समाचार - विभेद खेप्दै सांकेतिक भाषाका शिक्षक र विद्यार्थी

माघ २६, २०७४
गणेश राई
काठमाडौं– बहिरा विद्यार्थीका निम्ति ईशारामा पढ्नु एकमात्र उपाय हो । कक्षा कोठामा छिर्दा हातमा किताब, कापी, कलम हुने नै भयो । गुरु–गुरुआमाले ह्वाइट बोर्डमा पढाउने सामान्य हो । लेखेर बुझाउ“छन् । हातैको इशारा अनि हाउभाउले परिचय गर्न, गराउनु महत्वपूर्ण हो ।



जे विषयमा पढाउन लागेको हो त्यो हेर्ने सामग्री भएन भने खल्लो हुन्छ । त्यसनिम्ति ओभरहेड प्रोजेक्टरमार्फत् दृश्यात्मक सामग्री, चित्र आदि लिएर देखाउ“दै सांकेतिक भाषामा पढाउने गरिन्छ । त्यसरी प्रदर्शन गर्दै पढाइने सामग्रीहरु नेपाली सामाजिक, सांस्कृतिक, आर्थिकजस्ता विषय समेटिएका हुन्छ ।
अन्तर्राष्ट्रिय चलनअनुसार विशेष विद्यालयमा पढाउन एक शिक्षकले ८ विद्यार्थी पढाउनु पर्दछ । नेपाल सरकारले भने एक शिक्षक बराबर १२ विद्यार्थीको प्रावधान राखेको छ । त विशषे विद्यालयमा विद्यार्थीको चाप छ । काठमाडौंको नक्सालस्थिति केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा कक्षा १० को एउटै कक्षामा ३२ विद्यार्थी पढ्छन् ।

‘कक्षा १ पुग्नुअघि पूर्वप्राथमिक तहको तीनवटा श्रेणीमा पढाउ“छौं,’ बहिरा विद्यार्थीको स्तरोन्नति र भर्ना प्रक्रियाबारे प्रधानाध्यापक उपेन्द्र पराजुलीले भने, ‘त्यसो हु“दा सांकेतिक भाषाको प्रारम्भिक तह पार गर्दछ । अन्यत्रबाट आएका विद्यार्थीलाई चाहिं नौ कक्षासम्म प्रवेश परीक्षाका आधारमा पढ्ने अवसर दिलाएका छौं ।’
देशभरिमा बहिरा विद्यार्थीलाई शिशु कक्षादेखि कक्षा १२ सम्म पढाइ हुने तीनवटा विद्यालय छन् । काठमाडौं, पोखरा र भैरहवामा रहेका छन् । नक्सालस्थित केन्द्रीय बहिरा माविमा ७७ वटै जिल्लाका ४ सय ५० जना विद्यार्थी पढ्छन् ।

पढाउन २२ जना शिक्षकको दरबन्दी छ । तर, केही महिनाअघि तीनजना मावि तहका शिक्षकले अवकाश पाएपछि १९ जनामात्र कार्यरत छन् । जसमा ११ महिला शिक्षक छन् । प्राथमिक तहका ४ जना, निमाविका ६ र मावि (कक्षा १०)का ९ जना छन् ।

सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले समान रुपमा सेवा, सुविधा पाउ“छन् । स्थायी सेवा गरेवापत पेन्सन पाउ“छन् । तर, सरकार मातहतको विशेष विद्यालयका शिक्षकलाई भने विभेद गरिएको छ । धेरैजसो करार सेवामा कार्यरत छन । उनीहरुलाई उपदान मात्र दिइने गरिएको छ । ‘यहा“ कार्यरतमध्ये पन्ध्रजनाभन्दा बढी करारमा छन्,’ प्रधानाध्यापक पराजुली भन्छन्, ‘उनीहरुलाई प्रक्रिया पु¥याएर स्थायी बनाइनु पर्छ भन्ने हाम्रो माग रहेको छ ।’

उक्त विद्यालयमा बहिरा विद्यालयलाई कक्षा ११ र १२ पढाइदैआएको छ । प्रधानाध्यापक पराजुलीका अनुसार शिक्षाशास्त्र र व्यवस्थापन विषय विहानी कक्षा सुचारु छ । पढ्ने विद्यार्थी ८८ जना छन् । उनीहरुलाई पढाउन दुईजना शिक्षकको तलब अनुदान आउने गरेको छ ।

भूकम्पले विद्यालयको चारवटा भवनमध्ये दुईवटा भूकम्पले ध्वस्त बनाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ काठमाडौंले ध्वस्तमध्ये एउटा भवन निर्माण कार्य थालेको छ । कुल लागत १ करोड ५ लाख रुपैया“मा आठ कोठे भवन वर्ष दिनभित्र निर्माण सम्पन्न गर्ने जनाइएको छ ।

केन्द्रीय बहिरा विद्यालय २०२३ सालमा बीर अस्पतालका डाक्टर लक्ष्मीनारायण प्रसादले अस्पताल हातामा ४ जना विद्यार्थीलाई लिएर सुरु गरेका थिए । त्यसपछि २०२६ सालमा नक्सालस्थित बाल मन्दिरमा सारिएको थियो । त्यही बालमन्दिर मातहतको ८ रोपनी क्षेत्रफल जग्गामा यो विद्यालय रहेको छ ।

