नेपाल-चीन सांस्कृतिक सम्बन्धको चर्चा
कान्तिपुर संवाददाता काठमाडौँ — नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई बृहत् अध्ययन गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् । हिमालयन हेरिटेज फाउन्डेसनले आइतबार काठमाडौं आयोजना गरेको 'पिपल्स टु पिपल्स रिलेसन्स बिटुइन नेपाल एन्ड चाइना, ट्रान्स-हिमालय इन्डिजिनियस कनेक्टिभिटी' विषयक कार्यशालामा उनीहरूले राजनीतिक सीमालाई दक्षिण केन्दि्रत दृष्टिकोणबाट मात्र हेरिन नहुनेसमेत बताए । 'नेपालको राजनीतिक सीमा अकाट्य सत्य हो । तर सांस्कृतिक सभ्यताका निम्ति राजनीतिक सीमा कृत्रिम हुन्छ,' नवीनकुमार राईले भने, 'अहिलेसम्म दक्षिण केन्दि्रत दृष्टिकोण हाबी छ । नेपाल र तिब्बतबीच ऐतिहासिक कालदेखि सामाजिक, आर्थिक सम्बन्धलाई उत्तरलाई पनि उस्तै नजरले हेरिनुपर्छ ।' कार्यशालामा विज्ञले नेपालका आदिवासी जनजातिमा सूचीकृत भोटे, शेर्पा, गुरुङ, तामाङ, मगर, लिम्बू, किरात राई, नेवार, थारू समुदाय र चिनियाँ संस्कृतिबीचको सम्बन्धलाई केलाएका थिए । चीनका पूर्वमहावाणिज्यदूत तथा फाउन्डेसनका सचिव ताम्ला उक्याबले नेपालको पहाड र हिमाली भेगका आदिवासी जनजातिको चीनसित नश्लीय तथा सांस्कृतिक सम्बन्ध रहे...