देश - कान्तिपुरकर्मीसहित ७ जना सम्मानित

कान्तिपुर संवाददाता , धरान
माघ ९, २०७२- किरात–राई समुदाय भित्र वाम्बुले भाषिक समुदायको साझा संस्था वाम्बुले राई समाज जिल्ला कार्यसमिति सुनसरीको दोश्रो सम्मेलनमा कान्तिपुरकर्मीसहित सातजना वाम्बुले भाषी संचारकर्मी शनिबार धरानमा सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुका कान्तिपुर दैनिकका गणेश राई, नेपाल टेलिभिजनका कार्यकारी सम्पादक पुष्पहरी क्याम्पा राई, वरिष्ठ समाचार सम्पादक गजुरधन राई, ओखलढुङ्गाका कान्तिपुरकर्मी कुम्भ राई, महाजित राई, रिसी राई र भिम राई ज्वाला रहेका छन् ।

उक्त अवसरमा क्याप्टेन रामलाल राई र शुभचन्द्र राईलाई पनि सम्मान गरिएको थियो । वाम्बुले राई भाषिक समुदायको भाषिक र सांस्कृतिक, साहित्यिक उत्थानका लागि उनीहरुले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको सम्मेलन आयोजक समाजका अध्यक्ष रामकर राईले बताए ।
प्रकाशित: माघ ९, २०७२
http://kantipur.ekantipur.com/news/2016-01-23/20160123145742.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि