बान्तावा कवितामा बन्दना प्रथम

बान्तावा कविता प्रतियोगिता सम्पन्न
अर्जुन राजवंशी
दमक– तेह्रौं बान्तावा कविता प्रतियोगिता शनिबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ । प्रतियोगितामा भोजपुरका बन्धना राई प्रथम भइन । पा“चथरका इन्द्र मुकारुङ द्वितीय तथा भोजपुरकै विजय ग्वाले तृतीय भए । 

बान्तावा भाषाको मासिक पत्रिका ‘बुङ्वाखा’ को तेह्रौं वार्षिकोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा १३ जना कवि सहभागी थिए । रचना पठाएका ३५ जनाबाट छनोटमा परेका उत्कृष्ट १३ जनाले प्रतियोगितामा कविता वाचन गरेका थिए । उर्लाबारीको किरात राई यायोक्खाखिममा भएको प्रतियोगितामा राईको ‘लाम’ शीर्षकको कविता प्रथम हुन सफल भयो । द्वितीय भएका मुकारुङले ‘ए झेक्ने सिप्पा’ र तृतीय भएका ग्वालेले ‘खाना चोमोलुङ्मा’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १०, ६ र ४ हजार रुपैया“ पुरस्कार प्राप्त गरे । कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थियो । 

उक्त कार्यक्रममा यस बर्षको बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कारबाट इलामका सानङ्वा एवार्ड पुरस्कृत भएका छन् । उनलाई ताम्रापत्र र ३५ हजार नगदसहित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले पुरस्कृत गरेका थिए । बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कारबाट भोजपुरका आभा मुकारुङ पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी नगद २० हजार रहेको छ । बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कारबाट सुनसरीका राजेन्द्र राई पुरस्कृत भए । उक्त पुरस्कारको राशी नगद ६ हजार रहेको थियो । बुङ्वाखा–धनेन्द्र बादिहाङ पुरस्कारबाट इलामका अलग बहादुर सोङमेन पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी ५ हजार रहेको थियो । वार्षिकोत्सवको अवसरमा पत्रिकाले दमक संवाददाता धनजित रुङ्माहाङ र मोरङ संवाददाता हर्क साम्पाङ राईलाई सम्मान गरेको थियो ।




बान्तावा कवितामा बन्दना प्रथम
भोजपुर हतुवागढी गाउँपालिकाका बन्दना राई तेह्रौं बान्तावा राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएकी छिन् । त्यस्तै पाँचथर मिक्लाजुङ गापाका इन्द्र मुकारुङ डाक्बुङ दोस्रो र भोजपुर आम्चोक गाउँपालिकाका विजय ग्वाले तेस्रो भएका छन् ।
विजेता प्रथम, दोस्रो र तेस्रो कविहरूले रु. १० हजार, ६ हजार र ४ हजार रकम नगद बुङ्वाखा-श्यामराज दुब्देङ्हाङ स्मृति पुरस्कार अक्षयकोषबाट पुरस्कार प्राप्‍त गरेका छन् ।

बुङ्वाखाको तेह्रौं वार्षिकोत्सवको अवसरमा किरात राई यायोक्खा नगर कार्यसमिति उर्लाबारी, मोरङको सहआयोजना र नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा साहित्य विभागको सहयकार्यमा उर्लाबारीमा पुस ८ गते कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारङ प्रमुख अतिथि, अखिल किरात राई सङ्घ, सिक्किमका प्रतिनिधि बिदि रोक्दुङ र साहित्यकार बन्दना खालिङ विशेष अतिथिहरू रहेका थिए ।


सानङ्वा एवाईलाई विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार
इलामका सानङ्वा एवाईलाई ३५ हजार रुपैयाँ राशीको 'बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार' प्रदान गरिएको छ । मोरङको उर्लाबारीमा पुस ८ गते सम्पन्न बुङ्वाखाको तेह्रौं वार्षिकोत्सवको अवसरमा माथिका पुरस्कारहरू प्रदान गरिएका हुन् । कार्यक्रम प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारूङ र अक्षयकोष संस्थापक सदस्य राजेन्द्र बान्तावाले सो रकम प्रदान गर्नु भएको हो ।
आभा मुकारुङलाई सङ्‌गीत पुरस्कार
गायिका आभा मुकारुङलाई २० हजार राशीको 'बुङ्वाखा-पञ्चकुमारी सङ्गीत पुरस्कार' प्रदान गरिने भएको छ । कार्यव्यस्तताका कारण मुकारुङ अनुपस्थित हुनु भएकोले सो पुरस्कार काठमाडौंमा प्रदान गरिने अक्षयकोष संस्थापक सदस्य अशोक मुकारुङले जानकारी दिनु भएको छ ।
राजेन्द्र राईलाई चेन्चेक्‌वा पुरस्कार
बुङ्वाखा सुनसरी संवाददाता राजेन्द्र राईलाई 'बुङ्वाखा-रनमाया चेन्चेक्‌वा पुरस्कार' प्रदान गरिएको छ । ६ हजार राशीको सो पुरस्कार प्रमुख अतिथि श्रवण मुकारुङ र अक्षयकोषदाताको तर्फबाट उदिम राईले प्रदान गर्नुभएको छ ।

अलग सोङ्‌मेनलाई बादिहाङ पुरस्कार
बुङ्वाखाका नियमित स्तम्भकार इलामका अलग बहादुर सोङ्‌मेनलाई 'बुङ्वाखा-धनेन्द्र बादिहाङ स्मृति पुरस्कार' प्रदान गरिएको छ । ५ हजार राशीको सो पुरस्कार प्रमुख अतिथि श्रवण मुकारुङ र अक्षयकोषदाता संस्थापक सदस्य टीकाराम बादिहाङले प्रदान गर्नुभएको छ ।


तस्बिर क्याप्सन ः (मोरङको उर्लाबारीमा आयोजित तेह्रौं बान्तावा कविता प्रतियोगितामा सहभागी अतिथिहरु)
तस्बिर ः अर्जुन राजवंशी÷कान्तिपुर

प्रकाशित : पुस ९, २०७४ १२:१६

https://www.kantipurdaily.com/literature/2017/12/24/20171224121951.html
  

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि