विराटनगर — भाषाशास्त्री एवं अग्रज साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको आइतबार बिहान निधन भएको छ । ८६ वर्षीय उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । आइतबार बिहान करिब १ बजेतिर अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
माघ पहिलो साता भारतको सिक्किमस्थित छोरी त्रिपुरा खरेलको घर गएका बेला पोखरेललाई मस्तिष्कघात भएको थियो । दुई दिन भारतकै सिलिगुढीमा उपचार गरिएको थियो । त्यसपछि तत्कालै काठमाडौंको नर्भिक अस्पताल लगिएको थियो । केही सुधार भएपछि विराटनगर ल्याइएको थियो ।
केही दिन सामान्य भए पनि फेरि स्वास्थ्यमा असहजता देखिएपछि विराटनगरस्थित श्री अस्पतालमा राखेर उपचार गरिएको थियो । केही दिनअघि अस्पतालबाट घर फर्काइएको उनका छोरा मुनाल पोखरेलले बताए ।
विसं १९९० मा मकवानपुरको चिसापानीगढीमा जन्मिएका उनले भारतको कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका थिए । २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए ।
उनले विराटनगरको महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गरेका थिए । उनी प्राध्यापनबाट २०४६ मा सेवानिवृत्त भएका थिए । २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य रहेका उनैको नेतृत्वमा वृहत् नेपाली शब्दकोष निर्माण भएको थियो ।
पोखरेलका करिब चार दर्जन कृतिहरु प्रकाशित छन् । पछिल्लो समय उनी रुपारानी नामक महाकाव्यको लेखिरहेका थिए । नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशन गर्ने तयारी थियो । उनका चेला कवि, समालोचक हरि बरालका अनुसार उक्त कृति लगभग पूरा हुने अवस्थामा थियो ।
‘नेपाली भाषा र साहित्य’ ग्रन्थका लागि २०२१ सालको मदन पुरस्कारबाट सम्मानित पोखरेलले दर्जनौं पुरस्कार प्राप्त गरेका छन् । उनकी श्रीमतीको चार वर्षअघि निधन भएको थियो । पोखरेलका १ छोरा र २ छोरी छन् ।
आइतबार उनको परोपकारघाटमा अन्तिम संस्कार गरियो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए । त्यसअवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्राध्यापक डा. टंक न्यौपानेलगायतले नेपाली भाषा र साहित्यमा पोखरेलको योगदानबारे चर्चा गरेका थिए ।
प्रकाशित : फाल्गुन १२, २०७५ १२:४०https://www.kantipurdaily.com/news/2019/02/24/155099133187397187.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
गोविन्द न्यौपाने मंगलबार, ५ साउन, २०७८ के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छवि राजा अंशुवर्मा । तस्वीर स्रोत: 'नेपालका राष्ट्रिय विभूतिहरू' पुस्तकबाट । लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। गोविन्द न्यौपाने नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो। पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको ...
२०७३ भदौ १० गते शुक्रबार गणेश राई संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्ने, गरेर नदेखाउने’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनु भाषा व्यवस्था त्यसको एक उदाहरण हो । नेपालको संविधानको प्राक्कथनमा छ । ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ एकल संरचना निरन्तरता यी वाक्ले उजागर गरेको छ । मुलुकमा देवनागरी या रोमनबाहेक अरु लिपिको चर्चा गरिन्न । नेपालमा पा“च महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवार छन् भने कुसुन्डा भाषाका परिवार छुट्टिन बा“की छ । मुलुकमा १४ वटा लिपि प्रचलनमा रहेका छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किरात लिपिमा किराती भाषा...
Comments
Post a Comment