समाचार - यायोक्खामा तिलकको नेतृत्व

गणेश राई, काठमाडौं

फाल्गुन २६, २०७२- राई जातिको साझा सामाजिक संस्था किरात राई यायोक्खाको अध्यक्षमा तिलक राई निर्वाचित भएका छन् ।

राजधानीको बोडेमा बुधबार सम्पन्न यायोक्खाको नवौं राष्ट्रिय महाधिवेशनले ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको पाँच उपाध्यक्षमा दिवस राई, पारसमणि राई, अशोक राई, गेन राई, र टिकासरी राई, महासचिव जीवन हाताचो राई छ । त्यसैगरी पाँच उपमहासचिवमा डिबि सरोज राई, धिरेन्द्र रुम्दाली, तिलक याम्फु राई, जनक राई र भिमराज राई, कोषाध्यक्ष युवराज राई, सहकोषाध्यक्षद्वय सदर राई र विनादेवी राई छन् ।

सदस्यहरु सर्वधन, राकेश, संजय सन्तोषी, शुभचन्द्र, दिपेन्द्र रुम्दाली, यादव बान्तावा, देवान, जितकुमार, परशुराम, चन्द्रकुमार, कृष्णकुमार, प्रश्नराज, किरण, सुमन, तेजबहादुर, आसमान देवास, नविन, हेमन्त, राम साम्पाङ, राम संघर्ष, मातृका, भविनकुमार, इरुप, दिपेनबाला, अर्जुन जम्नेली राईलगायत छन् ।

सम्मेलनले १७ बुँदे ‘बोडे भक्तपुर घोषणापत्र–२०७२’ जारीगर्दै संघीय प्रदेश–१ लाई ‘किरात प्रदेश नामाकरणसहित किरात स्वायत्त राज्य सुनिश्चित गर्न’ माग गरेको छ । ‘राज्यको सबै अंग, तह तप्का, क्षेत्र र प्रणालीहरुमा पूर्ण समानुपातिक समावेशीको नीति संविधानमै व्यवस्था गरियोस्,’ घोषणापत्रमा भनिएको छ, ‘माझकिरातका सपुत नेपाली क्रान्तिका नायक रामप्रसाद राई र नारदमुनि थुलुङलाई उच्च सम्मानका साथ राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछ ।’ संघीय राज्य नामाकरण गर्दा राज्य पुन:संरचना आयोगले सिफारिस गरेको पहिचानका पाँच अधार अपनाउनु पर्ने भनेको छ ।

त्यसैगरी सरकारी तथा गैरसरकारी छापा र विद्युतीय संचारमाध्यमबाट सबै भाषाको कार्यक्रम समान रुपमा प्रकाशन तथा प्रसारण हुनुपर्ने, किरातीको मुन्दुमलगायत अस्पृश्य सम्पदालाई युनेस्कोबाट विश्वसम्पदा सूचीमा राख्न सरकारबाट पहल हुनुपर्ने भनेको छ । त्यस्तै, किरात जातिको पहिचानजन्य ऐतिहासिक थलो, गढी, गौडा थुमहरुको मौलिक नाम नामेट हुन नदिन र संरक्षण हुनुपर्ने तथा नगरपालिकाहरुको नामाकरण त्यसैबाट हुनुपर्ने, किरात येले संवचतलाई राज्यले मान्यता दिनुपर्ने, मातृभाषा शिक्षाका लागि शिक्षक दरबन्दी सिर्जना गरिनुपर्नेलगायत रहेका छन् ।

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि