नेवारी लिपि प्रतिस्पर्धामा गैरनेवार विद्यार्थी

कान्तिपुर दैनिक
२०७३ मंसिर १० गते शुक्रबार

गणेश राई

काठमाडौं– हयातुल्लाह अन्सारी र रोहित कुमार राजधानीको भोटेबहालस्थित आजाद निमावि कक्षा ५ का छात्र हुन् । उनीहरू बुधबार नेवारी लिपि (प्रचलितलिपि) लेखनको प्रतिस्पर्धा गर्दै थिए । प्रतिस्पर्धामा २३ विद्यालयका समकक्षी सामेल थिए ।

शान्ति निकुञ्जका उर्मिला विक र सीता थापामगर, नवयुग माविका प्रेम तामाङ, सरस्वती निकेतनका पुजन जिम्बा र सृजना खतिवडा, विद्योदय निमाविका पवित्रा बस्नेत, परोपकार आदर्श उमाविका रूपेश राउत, कन्यामाविका बविता मगर, शान्ति शिक्षा मन्दिर माविका विन्दियाकमाुरी गुप्ता र प्रियंका गुप्ता, कान्ति ईश्वरी राज्यलक्ष्मी माविकी नेहा रौनियार, प्रभात माविका सम्झना रुम्बा, नवआदर्श माविका संस्कृति खत्रीलगायत प्रचलितलिपि लेखनको प्रतिस्पर्धामा सहभागी थिए । नेपालभाषा (नेवारी) यी छात्रछात्रामध्ये कसैको पनि मातृभाषा होइन । तर सबैले नेपालभाषा बुझ्छन् । धेरथोर बोल्छन् । कक्षामा गुरु, गुरुआमासित नेपालभाषा बोल्छन् ।

यसरी प्रतिपस्र्धामा सहभागी सबै बालबालिका सरकारी विद्यालयका हुन् । कतिका बाबु–आमाको चिया पसल छ । दोकान छ । सहरको बीचमा नेवार बस्ती छ । उनीहरूसित व्यवहार गर्नुपर्ने भएकाले नेपालभाषा सिकेर व्यापार गर्न सजिलो भएको एक विद्यार्थीले बताए । ‘नेवारी बोल्दाव्यापार गर्न सजिलो हुन्छ,’ कक्षा ५ का छात्र अन्सारीले भने, ‘स्कुलमा पनि सर, मिसले नेपालभाषा पढाउनु हुन्छ । लिपि सिकाउनु भएको छ । अरू बेला साथीहरूसित नेपालीमै बोल्छौं ।’

भाषा र लिपि प्रशिक्षणमा संलग्न शिक्षक सिर्जना शाक्यले भित्तामा सेतो पाटीमा नेपालभाषाका शब्दहरू देवनागरीमा लेखिन्, ‘कलम, मत, सल, थलबल, लापा, खापा, लजगा, लाभा, भसला, खाचा, माखा इत्यादि ।’ त्यसलाई सहभागी ४६ विद्यार्थीले सार्दै गए । एकातर्फ देवनागरी र अर्कोतर्फ नेपालभाषाको प्रचलितलिपिमा लेख्दै गए । एक घण्टाको समयमा कतिले आधा घण्टामै पूरा गर्दै थिए । कतिले कपीथप्दै थिए ।

अर्को कक्षामा त्यत्ति नै संख्यामा विद्यार्थी नेवारी जनजीवन समेटिएको चित्रकला कोर्दै थिए । कक्षा ४ पढदै गरेका उनीहरूलाई ‘कुमाले’, ‘डकर्मी’ र ‘ज्यापू’ कृषकको तस्बिर रोजेर कोर्न दिइएको थियो । नेवाः स्यनामि दबू (नेवार शिक्षक मञ्च)को पहलमा स्थानीय विषयका रूपमा नेपालभाषा पढाइ तथा प्रतियोगिता गरिएको हो । ‘नेवारी जनजीवन अझै उस्तै जीवन्त छ भन्ने बारेमा बालबालिकालाई जानकारी गराउनकै निम्ति भाषा सिकाउ“दै छौं,’ मञ्चका सचिव बरुणप्रसाद वैद्यले भने, ‘सबैले चाख लिएर लिपिसिकेका छन् । त्यसैले प्रतियोगिता गराएका हौं । जनजीवन जनाउने चित्रकला प्रतिस्पर्धा गराएका छौं ।’

गणबहालस्थित नेपाल आदर्श माविमा भएको लिपि प्रतियोगितामा महा“काल माविका सुहाना शाक्य र सरस्वती चौधरी प्रथम भएका छन् । त्यसैगरी सरस्वती निकेतनमाविका पुजन धिमाल तृतीय, नेपाल राष्ट्रिय निमाविका राकेश सुनुवार र कन्यामाविकी बविता मगर तृतीय भए भने कान्ति ईश्वरी माविकी नेहा रौनियारले सान्त्वना हातपारेकी छन् । त्यस्तै, चित्रकलातर्फ सरस्वती निकेतनका आकाश श्रेष्ठ प्रथम, नेपाल राष्ट्रियमाविका राजु परियार द्वितीय, हिमालयमाविका विराज मगर तृतीय र हिमालयकै विशेष श्रेष्ठले सान्त्वना पुरस्कार पाएका छन् ।

शिक्षक दबूले ती विद्यालयका बालबाकिालाई हरेक वर्ष नेवार बस्तीहरूको भ्रमण अवलोकन गराउ“दै आएको छ । त्यसैगरी नेपालभाषामै वक्तृत्वकला, हाजिरीजवाफ, परम्परागत नेवारी खेलहरूको प्रतियोगिता गराउने गरेको नेपाल आदर्श माविका प्रधानाध्यापकसमेत रहेका बरुणप्रसाद वैद्यले बताए । प्रतियोगितामा विजयी छात्रछात्रालाई कापी, कलम, पेन्सिल, इरेजर, सार्पनरजस्ता पुरस्कार दिने गरिएको छ ।

मुलुकको एकमात्र काठमाडौं महानगरपालिकाले स्थानीय नेपालभाषा (नेवारी)लाई सम्पदाका रूपमा बजेट उपलब्ध गराउ“दै आएको छ । त्यसैअनुसार महानगरका २३ सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म नेपालभाषा विषयगत रूपमा पठनपाठन हु“दै आएको छ । यस अघिदेखि नै डल्लुस्थित जगतसुन्दर ब्वनेकुथि माविमा नेपालभाषाका माध्यमबाट पठनपाठन हु“दै आएको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७३÷७४ मा २० लाख रुपैया“ बजेट छुट्याएको शिक्षक मञ्चका सचिव वैद्यले जनाएका छन् । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार काठमाडौंको कुल जनसंख्या १७ लाख ४४ हजार रहेको छ । जसमा दोस्रो स्थानमा नेवार जाति ३ लाख ८३ हजार १ सय ३६ रहेका छन् ।

फोटो क्याप्सन ः
काठमाडौंको गणबहालस्थित नेपालआदर्श माविमाभएको नेवारी प्रचलितलिपि लेखन प्रतियोगितामा सहभागी विद्यार्थी ।
तस्बिर ः गणेश÷कान्तिपुर




Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि