साहित्य - वाम्बुले कवितामा गगन

कान्तिपुर संवाददाता , ओखलढुंगा

मंसिर २२, २०७३- ओखलढुंगा। वाम्बुले राई समाज, नेपाल (वाम्रास) सस्ंथाको १९आंै स्थापना दिवसका अवसरमा ‘१८औं वाम्बुले राई भाषा कविता गोष्ठी’ सम्पन्न भएको छ । ओखलढुंगा सदरमुकाम दक्षिण मानेभन्ज्याङ–७ उदयपुर गाउँमा २०७३ मंसिर २० गते सम्पन्न गोष्ठीमा ओखलढुंगा थाक्ले– ७ का गगन राइको ‘ब्अीम्ताल्वा आ द्याल’ (सम्झनामा मेरोे गाउँ’ शीर्षकको कविता प्रथम भयो । मानेभन्ज्याङ–६ का नमेश राई दोस्रो, उँबु २ का यमुना राई तेस्रो भए भने मानेभन्ज्याङ–५ का मेनुका राई र बाहुनीडाँडा–७ खोटाङकी अम्बिका राईले सान्त्वना पुरस्कार पाएका थिए ।

 विजयी कविलाई मानेभन्ज्याङ गाविसका पूर्वअध्यक्ष मोतीराज राई र वाम्रास अध्यक्ष गजुरधन राईले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कारको राशि क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक–एक हजार रुपैयाँ रहेको छ । त्यसैगरी अन्चल जाबालाई ‘लिब्जु–भुम्जु पुरस्कार २०७२’ प्रदान गरिएको थियो ।
वाम्रासका संस्थापक कोषाध्यक्ष दिलकुमारी राईको प्रायोजनमा विगत तीन वर्षदेखि प्रदान गरिदै आएको ‘वाम्रास जेष्ठ नागरिक सम्मान’ १२ जनालाई प्रदान गरिएको थियो । सम्मानित जेष्ठ नागरिकहरुमा दलबहादुर राई मुक्काचो (१९८४), दौलजित राई बोड्वाम (१९९१), सार्कीमाया राई मुक्काचो (१९९३), बखतबहादुर राई भावाचाचो (१९९५), कुमारजित राई बोड्वाम (१९९७), कृष्णबहादुर राई भावाचाचो (१९९८), टक्कलबहादुर राई भावाचाचो (१९९८), बिरमान राई भावाचाचो (१९९९), नैनजित राई भावाचाचो (२००१), लहनजित राई गोरठोके (२००१), फुलसरी राई बोड्वाम र गंगामाया राई रहेका छन् ।


मातृभाषा र साहित्यको संरक्षण गर्ने उद्देश्यले विगत दुई दशकदेखि कविता प्रतियोगिता गर्दै आएको वाम्रासका अध्यक्ष गजुरधन राईले बताए । संसारबाट दैनिकजसो भाषा लोप हुँदै गएको अवस्थामा यस्तो प्रतियोगिता महत्त्वपूर्ण हुने अध्यक्ष राईले बताए । प्रतियोगितामा ओखलढुंगा, उदयपुर, खोटाङ लगायतका जिल्लाबाट कवि तथा कवयित्रीहरू आएका थिए ।
अन्य स्रष्टाहरूले समेत खस भाषामा आफ्ना सिर्जनाहरू अप्रतियोगी कविताको रूपमा वाचन गरे । अज्ञान ऋषि राईको ‘रुद्रेम्पा र उसको हाँसो’ कविता वाचन गर्दा सबैजना भावुक भएका थिए ।

प्रकाशित: मंसिर २२, २०७३

http://kantipur.ekantipur.com/news/2016-12-07/20161207080122.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि