कला/साहित्य - युगकवि सिद्धिचरण जन सम्मान त्रिपाठी र सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पुष्पहरिलाई


काठमाडौं, ९ जेठ । नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पु‍र्याए बापत् युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औं जन सम्मान वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औं जन्मजयन्तीका अबसरमा मंगलबार काठमाडौमा आयोजित बिशेष समारोहका बिच राष्ट्रपति बिद्यादेवी भण्डारीले कवि एवं संस्कृतिविद् दिवसलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औं जन सम्मान डा. वासुदेव त्रिपाठी रु १ लाख सहित प्रदान गरिएको थियो ।
त्यस्तै समारोहमा सञ्चारकर्मी जयदेव भट्टराईलाई २०७२ को, पुष्पहरि क्याम्पा राईलाई २०७३ को र नरेशवीर शाक्य २०७४ को सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । युगकवि सिद्धिचरण पुरस्कारमा एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ भने पत्रकारिता पुरस्कारमा जनही २५ हजार रुपैयाँ रहेको छ ।
समारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले युगकवि सिद्धिचरण श्रेष्ठको सिर्जनाका बिषयमा चर्चा गर्दे नेपाललाई बिविधता भित्र एकताको भावना लिएर अघि बढ्न मार्गदर्शन हुने बताउनुभयो ।
त्यस्तै सिद्धिचरण युवा पत्रकारिता २०७३ बाट पुरस्कृति सञ्चरकर्मी क्याम्पाराईले पुरस्कारले युगकवि सिद्धिचरण श्रेष्ठको रचनाले आफ्नो जन्मभूमिलाई चिनाउन योगदान पुगेको भन्दै श्रेष्ठको रचनाको चर्चा गर्नुभयो ।
प्रा.डा. गार्गी शर्मा, डा. फणीन्द्रराज निरौला र डा. शैलेन्द्रप्रकाश नेपाल रहेको पुरस्कार छनोट समितिले गरेको सिफारिसका आधारमा युगकवि सिद्धिचरण प्रतिष्ठानले पुरस्कार प्रदान गरेको छ ।
http://www.harekpal.com/archives/22900

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि