‘अपाङ्गमैत्री शिक्षाका निम्ति कोरिया सहयोग गर्दैछ’

कान्तिपुर दैनिक
२०७३ कात्तिक १९ गते शुक्रबार
‘अपाङ्गमैत्री शिक्षाका निम्ति कोरिया सहयोग गर्दैछ’
युजिन सिम
प्रोजेक्ट म्यानेजर, चाङहोङ युनिभर्सिटी


त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कोरियाको चाङहोङ युनिभर्सिटीको सहकार्यमा दुई वर्षदेखि त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत नया“ विषयका रुपमा बहुअपाङ्गता शिक्षा सम्बन्धी पठनपाठन जारी छ । अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) अन्तर्गत सुचारु स्नातकोत्तर (एमएड्) र स्नातक (बिएड्) तह उत्तीर्ण गरेपछि विशेष शिक्षा पठनपाठन गर्ने विद्यालयमा अवसर दिलाउने सरकारको योजना छ । देशभरिमा अपाङ्गता भएका बालबालिकालाई पढाउने ३४ विद्यालय छन् । शिक्षा मन्त्रालयले भरखरै पारित गरेको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)ले ‘गुणस्तरीय शिक्षामा सबैको पहु“च सुनिश्चित गर्ने’ प्रतिवद्धता जनाएको छ, जसमा जोखिममा परेका, अपाङ्गता भएका तथा निःसहाय लगायत विद्यार्थीका भिन्न सिकाइ आवश्यकताको सम्बोधनका लागि खुला, वैकल्पिक, आवासीय तथा विशेष शिक्षाको व्यवस्था गर्ने उल्लेख छ । अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि सम्बन्धित विषय पढेका शिक्षक उत्पादनका निम्ति चाङहोङ युनिभर्सिटीले सहयोग गरेको हो । लुपिकले गरेको प्रयासबारे युनिभर्सिटीका प्रोजेक्ट म्यानेजर युजिन सिमसित कान्तिपुर लागि गरिएको कुराकानी ः


त्रिवि र चाङहोङबीच भएको परियोजना कति वर्षका लागि हो ?
अपाङ्गमैत्री गुणस्तरीय शिक्षाका निम्ति कोरिया सहयोग गर्दैछ । यो कार्यक्रम चार वर्षे हो । सन् २०१४ जुनमा सुरु भएको हो भने २०१८ मेईसम्म चल्ने छ ।

यो कार्यक्रमको खास उद्देश्य चाहिं के हो ?
अपाङ्गता भएका बालबालिकालाई पढाउने शिक्षक उत्पादन गर्ने मुख्य उद्देश्य हो । कोरियामा अपाङ्गता भएकाहरुका लागि अलग्गै नेसनल इन्स्टिच्युट रहेको छ । देशभरिका विविधखालका अपाङ्ग भएकाहरुको अनुगमन, अध्ययन, अनुसन्धान गर्ने र उनीहरुको जीवनलाई सहज तथा गुणस्तरीय तुल्याउने खालका सेवा सुविधाहरु उपलब्ध गराउने गरिन्छ । त्यस्तै, किसिमको संयन्त्र नेपाल सरकारले पनि लागू गरोस् भन्ने कोरियाको चाहना हो ।

कार्यक्रम कत्तिको प्रभावकारी बनेको छ ?
त्रिविसित सम्झौता भएपनि नेपाल सरकारको शिक्षा मन्त्रालयको अनुमति विना अघि बढ्न सक्दैन । विशेष शिक्षाका निम्ति मन्त्रालयको नीति तथा कार्यक्रमले समेट्न जरुरी छ । उसले भरखरै एसएसडीपी पारित गरेको छ र यसमा अपाङ्गता भएकाहरुका निम्ति प्राथमिकतामा राखेको छ । तर, मन्त्रालयका जिम्मेवार अधिकारीहरु फेरबदल भइरहेकाले सम्झौताअनुसार हाम्रो लुपिकको नीति तथा कार्ययोजनाप्रति ध्यानाकर्षण गराउन गाह्रो भइरहेको छ ।

त्रिविमा विशेष शिक्षा पढिरहेकै छन् होइन ? 
हो, कीर्तिपुरमा एमएड् र सानोठिमी क्याम्पसमा बिएड् विशेष शिक्षा पढ्दै छन् । विद्यार्थी छात्रवृत्तिमा पढिरहेका छन् । सहमतिअनुसार विशेष शिक्षामा डिग्री हासिल गरेका विद्यार्थीलाई नेपाल सरकारले अवसरका निम्ति शिक्षक कोटा सिर्जना गर्नु पर्छ । त्यो भइरहेको छैन । प्रोजेक्टको अवधि डेढ वर्षमात्र बा“की छ ।

