काठमाडौँ — जोगी हुनु त काले राईजस्तो । राईको छोरो उमेरले ३० वर्ष पुगेपछि मात्रै अक्षरको महत्त्व बुझे । त्यसपछि जोगीका साथ लागेर इन्डिया भासिए । अक्षरयात्रा आरम्भ गरे । त्यो पनि संस्कृत भाषा र शिक्षा । गन्तव्य सही ठाउँमा परेछ । जति हिस्सा निरक्षर बाँचे, उत्ति नै हिस्सा संस्कृतज्ञानको महासागरमा चुर्लुम्मै डुबे । वेदान्ताचार्य बने । अनि नेपाली समाजमा फुत्तै निस्किए, डा. स्वामी प्रपन्नाचार्य भएर । उनले जीवनदर्शनको प्रतिपादन गरे । भन्न थाले— ‘जीवन परिश्रमपूर्ण, धैर्यवान र साहसपूर्ण सर्वजनहिताय, सर्वजनसुखायका लागि होस् । सफल होइन असल हुनुपर्छ ।’
डा. स्वामी प्रपन्नाचार्य: स्मृतिग्रन्थ प्रधान सम्पादक एवं प्रकाशक : हरिप्रसाद सोडारीमूल्य : रू. २५०५/–
स्वामीको निधनपछि हालै ‘डा. स्वामी प्रपन्नाचार्य स्मृतिग्रन्थ’ पुस्तक प्रकाशनमा आएको छ । ग्रन्थको प्रधानसम्पादक तथा प्रकाशक हरिप्रसाद सोडारी र सम्पादक वासुदेव प्रपन्न छन् । ग्रन्थ साँच्चै गहन ढंगको छ, जति पृष्ठको आधारमा १०२० पाना छ । विषयसूची आधारमा यसमा समेटिएका सामग्री परिचयसहित १५ खण्डमा विभाजन गरिएको छ । स्मृतिपरक, जीवनी आधारित, संस्कृत भाषा सन्दर्भ र हिन्दी भाषाको संस्मरण लेखसहित नेपाली भाषाका कविताहरू, संस्कृत भाषाका कविता छन् । त्यसैगरी स्वामीद्वारा लिखित एवं सम्पादित कृतिहरू, स्वामीकृत पुस्तकको संस्कृत भाषामा कृतिसमीक्षा, केही अन्तर्वार्ताहरू आदि समेटिएका छन् । स्मृतिपरक लेख २ सय १९ जनाले लेखेका छन् ।
काले राईको जन्म विसं १९८० असोज ३ गते पिता धम्बे राई (धर्मदास) र माता दिलमाया राईको साहिंलो पुत्रका रूपमा नेपालको पाँचथर रविको लालीखर्क गाउँमा भएको थियो । उनको नक्षत्रको नाम गीतानन्द थियो । केही कालो वर्णको भएकाले आमाले काले भनेर बोलाउँथिन् । महागुरु फल्गुनन्दले सीतारामदिल राखिदिए । स्वामी दामोदर प्रपन्नाचार्यले दीक्षा दिंदा रामकृष्ण प्रपन्नाचार्य राखिदिए । वेदान्तदर्शनमा विद्यावारिधिको उपाधि हासिल गरे पनि डा. स्वामी प्रपन्नाचार्यको नामबाट प्रख्यात भए । उनको नागरिकतामा जन्म मिति भने १९९४ असोज उल्लेख भएको पाइन्छ । बलिष्ठ शरीर, हठी र रिसाहा स्वभावका काले राई, सीतारामदिल छँदै बिजुवा पनि थिए ।
२००९ सालतिर उनी दामोदर खतिवडाको भरिया भएर भारतको बनारसतिर लागेका थिए । किरातीपुत्र कालेले धेरै संघर्ष, हन्डर, ठक्करका बाबजुद बनारसमा अक्षराम्भ गरे । रुद्रप्रयागस्थित स्वामी सच्चिदानन्द आदर्श संंस्कृति महाविद्यालयमा आधारशिला पाए । शिक्षाआर्जनका क्रममा शास्त्रीय संगीत, चित्रकला, मूर्तिकलाको अभ्यास गरे । प्रथमा, पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री, आचार्य उत्तीर्ण त गरे नै त्यसपछि सन् १९८० (२०३७ साल) मा विद्यावारिधि उपाधि हासिल गरेका थिए । त्यही वर्ष वीरगन्जमा भएको हिन्दु सम्मेलनपछि स्वदेश फर्किएका थिए ।
आजीवन अविवाहित सन्न्यासी जोगी स्वामी प्रपन्नाचार्यका बौद्धिक कृतिहरू नै उनका सन्तान हुन् । उनले संस्कृत भाषामा लेखेका १८ वटा तथा सम्पादन गरेका १० कृति छन् । त्यसैगरी नेपाली भाषामा १९ कृति छन् । जसमा, ‘वेदमा के छ ?’, प्राचीन हिन्दु विज्ञान, प्राचीन किरात इतिहास, किरातहरू मंगोलियाबाट आएका शरणार्थी होइनन्, काले राईका क्वाँटी कविता, मिल्केका झिल्का आदि चर्चित छन् । हिन्दी भाषामा ३ वटा कृति प्रकाशित छन् भने अंग्रेजीमा पनि तीनवटै कृति रहेका छन् । उनै स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा २०७२ भदौ ३ गते राति निधन भयो । ‘आफ्नी आमालाई ढोग, अर्काकी आमालाई नमस्कार गर । आफ्नो धर्म, संस्कृति, भाषाको श्रीवृद्धि आफैंले गर्नुपर्छ अरूले गर्दैन । गाईलाई जसरी भैंसी बनाउन सकिंदैन, त्यसरी नै धर्म परिवर्तन कुनै हालतमा सम्भव छैन । स्वार्थका लागि परिवर्तन भएँ भन्नु आफ्नै विनाश गर्नु हो,’ स्वामी मननीय वाणी हो ।
धेरै मिहिनेतपूर्व मिहिन ढंगले ‘डा. स्वामी प्रपन्नाचार्य: स्मृतिग्रन्थ’ प्रकाशनमा आएको छ । राज्यले चिनेको व्यक्तित्व हो भने स्वामी प्रपन्नाचार्यको सम्पूर्ण बौद्धिक सम्पत्तिलाई स्वामित्वमा लिएर संरक्षण दिन सक्नुपथ्र्यो । प्रपन्नाचार्यकै नाममा स्मृति प्रतिष्ठान बन्न सक्छ । तर, यत्रो बृहत् ग्रन्थ प्रकाशन कार्य निश्चित शिष्यले मात्र आर्थिक भार ग्रहण गरेर व्यक्तिगत रूपमा प्रकाशन गरिनु मननीय पक्ष हो । हिन्दु धर्मका वेदान्ताचार्यले सिर्जना ज्ञान, दर्शनका कृतिहरूको पुन: प्रकाशन, व्यवस्थापन गर्ने निकायको अभाव खड्किएको महसुस हुन्छ ।
प्रकाशित : असार २३, २०७५ १०:२०https://www.kantipurdaily.com/koseli/2018/07/07/153093814817742879.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
गोविन्द न्यौपाने मंगलबार, ५ साउन, २०७८ के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छवि राजा अंशुवर्मा । तस्वीर स्रोत: 'नेपालका राष्ट्रिय विभूतिहरू' पुस्तकबाट । लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। गोविन्द न्यौपाने नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो। पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको ...
२०७३ भदौ १० गते शुक्रबार गणेश राई संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्ने, गरेर नदेखाउने’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनु भाषा व्यवस्था त्यसको एक उदाहरण हो । नेपालको संविधानको प्राक्कथनमा छ । ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ एकल संरचना निरन्तरता यी वाक्ले उजागर गरेको छ । मुलुकमा देवनागरी या रोमनबाहेक अरु लिपिको चर्चा गरिन्न । नेपालमा पा“च महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवार छन् भने कुसुन्डा भाषाका परिवार छुट्टिन बा“की छ । मुलुकमा १४ वटा लिपि प्रचलनमा रहेका छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किरात लिपिमा किराती भाषा...
Comments
Post a Comment