सञ्जाल बन्दैमा नेपाली भाषाको मानक बन्ला ?

कान्तिपुर दैनिक
२०७३ कात्तिक १२ गते शुक्रबार
सुधारको प्रक्रियामा छौं ः कुलपति उप्रेती
गणेश राई

काठमाडौं– नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्ताका विरुद्ध नेपाली भाषाको मानकीकरण अभियानलाई अझ सशक्त तुल्याउने भन्दै राजधानीमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन भएको छ । सञ्जालले नेपाली भाषामा हाल देखिएको अराजकतालाई रोक्ने दावी गरेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलको अध्यक्षता गठित सञ्जाल ६३ सदस्यीय रहेको छ । नेपाली भाषा लेख्य परम्परा सुरु भएको हजार वर्ष नाघिसकेको अवस्थामा ‘मानक नेपाली भाषा अभियान’ थालिनुलाई कति सान्दर्भिक हो या बाध्यता ? विषय गम्भीर बनेको छ ।

भाषा परिवर्तनशील पनि हुन्छ । लेख्य मानक एउटै हुन्छ । मानकलाई समय सापेक्ष परिमार्जन र परिवर्तन पनि हु“दै जान्छ । केही वर्षयता भाषाशास्त्री, प्राज्ञिक व्यक्तिहरु ‘एनजीओकरणमा परेको’ आक्षेप लाग्ने गरेको छ । जसले गर्दा ‘भाषाको काम गर्ने’ क्रम नेपाली भाषालाई आफूअनुकुल बनाउने थालेपछि विज्ञहरु विभाजनमा परेका छन् । ‘भाषालाई वैज्ञानिक हिसाबले केलाउने विषय हो तर कति हदसम्म जाने भन्ने मापदण्ड छैन,’ त्रिभुवन विश्वविद्यालयका एक नेपाली शिक्षकले भने, ‘एनजीओले काम दिने भएपछि विज्ञहरुले आफूअनुकुल अनुन्धान गर्न थाले । त्यसमा अंग्रेजीको जस्तो मानक विस्तार गर्न थालेपछि विवाद चुलिन थालेको हो ।’

शिक्षा मन्त्रालयको निर्णयपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको नेपाली विषयको पाठ्यपुस्तक नया“ हिज्जेअनुसार पठनपाठन गरिदै आएको छ । विद्यालयका शिक्षकहरु अन्योलमै  बालबालिकालाई पढाइरहेका छन् । भाषाविद् प्राध्यापकहरुबीच विवाद चुलिदै गएपछि त्यो विषय सतहमा आएको छ ।
‘अहिलेको परिवर्तन भने बालबालिकाको लागि मात्रै गर्न खोजेको देखिन्छ, त्यही बालबालिका कलेज टेकेपछि परम्परागत हिज्जे नै पढ्ने पर्छ,’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘सरललाई जटिल बनाउने, कलिलो मस्तिष्कमा वितृष्णा जगाउने काम भएको अवस्था छ ।’

त्रिवि नेपाली केन्द्रीय विभागले अनिवार्य नेपाली शिक्षण निर्देशिकाको वर्णविन्यास विवादास्पद भन्दै खारेजको निर्णय गरेको छ । ‘२०६६ सालमा त्रिवि अनिवार्य नेपाली विषय समितिका तत्कालीन अध्यक्ष प्रा.डा. हेमाङ्गराज अधिकारीले अनिवार्य नेपाली शिक्षण निर्देशिकाको प्रकाशनका क्रममा विषय समितिमा वर्णविन्यासबारे छलफल नै नगराई निर्णय भएको भनेर साझा प्रकाशनबाट पुस्तकाकार रूपमा प्रकाशित गरेको शिक्षण निर्देशिकामा उल्लिखित विवादास्पद वर्णविन्यासलाई खारेज गर्ने निर्णय गरेको छ,’ विभाग प्रमुख प्राध्यापक देवीप्रसाद गौतमको अध्यक्षतामा भएको निर्णयमा छ, ‘उक्त शिक्षण निर्देशिकामा उल्लेख भएको वर्णविन्यासबारे २०६९ सालमा केही परिमार्जन गरी प्रस्तुत गरेको वैकल्पिक प्रस्तावलाई पनि विभागको बैठकले संशोधन–परिमार्जन गरेको छ ।’

विभागले सार्वजनिक गरेको १३ बु“दे निर्णयको पहिलो बु“दामा श्रुतिेसम भिन्नार्थक शब्द (फूल–फुल, पुरा–पूरा, तीन–तिन आदि) लाई दीर्घ नै लेख्नुपर्ने, ह्रस्व लेख्न नमिल्ने भनेको छ । दोस्रा, जाति, थर बुझाउने शब्दका अन्तिमको उकार दीर्घ मात्र लेख्नुपर्ने, ह्रस्व लेख्न नमिल्ने । तेस्रो, इच्छार्थकरआज्ञार्थक क्रिया (जाऊन्, भनून्, खाऊ आदि) लाई दीर्घ मात्र लेख्नुपर्ने, ह्रस्व लेख्न नमिल्ने । चौथो, जाति, थर बुझाउने शब्द (शाह, शेर्पा, शेरचन आदि) मा तालव्य ‘श’ पनि लेख्न सकिने । पा“चौं, नाम र थरका बीचमा आउने मध्यवर्ती नाम (राज, मणि, प्रसाद, कुमारी, देवी आदि) लाई पदयोग गरेर नै लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने । छैटौं, रूढ अर्थमा प्रयोग हुने समस्त शब्द (विश्वविद्यालय, भाषाविज्ञान, पानीजहाज, विराटनगर, ललितपुर, कीर्तिपुर आदि) लाई पदयोग गरेर नै लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने उल्लेख छ ।

