काठमाडौँ — लोकगीत विधामा विद्यावारिधि प्राप्त भक्त राई लोकसंस्कृतिकर्मी हुन् । राईको ‘पूर्वीय दर्शन’ नामक पुस्तक अहिले प्रकाशनमा आएको छ ।
पूर्वीय दर्शन र संस्कृत भाषा भन्नासाथै कतिपयलाई लाग्न सक्छ— यो त्यही पुरोहितवाद र ब्राह्मणवादको व्याख्या हो । तर, पूर्वीय दर्शन भनेको समग्र एसियाली भूभागको दर्शन र चिन्तनको सार हो ।
पुस्तकमा जीवन दर्शनका यथार्थदेखि लिएर विज्ञान, समाजशास्त्रका विषयसमेत चर्चा गरिएको छ । पूर्वीय दर्शनको अध्ययन–परम्परा र विकासक्रम तथा कला, साहित्य, समाजशास्त्र, धर्मसंस्कृति, प्रकृति, प्रकृतिपूजनबारे जानकारी यसमा छ । किराँती मुन्दुमी दर्शन, मुन्धुम (सत्यहाङ्मा पन्थ) जस्ता दृष्टिकोणबारेमा मीमांसा पुस्तकमा समेटिएको छ ।
दर्शनको विकासक्रमकै समयमा दर्शनलाई दुई किसिमले हेरिन्थ्यो, एउटा आस्तिक र अर्को नास्तिक । यी दुवै दर्शनधारमाथि पनि पुस्तकमा सूक्ष्म विश्लेषण गरिएको छ । पुस्तकमा चिनियाँ कन्फ्युसिअस दर्शनसमेतको सूचना समेटिएको छ । पुस्तकले नेपाली पाठकमा रहिआएको जीवन–जगत् र दर्शनबारेको कतिपय भ्रम निवारण गर्न मद्दत गर्न सक्छ । ग्रन्थमा चौधवटा दर्शनको विश्लेषण गरिएको छ । एसियाकै प्राचीन मानिने सांख्य दर्शनदेखि हालै देखा परेको नवीन दर्शनसम्मको विवेचना गरिएको छ । ओरिएन्टल पब्लिकेसन्सबाट प्रकाशित ग्रन्थ ‘पूर्वीय दर्शन’ सामान्य उत्सुक पाठकदेखि यो क्षेत्रका गम्भीर अध्येतासम्मका लागि उपयोगी देखिन्छ । —हरि गौतम
प्रकाशित : फाल्गुन ११, २०७५ ११:५९https://www.kantipurdaily.com/koseli/2019/02/23/155090249856482300.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
गोविन्द न्यौपाने मंगलबार, ५ साउन, २०७८ के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छवि राजा अंशुवर्मा । तस्वीर स्रोत: 'नेपालका राष्ट्रिय विभूतिहरू' पुस्तकबाट । लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। गोविन्द न्यौपाने नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो। पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको ...
२०७३ भदौ १० गते शुक्रबार गणेश राई संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्ने, गरेर नदेखाउने’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनु भाषा व्यवस्था त्यसको एक उदाहरण हो । नेपालको संविधानको प्राक्कथनमा छ । ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ एकल संरचना निरन्तरता यी वाक्ले उजागर गरेको छ । मुलुकमा देवनागरी या रोमनबाहेक अरु लिपिको चर्चा गरिन्न । नेपालमा पा“च महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवार छन् भने कुसुन्डा भाषाका परिवार छुट्टिन बा“की छ । मुलुकमा १४ वटा लिपि प्रचलनमा रहेका छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किरात लिपिमा किराती भाषा...
Comments
Post a Comment