नेवारी लिपि प्रतिस्पर्धामा गैरनेवार विद्यार्थी
कान्तिपुर दैनिक २०७३ मंसिर १० गते शुक्रबार गणेश राई काठमाडौं– हयातुल्लाह अन्सारी र रोहित कुमार राजधानीको भोटेबहालस्थित आजाद निमावि कक्षा ५ का छात्र हुन् । उनीहरू बुधबार नेवारी लिपि (प्रचलितलिपि) लेखनको प्रतिस्पर्धा गर्दै थिए । प्रतिस्पर्धामा २३ विद्यालयका समकक्षी सामेल थिए । शान्ति निकुञ्जका उर्मिला विक र सीता थापामगर, नवयुग माविका प्रेम तामाङ, सरस्वती निकेतनका पुजन जिम्बा र सृजना खतिवडा, विद्योदय निमाविका पवित्रा बस्नेत, परोपकार आदर्श उमाविका रूपेश राउत, कन्यामाविका बविता मगर, शान्ति शिक्षा मन्दिर माविका विन्दियाकमाुरी गुप्ता र प्रियंका गुप्ता, कान्ति ईश्वरी राज्यलक्ष्मी माविकी नेहा रौनियार, प्रभात माविका सम्झना रुम्बा, नवआदर्श माविका संस्कृति खत्रीलगायत प्रचलितलिपि लेखनको प्रतिस्पर्धामा सहभागी थिए । नेपालभाषा (नेवारी) यी छात्रछात्रामध्ये कसैको पनि मातृभाषा होइन । तर सबैले नेपालभाषा बुझ्छन् । धेरथोर बोल्छन् । कक्षामा गुरु, गुरुआमासित नेपालभाषा बोल्छन् । यसरी प्रतिपस्र्धामा सहभागी सबै बालबालिका सरकारी विद्यालयका हुन् । कतिका बाबु–आमाको चिया पसल छ । दोकान छ । सहरको बीचमा न...