सम्पादकीय - बन्द गर विश्वविद्यालयको रमिता
चैत्र ११, २०७८ सम्पादकीय राष्ट्रिय सवालमा मात्र होइन; क्षेत्रीय, महादेशीय र वैश्विक मामिलामा देखिएका समस्यामाथि समेत यथोचित अध्ययन–विमर्श गरेर समाधानको उपाय सुझाउनुपर्ने प्राज्ञिक थलो विश्वविद्यालय आफैं अनेकौं आन्तरिक अड्चनका कारण बिरामी पर्यो भने के होला ? उत्तर सरल छ— आजको त्रिभुवन विश्वविद्यालय बन्ला । पछिल्लो समय देशकै जेठो र ठूलो यस विश्वविद्यालयको प्रमुख मुद्दा विश्व–विद्या होइन, सिर्फ ‘केही दर्जन ताला’ बन्न पुगेको छ । उपकुलपतिलगायत पदाधिकारीका कार्यालय र ३६ विभागमा ६१ दिनदेखि सत्तारूढ कांग्रेसकै भ्रातृ संस्था नेवि संघको ताला छ । तर पनि विश्वविद्यालयका पदाधिकारीहरू किंकर्तव्यविमूढ छन्; समस्या समाधानको दिशा पहिल्याउन सर्वथा विफल छन् । अरू त अरू, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि — जो यस विश्वविद्यालयका कुलपति हुन् — आफैं प्रमुख रहेको संस्था आफ्नै दलनिकट विद्यार्थीको तालाबन्दीमा निरन्तर कैद हुँदा पनि पूरापूर मूकदर्शक मात्रै छन् । मानौं, विश्वविद्यालयमा ताला लाग्नु प्रधानमन्त्रीका निम्ति कुनै ध्यानाकर्षणीय समस्या नै होइन । गत माघ ७ मै नेवि संघले लगाएको ताल...