विशेष शिक्षा पढेकाले शिक्षण नै गर्नु पर्छ र ?
विशेष शिक्षा पढेका ग्रेजुयट्सलाई विद्यालयमा अवसर दिइयो भने प्रभावकारी हुन्छ । सामान्य शिक्षकले भन्दा पठनपाठन गुणस्तरीय हुन्छ । त्यसका अलावा विभिन्न संघसंस्थामा कामको अवसर दिलाउने, विभिन्न विज्ञहरुको समूहमा संलग्न गराएर अपाङ्गतामैत्री नीति निर्माण गर्ने उद्देश्य हो । त्यस्तै, सार्वजनिक र निजी विद्यालयहरुमा विशेष शिक्षाका निम्ति प्रिन्सिपलहरुको एसोसियसन गठन गर्न नेपाल सरकारलाई भन्दै आएका छौं । जसले गर्दा विशेष शिक्षा प्रवद्र्धन हुनेछ ।
कोरियामा सामान्य शिक्षकभन्दा विशेष शिक्षाका शिक्षकलाई तलब बढी पाउ“छन् । नेपालमा पनि त्यो हुनुपर्छ । त्यसो भयो भने यो विषयमा आकर्षण बढ्छ । अपाङ्गता भएका बालबालिकाले गुणस्तरीय शिक्षा हासिल गरेपछि आफैं आत्मनिरभर बन्न सक्छन् ।

प्रस्तुति ः गणेश राई

विशेष विद्यालय ः
विराट बहिरा मा.वि. मोरङ
पूर्वाञ्चल ज्ञानचच्छु विद्यालय धरान (दृष्टिविहिन)
पूर्वाञ्चल बहिरा विद्यालय धरान
सुस्तमनस्थिति बालकल्याण विद्यालय धरान
बहिरा बालकको विद्यालय राजविराज
बहिरा बालकको विद्यालय सिरहा
नवज्योती बहिरा विद्यालय सिन्धुली
रामजानकी सुस्तमनस्थिति विद्यालय जनकपुरधाम
जनकपुर सुस्तमनस्थिति विद्यालय जनकपुरधाम
श्री सुस्तमनस्थिति विद्यालय श्रीपुर, चितवन
बालकुमारी सुस्तमनस्थिति विद्यालय भरतपुर
शान्ति नमूना आवासीय बहिरा निमावि मकवानपुर
बहिरा तथा सुस्तश्रवण प्राथमिक विद्यालय वसन्तपुर
स्वावलम्बी बहिरा प्रा.वि. धादिङ
केन्द्रीय बहिरा उमावि नक्साल, काठमाडौं
सुस्तमनस्थिति बालविकास केन्द्र भिमसेनगोला, काठमाडौं
सुस्तमनस्थिति पारिवारीक सरसल्लाह केन्द्र सिनामंगल, काठमाडौं
सुस्तमनस्थिति बालकल्याण विद्यालय कीर्तिपुर, काठमाडौं
खगेन्द्र नवजीवन व्यावसायिक माविजोेरपाटी, काठमाडौं ( शारीरिक)
सुस्तमनस्थिति कल्याण विद्यालय चक्रबहिल, ललितपुर
सुस्तमनस्थिति कल्याण विद्यालय नीलबाराही, भक्तपुर
मानव विद्यागृह ठिमी, भक्तपुर (सुस्तमनस्थिति)
आदर्श बालविकास केन्द्र बनेपा (सुस्तमनस्थिति)
काभ्रे बहिरा विद्यालय बनेपा
बाह्रविसे बहिरा निमावि सिन्धुपाल्चोक
मनकामना बहिरा विद्यालय गोरखा
सिर्जना बहिरा विद्यालय, कास्की
चण्डीकालिका बहिरा प्रा.वि. स्याङ्जा
धौलागीरी बहिरा विद्यालय बाग्लुङ्ग
सुस्तमनस्थिति कल्याण विद्यालय बाग्लुङ्ग
बहिरा बाल उ.मा.वि. भैरहवा
निर्मल सुस्तमनस्थिति विद्यालय, सन्धीखर्क, अर्घाखा“ची
बहिरा बालकको विद्यालय, सुर्खेत

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि