साहित्य/विविध - किरातीको बाँसुरी दिवस
गणेश राई श्रावण १६, २०७४- किराती समुदायमा जब साउन १५ हुन्छ तब बाँसुरी बजाएर मनोरञ्जन लिने चलन छ। त्यही चलनलाई स्मरण गर्दै ‘किराती लोक परम्पराको निरन्तरता : वाम्बुले बाँसुरी दिवस साउन १५’ नाम दिएर राजधानी ललितपुरमा मनाएका हुन्। वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा पहिलो पटक दिवस मनाएका हुन्। बासुरी बासबाट बनाइने एक किसिमको बाजा हो । यो बाजाले कृषि जीवनको झल्को दिन्छ । किराती समुदायमा जब साउन १५ हुन्छ तब बासुरी बाजा बजाएर मनोरञ्जन लिने चलन छ । त्यही चलनलाई स्मरण गर्दैै ‘बासुरी दिवस’ मनाएका छन् । दिवसका अवसरमा गायक तथा संस्कृतिकर्मी बडाजित राई, रामकुमार राई, विकास राई, जीबन राई, श्याम राई र ध्रुव संयम राईले परम्परागत बासुरी बजाएका थिए । त्यसैगरी मोतीलाल राई र विष्णुमाइला राईले मादलमा साथ दिएका थिए । संघीय प्रदेश–१ ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर जिल्ला दुधकोशी र सुनकोशी संगम आसपासमा बजाइने राम्दले भाकामा बासुरी बजाएका थिए । संस्थाका अध्यक्ष गजुरधन राईले लोकपरम्परालाई जिवन्त राख्न पुनःजागरणको प्रयास गरिएको बताए । ‘हामी संस्थागत रुपमा मातृभाषा, साहित्य, संस्कृति र ल...