शिक्षामन्त्री या चाङ र विद्यालयका प्रिन्सिपल मिस्टर चाङ उपस्थित थिए । प्रिन्सिपलले पठनपाठन भइरहेको कक्षामा प्रवेश अनुमति दिए ।


त्यो कक्षा ११ थिएछ । शिक्षकले कालोपाटीको सट्टा डिजिटल पार्टीमा पढाइरहेका थिए । चिनिया“ भाषाको पढाइ भइरहेको थियो । विद्यार्थीले युनिफर्म विनै उपस्थित भएको देख्दा आश्चर्य लाग्यो । सबैले आ–आफ्नै किसिम सामान्य न्यानो कपडा पहिरिएका थिए । एउटा टेबुलमा चौघेरा ४–४ जना बसेका थिए । सबैको झोलामा किताब, कापी, बोतलमा पानी, कसैको टेबुलमा चिया पनि पिउ“दै पढिरहेको भेटिए । केटा र केटी सराबरी बसेर आपसमा छलफलसहित पढ्दा रहेछन् । नबुझेको कुरा सोध्दारहेछन् ।

नेपाली टोलीको एकमुष्ट परिचय भयो । ‘हामी चीन र भारतको बीचमा रहेको सानो विश्वको सर्वोच्च शिखर चोमोलुङ्मा रहेको देश नेपालबाट आएका नागरिक हौं,’ आफू अंग्रेजी विषयको शिक्षक भएको जानकारी दिंदै टोलीनेता आङकाजी शेर्पाले भने, ‘नेपाल र चीनको सम्बन्ध भृकुटी र स्रङचङ गम्पोबीच विवाह भएयता गाढा भएको हो । महान् कलाकार अरनिको नेपालबाटै चीनमा आएका थिए । चीन र नेपालबीच नुन, ऊन, सुन अनि खाद्यान्नको व्यापारिक सम्बन्ध हजारौं वर्षदेखि चल्दै आएको छ । आज हामी तपाईहरुको देशको विकास अवलोकन गर्न पाएकोमा खुशी छौं ।’ नेपालमा छ महिनाअघि भुकम्प गई १० हजारको ज्यान गएको, ५० हजार घाइते, ५ लाख परिवार प्रभावित भएको जानकारी गराए । चीन सरकारले नेपालका भूकम्प पीडितहरुको स्वास्थ्योपचार र भौतिक सहयोग रहेको जनाए ।

विद्यार्थीहरु अंग्रेजी भाषा पनि पढेका रहेछन् । तैपनि दोभाषेमार्फत् चिनिया“ भाषामै अनुवाद गर्दा बढी उत्साहित थिए । सिचुआन प्रान्तमा ९५ प्रतिशत हाङ जातिको भाषा र संस्कृतिको बाहुल्यता रहेको छ । यहा“ सुचिकृत ५५ अल्पसंख्यक आदिवासी छन् । हरेक विद्यालयमा अल्पसंख्यक समुदायका बालबालिकालाई प्राइमरी कक्षासम्म उनीहरुकै संस्कृति र मातृभाषामा पठनपाठन गराइएको शिक्षामन्त्री चाङले बताइन् ।


Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि