फिचर - अँध्यारोमै राष्ट्र गीतका रचनाकारको गाउँ

- गणेश राई र कुम्भराज राई , हिलेपानी (ओखलढुंगा) असार ६, २०७४- सम्साँझै टुकी बाल्नु पर्ने घर सायदै छन् । प्राय घरहरुमा सोलार बत्ती जोडिएका छन् । साँझ पर्नासाथ धिपधिपे उज्यालो बलेको देखिन्छ । तर, रात छिप्पिंदै जाँदा सोलारको चार्ज सकिएपछि अँध्यारोमा परिणत हुन्छ । यस्तै छ, हिलेपानी सोक्मटार गाउँ । दुधकोसी र सुनकोसी संगम बीचको गाउँ हो यो । पूर्वोत्तरबाट बग्दै आएकी दुधकोसी किनारामा सोक्मटार गाउँ छ भने पश्चिम–दक्षिणबाट पूर्वतर्फ बग्दैआएकी सुनकोसी नदीले हिलेपानी गाउँलाई छुन्छ । सोक्मटारदेखि करिब पाँच किलोमिटर मुनि दुधकोसी नदी सुनकोसीमा मिसिन्छ । यी दुई नदी उहिल्यैदेखि बगिरहेका छन् । जलसम्पदाले घेरिएको गाउँमा भने खानेपानीको अभाव छ । बिजुली बत्तीको अभाव छ । यही हो, राष्ट्रिगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)को जन्मथलो । २०६२/०६३ को जनआन्दोलनले दुईसय वर्ष लामो शाही शासन हटायो । लोकतन्त्र आयो । लोकतन्त्रमा नयाँ राष्ट्रिय गान आयो । तर, त्यही राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको जन्मगाउँमा भने उज्यालो आउन सकेन । यहाँको मानेभन्ज्याङ गाउँपालिका–६ (साबिक थाक्ले गा...