समाचार - 'सेतो छडी’ किन्नै मुस्किल

कान्तिपुर संवाददाता
काठमाडौँ — नेत्रहीन जोकोहीलाई हिँड्नका लागि सहारा हो– सेतो छडी । तर यही छडीलाई उनीहरू चर्को मूल्य तिर्न बाध्य छन् । आफ्नै माउ संगठन नेत्रहीन संघले नै उनीहरूसँग बिनारसिद रकम असुल्छ । लेखपढ गर्न आवश्यक पर्ने स्ट्रलाइज र सिलेट पनि सित्तै पाइँदैन । 
राष्ट्रिय अपांग महासंघ, नेत्रहीन संघ सञ्चालन तथा व्यवस्थापनका लागि सरकारले पर्याप्त पैसा दिए पनि आफूहरूले छडीसहितका भरथेग सामग्री किन्नुपरेकामा पीडितहरूले आपत्ति जनाएका छन् । नेत्रहीन एवं अपांग समुदायको सहयोगका लागि स्थापित ऊर्जाशील अपांग सशक्तीकरण केन्द्रका अध्यक्ष कपिल विक (डोटी) ले नेत्रहीन संघमा सेतो छडीलाई ७ सय रुपैयाँ तिर्नुपरेको सुनाए । उनका अनुसार केन्द्रका ७० भन्दा बढी सदस्य सबैले लेखपढ वा हिँडडुल गर्ने सामग्री किन्नुपरेको छ ।

विकट गाउँबस्तीबाट एसएलसीेपछि राजधानी छिरेका दर्जनौं नेत्रहीन र शारीरिक रूपले विकलांग युवायुवती अहिले स्नातकोत्तर तहका विद्यार्थी छन् । यीमध्ये कतिपय सानो ठिमी क्याम्पसको छात्रवृत्ति त कतिपय विभिन्न संघसंस्थाको सहयोगमा पढदै छन् । ‘म अगरबत्ती बेचेर गुजारा गरिरहेकी छु,’ सानोठिमी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत जुम्लाकी नेत्रहीन अमृता बुढाथापाले भनिन्, ‘हामी अन्धा–अपांगका लागि न राज्य सहयोगी छ न कुनै संघसंस्था ।’
ऊर्जाशील अपांग सशक्तीकरण केन्द्रकी सदस्य अमृता स्वयं नेत्रहीन संघबाट बिनारसिद सेतो छडी किन्ने भुक्तभोगी रहिछन् । बाजुराबाट आएका केन्द्रका महासचिव प्रेमराज आचार्यले पनिआफ्नो संस्थाले सबलांग वा अपांग केही नभनी भरथेग गर्न चाहेकाले स्रोतसाधन खोजी भइरहेको बताए ।

नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले भने सेतो छडी, स्ट्रलाइज, सिलेटलगायत सामग्री सम्भव भएसम्म निःशुल्क वितरण भइरहेको दाबी गरे । ‘कुनै जिल्ला, गाउँबाट सशुल्क खरिद गर्न आएको अवस्थामा माक्रै मूल्यमा बित्री गर्छौं,’ उनले भने, ‘अन्यथा सम्भव भएसम्म निःशुल्क वितरण गर्छौं ।’प्रकाशित : चैत्र ४, २०७५ ०७:५४https://www.kantipurdaily.com/news/2019/03/18/155287498148271960.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि