कोपिला - नयाँ कक्षा

गणेश राई चैत्र २७, २०७३- आहा नयाँ कक्षा । नयाँ साथीहरू । कति नयाँ सर अनि म्यामहरू । सबैले माया गर्ने । कत्ति रमाइलो १ नयाँ कक्षामा पुग्दा बेग्लै रमाइलो । नयाँ ड्रेसमा सजिन पाइने । झोला पनि नयाँ । त्यसभित्रका किताब–कापी सबै नयाँ । खाजा पनि नयाँ टिफिन बक्समै । मनै त्यसै त्यसै फुरुङ्ग । बाबाले राम्रो पढ्नुपर्छ छोरी भन्नुहुन्छ । आमाले ज्ञानी बन्नुपर्छ छोरा भन्नुहुन्छ । सर, म्यामले पनि कत्ति ज्ञानी छौ भन्नुहुन्छ । नयाँ साथीसित भेट भएको छ । सर, म्यामसँग कसरी बोल्ने होला ? साथीहरूसँग के भनेर खेल्न होला ? मनमनै अनेक कुरा लागिरहन्छ । नयाँ ठाउँमा सबैलाई यस्तै लाग्छ नि । यस्तै साथी हुन्, रिजिमो र रितुम राई । यी दिदी–बहिनी जुम्ल्याहा हुन् । कक्षा १ मा पढ्ने तयारीमा छन् । उनको बुवा–आमाले यसैपालिदेखि गोदावरीको सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिनुभएको छ । वैशाखदेखि नयाँ स्कुल जानुछ । नयाँ ड्रेस त अहिल्यै तयार भइसकेको छ । ‘खुसी लागेको छ,’ रिजिमो भन्छिन् । नयाँ कक्षामा पुग्ने भनेको नयाँ कुरा सिक्नका लागि हो । कक्षा बढ्दै जाँदा ज्ञानको दायरा पनि फराकिलो हुन्छ । नयाँ साथीहरूसित चिनाजानी हु...