सातौं, लामा वा छोटा सबै नामयोगी (सित, सँग, माथि, अनुसार, बाहेक आदि) लाई पदयोग गरी लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने । व्यञ्जनान्त द्वयक्षरी र सोभन्दा बढी अक्षरका नामयोगीलाई पदवियोग गर्ने भन्ने कुरा मान्य नहुने । आठौं, अक्षर गणना, स्वरान्त तथा व्यञ्जनान्तजस्ता त्रुुटिपूर्ण आधारमा शब्दलाई लामा र छोटा गरी पदवियोग गर्न नमिल्ने (शिक्षामन्त्रीलाई जोड्ने तर प्रधानमन्त्रीलाई छुट्ट्याउने भन्ने कुरा मान्य नहुने) । नवौं, दुई शब्दबाट बनेका सबै समस्त शब्द (शुभयात्रा, शुभकामना, दृश्यचित्र, रेखाचित्र आदि) लाई पदवियोग गरी लेख्न नमिल्ने, पदयोग गरेर नै लेख्नुपर्ने । दुईभन्दा बढी शब्दबाट बनेका समस्त शब्द (गा“स बास कपास, मन वचन कर्म, तन मन धन) लाई समास नगरी गा“स, बास र कपासस मन, वचन र कर्मस तन, मन र धन आदिलाई पदावलीका रूपमा प्रयोग गर्नुपर्ने भनेको छ ।

दशौं, द्वित्व शब्दमा सार्थक शब्दको नै आवृत्ति भई तिनले विशिष्ट अर्थ प्रदान गर्ने हु“दा द्वित्व शब्दलाई सार्थक र निरर्थक भनी वर्गीकरण नगरी सबै किसिमका द्वित्व शब्दलाई पदयोग गरेर नै लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने (घरघर, घरसर, पानीपानी, पानीसानी आदि) । एघारौं, संयुक्त क्रिया (जानुपर्छ, आउनुहोस्, हेरिरहन्छ, पढिहाल्छ आदि) लाई पदवियोग गर्न नमिल्ने, पदयोग गरी ह्रस्व लेख्नुपर्ने । बाह्रौं, संयुक्त व्यञ्जनलाई खुट्टा काटेर (विद्या, विद्वान्, द्वन्द्व, बुद्ध, शुद्ध, उद्धार आदि) लेख्न नमिल्ने, प्रचलनअनुसार (विद्या, विद्वान्, द्वन्द्व, बुद्ध, शुद्ध, उद्धार आदि) नै लेख्नुपर्ने । तेह्रौं, क्षतिपूर्ति दीर्घीभवन र सङ्ख्यावाची शब्दको ह्रस्वीकरण गर्नेलगायत नेपाली वर्ण्विन्यास सम्बन्धमा हाल देखिएका सबै खाले विवादहरूबारे प्रयोक्ता र आम सरोकारवालासँग व्यापक छलफल गरी प्राप्त हुने निष्कर्षलाई मानक वर्णविन्यास मानी विश्वविद्यालय तहको शैक्षणिक प्रक्रियामा समावेश गर्नुपर्ने उल्लेख छ ।

नेपाली भाषाबारे सर्वोच्च अदालतमा परेको रिट विचाराधिन रहेकाले शिक्षा मन्त्रालयले बोल्न सकेको छैन । तर, सरोकार पक्षले भाषालाई निर्णय र लहडमा नभई साझा विषय बनाउनु पर्नेमा जोड दिएका छन् । गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ मानक भाषा आवश्यक रहेको बताउ“छन् । ‘नेपाली भाषाप्रति चासो र चिन्ता छ भने राजनीतिक दलजस्तै विभाजित हुनुपर्ने किन ?,’ प्राज्ञिकहरु भाषाको नाममा विभाजित हु“दा परिणाम उल्टो हुने उल्लेख गर्दै श्रेष्ठले भने, ‘यदि हामी एकरुपता नै चाहिने हो भने त्यस निम्ति एकजुट होऔं । एउटा शक्ति बनौं ।’

‘सुधारको प्रक्रियामा छौं’
गंगाप्रसाद उप्रेती
कुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान

प्रज्ञा प्रतिष्ठानले संस्थागत निर्णयबाटै नेपाली बृहत् शब्दकोश प्रकाशन गर्दैआएको छ । विश्वविद्यालयका प्राध्यापक, भाषाविद्हरुको अगुवाईमै यो काम हु“दैआएको हो । २०६७ सालमा नेपाल र भारतका विद्वानहरुको सहभागितामा ठूलो सम्मेलन भएर आएको निर्णय भएको हो । २०७२ सालमा छापिएको शब्दकोशबाट बढी विवाद आयो । निर्णयले जटिलता ल्यायो भन्ने विषयलाई प्रतिष्ठानले गम्भीर रुपमा लिएको छ । समस्यालाई टुंगोमा पु¥याउन प्राध्यापक चूडामणि बन्धुको संयोजकत्वमा विज्ञ कमिटी गठन भएको छ । भाषाशास्त्री प्राध्यापक नोवलकिशोर राई र हेमनाथ पौडेल सदस्य हुनुहुन्छ । यके कमिटीले २०४० सालदेखि प्रकाशनमा आएका शब्दकोशमा देखिएका कमीकमजोरी केलाउने छ । त्यसमा के कस्ता सुधार गर्नु पर्ने हो कमिटीले प्रतिवेदन दिनेछ । त्यसैअनुसार हामी सुधार गर्नेछौं ।

फोटो क्याप्सन ः
राजधानी काठमाडौं महानगरपालिका महा“काल माविको कक्षामा बालबालिकालाई नेपाली भाषा पढ्न लगाइदै ।
फाइल फोटो ः गणेश÷कान्तिपुर

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि