काठमाडौँ — यातायातमन्त्री रघुवीर महासेठलाई केही साताअघि जोरपाटी क्षेत्रको सडकमै ह्वीलचेयर यात्रुहरूले घेरेका थिए । विस्तार भइरहेको सडक अपांगमैत्री भएन भन्ने सुनेपछि मन्त्रीले मातहतका कर्मचारीहरूलाई तुरुन्त सडक अपांगमैत्री बनाउन निर्देशन दिए ।
सडकमै उभिएर उनले दिएको निर्देशन सडकको धूलोले छोपियो । बिहीबार बिहान करिब ७० जना ह्वीलचेयर प्रयोगकर्ताले हातमा गैंती, हथौडा, बसिला लिएर काठमाडौं, जोरपाटी क्षेत्रको मूल सडक छेउका ब्लकहरू भत्काए । प्रहरीले रोक्न थालेपछि धर्ना बसे । स्थानीयवासी र सर्वसाधारणले स्याबासी दिए, साथ सहयोग जनाए ।
अपांगमैत्री संरचना निर्माण संघर्ष समितिले चार वर्षअघि लोकप्रिय कलाकारद्वय मह जोडीको सहयोगमा ६ लाख रुपैयाँ चन्दा उठाएका थिए । त्यस रकमले जोरपाटीदेखि नारायणटारसम्म अपांगमैत्री नमुना सडक बनाइयो । सडक फराकिलो बनाउने नाममा त्यही नमुना सडक भत्काएर नयाँ संरचना बनाएपछि विरोध स्वाभाविक भएको छ । नारायणटारमा नेपाल अपांग संघको कार्यालय छ जसको अगाडिसमेत सडक विस्तार अपांगमैत्री हुन सकेको छैन । चाबहिलदेखि साँखुसम्म सडक विस्तार हुँदै छ । मापदण्डअनुसार सडकको चौडाइ २२ मिटर दायाँ–बायाँ दुई–दुई मिटर पैदल मार्ग रहनुपर्छ । त्यसलाई पैदल यात्रीदेखि अपांगता भएकाहरूले प्रयोग गर्न पाउँछन् । यहाँ भने सर्वसाधारण हिँड्ने पैदल मार्गसमेत भत्काएपछि स्थानीय आक्रोश बढ्न पुगेको छ ।
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपांगता झएका व्यक्तिलाई अन्य व्यत्तिसरह समान अधिकार उपभोग सुनिश्चित गरिएको छ । सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकारसमेत स्वीकार गरिएको छ । शैक्षिक संस्था, आवास, कार्यस्थल, भवन, सडक, यातायात, विद्युतीय सञ्चार सेवालगायत सेवा तथा सुविधामा सहज पहुँचको अधिकार भनिएको छ । संघर्ष समितिले सडक र पेटी अपांगमैत्री बनाउन संघर्ष गर्नुपर्ने अवस्था आफैंमा न्याय, समानता र अधिकार व्यवहारमा हासिल गर्न कठिन रहेको पुष्टि गर्छ । समितिले अपांगमैत्री सडक मन्त्रालय, विभाग, सडक विस्तार आयोजना, सडक सुपरिवेक्षण कार्यालय, गोकर्णेश्वर नगरपालिकालाई ध्यानाकर्षण गराउँदा गराउँदै पनि सामान्य पैदल यात्रुलाई समेत अप्ठ्यारो पर्ने पेटी बनाइयो । अब तत्काल अपांगमैत्री पेटी बनाउन नसकिने सरकारी पक्षको प्रस्टीकरणले हाम्रो राज्यको अन्यायी र विभेदकारी चरित्र उजागर गरेको छ ।
सडक छेउका घरहरू नभत्काइएकाले सडक साँघुरो भएको सरकारको दलील छ । जीर्ण सडकको धूलो, हिलो मेट्न कालोपत्रे गरियो । सडकको धूलो आउने स्रोत रोक्नु जायज भए पनि प्राथमिकता के हो भन्ने प्रश्न उज्यालो छ । यसले ह्वीलचेयर यात्रुप्रतिको दृष्टिकोण छर्लंग पार्छ । नीति निर्माता र जनप्रतिनिधिहरूमा चेतनाको अभाव प्रमुख समस्या हुन पुगेको छ । खासमा अपांगमैत्री संरचनाका लागि पूर्वयोजना बनाए खर्च कम लाग्छ । योजना न्यायसंगत भयो भने त्यसले कार्यान्वयनमा जनसहभागिता र उत्साह पनि प्राप्त गर्छ ।
सडक केका लागि र कसका लागि भन्ने अहम् सवाल भएको छ । सडक सवारी साधनका लागि भन्ने आजको मूल चिन्तन हुन पुगेको छ । विकसित सहरहरूले भने सडक ह्वीलचेयर यात्रु, पैदल यात्रु, साइकल यात्रुलाई प्राथमिकता दिने गरी योजना गर्ने हो भने सहर न्यायमुखी, समानतामुखी, मितव्ययी, सफासुग्घर, स्वस्थ र समावेशी बन्न सहयोग पुग्छ । सडकलाई होडमुखी, भीडमुखी, अन्यायी, विभेदपूर्ण बनाउने भनेकै अहिलेका हाम्रा संरचना हुन् ।
यसै पनि ह्वीलचेयर प्रयोगकर्तालाई घरबाट निस्कन प्रेरित गर्ने वातावरण छैन । सरकारी सेवासुविधा हासिल गर्नसमेत पहुँचको कठिनाइ छ । ह्वीलचेयर र्याम्प भएका सार्वजनिक कार्यालयहरू छैनन् । यातायात कष्टसाध्य छ । उसमाथि ह्वीलचेयर गुड्ने बाटोसमेत छैन भने हातमा गैंती, हथौडा, बसिला त उठ्छन् नै । आफ्नो निर्देशन पालना नहुँदा पनि निरीह बस्ने मन्त्री महासेठले आन्दोलित ह्वीलचेयर यात्रुहरूको संघर्ष समितिसँग अविलम्ब संवाद गरी निकास दिनुपर्छ । प्रकाशित : चैत्र १५, २०७५ ०८:३८https://www.kantipurdaily.com/opinion/2019/03/29/155382801689092889.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
गोविन्द न्यौपाने मंगलबार, ५ साउन, २०७८ के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छवि राजा अंशुवर्मा । तस्वीर स्रोत: 'नेपालका राष्ट्रिय विभूतिहरू' पुस्तकबाट । लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। गोविन्द न्यौपाने नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो। पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको ...
२०७३ भदौ १० गते शुक्रबार गणेश राई संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्ने, गरेर नदेखाउने’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनु भाषा व्यवस्था त्यसको एक उदाहरण हो । नेपालको संविधानको प्राक्कथनमा छ । ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ एकल संरचना निरन्तरता यी वाक्ले उजागर गरेको छ । मुलुकमा देवनागरी या रोमनबाहेक अरु लिपिको चर्चा गरिन्न । नेपालमा पा“च महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवार छन् भने कुसुन्डा भाषाका परिवार छुट्टिन बा“की छ । मुलुकमा १४ वटा लिपि प्रचलनमा रहेका छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किरात लिपिमा किराती भाषा...
Comments
Post a Comment