तथ्यांकअनुसार अपाङ्गता भएकाहरुलाई पढाउन देशभरिमा ३२ वटा विद्यालय छन् । जसमा १७ वटा बहिरा बालबालिकालाई पढाइन्छ । त्यसैगरी बौद्धिक अपाङ्गता भएकालाई १४ विद्यालय छन् । दृष्टिविहीनका निम्ति एउटामात्र छ । त्यसैगरी साधारण विद्यालयमै अपाङ्गता भएकाहरुलाई लक्षित स्रोत कक्षा ३ सय ८० वटामा पढाइन्छ । ती सबै विद्यालयमा ७२ हजार ७ सय ९५ अपाङ्गता भएका विद्यार्थी पढ्छन् ।

शिक्षा मन्त्रीको अध्यक्षतामा रहने विशेष शिक्षा परिषद्अन्तर्गत विशेष विद्यालयहरु सुचारु छन् । त्यसैले गर्दा विभेद कायम रहेको हो । देश संघीय संरचनामा बदलिएको हु“दा अब यस्ता विशेष विद्यालयको स्थिति कस्तो रहने भन्नेबारे नीति बनेको छैन । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले संघीय संघीय संरचनअनुसार शिक्षा ऐन मस्यौदा तयारी भइरहेको र विशेष शिक्षा परिषद्को पनि छलफलमै रहेको बताए ।



सांकेतिक शब्दकोश समस्या
हावभावसहित संकेत गरेर अभिव्यक्ति दिने र बुझिने भाषा सांकेतिक भाषा भनिन्छ । मुलुकमा बोलिन १ सय २३ भाषामध्ये सांकेतिक भाषा पनि एक हो । सांकेतिक भाषा बोल्नेको संख्या ४ हजार ४ सय ७६ जना रहेको छ । यद्यपि विद्यार्थी पढाउन सांकेतिक भाषाका नेपाली शब्द संकेत ४ हजार ३ सय ७४ करिब पा“च हजार जतिमात्र रहेको शिक्षक बताउ“छन् । राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीका अनुसार समाजमा प्रयोग हुने शिक्षा, राजनीति, सामाजिक, सांस्कृतिक, ऐतिहासिक जस्ता विषयगत सांकेतिक शब्दहरू संकलन भइरहेको छ । ‘अब हामीले गर्दै आएको कामलाई बृहत् बनाउन भाषा आयोगस“ग समन्वय गरेर अघि बढ्ने प्रयासमा छौं,’ दोभाषे विनोद कपालीमार्फत् अध्यक्ष अधिकारीले भने, ‘सांकेतिक भाषाको पनि विकास हुने आशा राखेका छौं ।’

‘विशेष शिक्षाका विद्यार्थी र शिक्षकलाई प्राथमिकता दिइनुपर्छ’
नारायणभक्त श्रेष्ठ (रायन)
अध्यक्ष, विद्यालय व्यवस्थापन समिति
विशेष शिक्षामा शिक्षण गर्ने शिक्षकहरूलाई सरकारले विभेद गरेको छ । मैले केन्द्रीय बहिरा माविमा ४८ वर्ष पढाए“ । अहिले अवकाशपछि व्यवस्थापन समितिको अध्यक्ष छु । सारा जिन्दगी अपाङ्गता भएका बालबालिकालाई पढाउनुमा समर्पित भए“ । उमेरहदले अवकाश पाउ“दा साधारण सामुदायिक विद्यालय शिक्षकले पेन्सन पाउ“छन् । शिक्षक पोशाक र अन्य भत्ता पनि पाउ“छन् । तर, विशेष शिक्षाका शिक्षकलाई मासिकमात्र दिइन्छ । मेरो पालामा सरकारलाई बुझाएर मुस्किलले उपदानसम्म पाए“ । त्यसअघि व्यवस्था थिएन । हाम्रो पहलपछि विशेष शिक्षामा पढाउने शिक्षकले पनि उपदान पाउ“छन् । सेवा अवधिमा पाएको वार्षिक तलबको डेढ महिनाको हिसाबले दिइन्छ । तर, विशेष विद्यालयमा पढाउने अधिकांश शिक्षक अस्थायी र करारमा छन् । उपदान पाउने स्थिति छैन ।

बहिरा विद्यार्थीकै हकमा भन्नुपर्दा शिक्षकले उहिले ‘लाटो’ भनिने विद्यार्थीलाई भाषा सिकाएर शिक्षा दिनु पर्छ । कानको काम आ“खाले, मुखको काम हातले गर्नु पर्छ । सांग विद्यार्थीलाई त्यस्तो केही झन्झट गर्नु पर्दैन । त्यसैले केन्द्र, प्रदेश र स्थानीय सरकारले अब बनाउने नीतिमा विशेष शिक्षाका विद्यार्थी र शिक्षकलाई प्राथमिकता दिन जरुरी छ ।

प्रकाशित २०७४ माघ २६ गते कान्तिपुर दैनिक

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि