काठमाडौँ — यी हुन्, काठमाडौंमा फेरी (फिरी) लगाउने एक्ला कान चिरेका जोगी, अर्थात् डिल्लीनाथ योगी । कान चिरेर ठूलो बाला लगाएका, घाँटीमा हड्डी, मोती, रुद्राक्षको माला भिरेका, साइडमा झोला, रातो ज्याकेट अनि हातमा मृगको सिङको ढुम्रोजस्तो बजाउने बाजा । सत्ययुगका बाबा गोरखनाथको जस्तो भेष अहिले डिल्लीनाथको चिनारी बनेको छ ।
१६ वर्षअघि सुदूरपश्चिमी एक गाउँबाट काठमाडौं छिरेका उनी अहिले साँखुस्थित शालीनदीको महन्थ आश्रममा बस्छन् । तर, कात्तिक सुरु भएदेखि नै उनको त्यहाँ बास छैन । एक दिन झुलुक्क एउटा गाउँ/टोलमा देखिने उनी अर्को दिनभने अर्के गाउँ/टोलमा पुगिसकेका हुन्छन् ।
उनको मुख्य पेसा घरघर डुलेर फेरी लगाउने हो । उनकै शब्दमा केही वर्षअघिसम्म यो पेसा थियो, हिजोआज पुर्खादेखि चल्दै आएको संस्कृति जोगाउने धर्म बनेको छ । उनी फेरी लगाउने एक्ला जोगी भने होइनन् । तर, गोरखनाथबाट दीक्षित र कान चिरेको फेरी लगाउने जोगीमा भने ‘आफू एक्लो भएको’ उनको दाबी छ । उनको दाबीमा सही थाप्दै अर्का जोगी पद्म भन्छन्, ‘शुद्ध मन्त्र भनेर फेरी लगाउने र त्यसमा पनि कान चिरेको जोगी उहाँ मात्रै हो ।’
६० वर्षीय डिल्लीनाथ राति ९ बजेदेखि फेरी लगाउन सुरु गर्छन् । निर्धारित टोल र बस्ती नभ्याउँदासम्म चेला पदमका साथ डुलिरहन्छन् । यसरी डुल्दा राति २ बजेदेखि कहिलेकाहीं बिहानको ४ बजिसकेको हुन्छ । फेरी लगाएका घरमा बिहान ७ बजेदेखि नै सिदा थाप्न हाजिर हुनुपर्छ । फेरी लगाउन कात्तिक लागेदेखि नै सुरु हुन्छ र फागुनसम्म चल्छ ।
फेरीको आफ्नै कहानी छ । यसको सुरुआत सत्ययुगबाटै भएको मानिन्छ । इतिहास भन्छ— यसको प्रचलन गोरखनाथ बाबाबाट सुरु भएको हो । सत्ययुगमा राक्षसी जगजगी थियो । देवताहरू त्राहीमाम थिए । त्यसबाट बचाउन गोरखनाथ बाबा आफैंले घरघरमा पुगेर फेरी लाउन थाले । आफूपछि कान चिरेका जोगीलाई उत्तराधिकारी रूपमा उनले सुम्पेपछि जोगीले फेरी लगाउन थालेका हुन् भन्ने किंवदन्ती छ ।
डिल्लीनाथ योगी आउनुअघिसम्म महन्थ आश्रममा गुरु थिए— गंगानाथ योगी । आफूपछि फेरी लगाउन उनले डिल्लीनाथ योगीलाई सुम्पे । ९ वर्षअघि गंगानाथको देहान्त भयो । त्यहाँबाट डिल्लीनाथ आश्रमका मुख्य हर्ताकर्ता छन् । आश्रममा एक दर्जन जोगी छन्, सबै फेरी नै लगाउँछन् ।
जोगीहरूले फुक्ने विशेष प्रकारको बाजा मृगको सिङ हो । यस्तो प्रकृतिको बाजा अहिले दुर्लभ छ । कतिपय जोगीहरू यस्तो बाजा नपाएर शंख फुक्ने गर्छन् । ‘वर्षभर नै भूतप्रेत नलागोस्, कुनै छेद नलागोस् भनेर मन्त्रसहित यो बाजा बजाउने गरिन्छ,’ उनी भन्छन्, ‘यो पवित्र स्वरले घर र गाउँलाई शान्ति दिन्छ ।’
फिरी लगाउने जोगीलाई विशेष महत्त्वका साथ धान, चामल, तरकारी, नगदसहित सिदा दिने चलन गाउँमा छ । कतिपय गाउँमा वर्षमा दुई पटक धान र गहुँ छुट्टाएर राख्ने प्रचलन हुन्छ । ‘यसरी उठाएको सिदाको थोरै
अंश गोरखनाथलाई भोग चढाउँछौ, कर बुझाउँछौं,’ डिल्लीनाथ भन्छन्, ‘अनि बल्ल गोरखनाथ बाबाबाट
आशीर्वाद पाइन्छ ।’प्रकाशित : पुस २१, २०७५ ०८:५९https://www.kantipurdaily.com/koseli/2019/01/05/154665807553238334.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
गोविन्द न्यौपाने मंगलबार, ५ साउन, २०७८ के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छवि राजा अंशुवर्मा । तस्वीर स्रोत: 'नेपालका राष्ट्रिय विभूतिहरू' पुस्तकबाट । लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। गोविन्द न्यौपाने नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो। पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको ...
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट नेपालको भाषा आधिकारिक भाषा हरु नेपाली (गोर्खाली) [१] क्षेत्रीय भाषा हरु सम्मिलित मैथिली , नेपाल भाषा (नेवारी), थारु , गुरूङ , तामाङ , मगर , शेर्पा , किराँती , भोजपुरी तथा अन्य भाषाहरु सांकेतिक भाषा हरु नेपाली सांकेतिक भाषा झानकोट सांकेतिक भाषा , जुम्ला सांकेतिक भाषा , घान्द्रुक सांकेतिक भाषा बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । [२] अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।। [३] नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै सम...
Comments
Post a Comment