समाचार - सरकारी स्कुलमा शुल्क
वैशाख १७, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — रौतहट निवासी गगनदेवराम यादव भक्तपुरको बस्तीमा डुलाएर कपडा व्यापार गर्छन् । उनका चार छोराछोरी भक्तपुरको पद्म माविमा पढ्दै आएका छन् । उक्त विद्यालयमा नेपाली र अंग्रेजी माध्यमबाट पढाइन्छ । ‘हामी गरिब मान्छे हजुर, छोराछोरीलाई बोर्डिङमा पढाउन सक्दैनौं,’ सिर्जनानगरमा अस्थायी बसोबास गर्दै आएका यादव भन्छन्, ‘सरकारी स्कुलमा मेरा तीनजना बच्चा पढ्छन् । तीनैजनाको एकैचोटि फिस तिर्न निकै गाह्रो भयो ।’ यादवले शैक्षिक सत्र २०७६ सुरु भएपछि कक्षा ९ पढ्ने छोरी मनीषाको वार्षिक शुल्क २ हजार ८ सय ३० रुपैयाँ तिरेको बताए । कक्षा ७ मा पढ्ने छोरा धिरेनको १ हजार ८ सय ५ र कक्षा ५ का अरबिन र अनिषाको ४ सय ६० रुपैयाँ वार्षिक शुल्क तिरेको जनाए । पैसा तिरेपछि विद्यालयले बिल दिएको छ । ‘छोरीले अंग्रेजी माध्यमबाट पढ्छु भन्छे,’ दुई वर्षदेखि उक्त विद्यालयमा पढ्न पठाएको उल्लेख गर्दै उनले भने, ‘अंग्रेजी माध्यमबाट पढाउँदा छुट्टै किताब किन्नुपर्छ । सकिन र नेपाली माध्यममै पढ भनेको छु ।’ अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ विपरीत सामुदायिक विद्यालयले अभिभावसँग...