समाचार - विभेद खेप्दै सांकेतिक भाषाका शिक्षक र विद्यार्थी
माघ २६, २०७४ गणेश राई काठमाडौं– बहिरा विद्यार्थीका निम्ति ईशारामा पढ्नु एकमात्र उपाय हो । कक्षा कोठामा छिर्दा हातमा किताब, कापी, कलम हुने नै भयो । गुरु–गुरुआमाले ह्वाइट बोर्डमा पढाउने सामान्य हो । लेखेर बुझाउ“छन् । हातैको इशारा अनि हाउभाउले परिचय गर्न, गराउनु महत्वपूर्ण हो । जे विषयमा पढाउन लागेको हो त्यो हेर्ने सामग्री भएन भने खल्लो हुन्छ । त्यसनिम्ति ओभरहेड प्रोजेक्टरमार्फत् दृश्यात्मक सामग्री, चित्र आदि लिएर देखाउ“दै सांकेतिक भाषामा पढाउने गरिन्छ । त्यसरी प्रदर्शन गर्दै पढाइने सामग्रीहरु नेपाली सामाजिक, सांस्कृतिक, आर्थिकजस्ता विषय समेटिएका हुन्छ । अन्तर्राष्ट्रिय चलनअनुसार विशेष विद्यालयमा पढाउन एक शिक्षकले ८ विद्यार्थी पढाउनु पर्दछ । नेपाल सरकारले भने एक शिक्षक बराबर १२ विद्यार्थीको प्रावधान राखेको छ । त विशषे विद्यालयमा विद्यार्थीको चाप छ । काठमाडौंको नक्सालस्थिति केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा कक्षा १० को एउटै कक्षामा ३२ विद्यार्थी पढ्छन् । ‘कक्षा १ पुग्नुअघि पूर्वप्राथमिक तहको तीनवटा श्रेणीमा पढाउ“छौं,’ बहिरा विद्यार्थीको स्तरोन्नति र भर्ना प्रक्रियाबारे प्रधान...