समाचार - शिक्षाबारे अन्योलमै दलहरु +
गणेश राई , काठमाडौं जेष्ठ ५, २०७४- स्थानीय तह पहिलो चरणको चुनावको परिणाम आउने क्रम जारी छ । यही चुनावलाई लिएर धेरै राजनीतिक दलले ‘घोषणापत्र’ सार्वजनिक गरेका छन् । कतिपय दलले नेपालको संविधान (२०७२) ले किटान गरेको व्यवस्थालाई आफ्ना घोषणापत्रमा हुबहु उतारेका छन् । संविधानले मुलुक संघीय प्रदेश किटान गरी स्थानीय तहको चुनाव हुनलाग्दा कतिपय दलले केन्द्रीकृत शासन प्रणालीकै झल्को दिने गरी उल्लेख गरेका छन् । ‘ती दलहरूले संविधानकै कुरा दोहोर्याए,’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘कतिपय दलले राष्ट्रले शिक्षामा २० प्रतिशत बजेट छुटाउनुपर्छ पनि भनेका छन् । शिक्षा विकासको पहिलो आधार हो तर शिक्षाप्रति दलहरूको दृष्टिकोण प्रष्ट छैन ।’ त्यसैगरी शिक्षक महासंघले स्थानीय सरकारले विद्यालय सञ्चालन गर्नु नसक्ने निष्कर्षसहित प्रान्तीय सरकार मातहत हुनुपर्ने भन्दै आएको छ । मधेसवादी दलहरूले अधीनस्थ हुनुपर्ने भन्दै आएको कोइराला उल्लेख गर्छन् । अर्का शिक्षाविद् विष्णु कार्कीको ठम्याइ छ, संविधान कार्यान्वयन गर्ने क्रमको पहिलो खुड्किलो नै स्थानीय तहको चुनाव हो । ‘तर स्थानीय तह पहिलो चरणको चुनावमा सात दि...