भानुभक्त आचार्य, भानुभक्तको रामायण र भानुभक्तका सालिक
भानुभक्त आचार्य, भानुभक्तको रामायण र भानुभक्तका सालिक
सुनिल उलक
भानुले रामायण नेपाली भाषामा लेखेको चर्चा निकै भेटिन्छ । तर भानु जन्मनु भन्दा १०० वर्ष भन्दा अगाडि नै दुखी भारोले रामायण नेवारी भाषामा लेखेका थिए । त्यसबेला उपत्यका पुरै नेवारीमय थियो र पनि दुखी भारोको रामायणको चर्चा खासै चलेन । उनको रामायण समाजको अगाडि ल्याउने कुनै मोतिराम जन्मि दिएनन् भन्नु पर्ला । किन भने भानुमक्त पनि जीवनकालमा त्यसै हराएका थिए । मोतिरामले टपक्क टिपेर बाहिर ल्याएका थिए । अन्यथा भानुभक्तको विषयमा उल्लेख नै हुन नै पाउँदैनथ्यो कि !! तर दुखको कुरा भानुलाई सम्पूर्ण नेपाली सामु उभ्याउने मोति आफै यो संसारमा धेरै लामो समय रहेनन् । केवल ३० वर्षकै उमेरमा मोतिले यो संसारबाट बिदा लिए ।
बि.सं. १८७१ असार २९ गते भानु चुँदी रम्घामा जन्मेका थिए । चुँदीकै सम्वन्धमा यो कविता भानुले कोरेको भनिन्छ ।
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटि क्यै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन् ।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु नराखि कीर्ति ।
भानुले कसरी र किन यो कविता कोरे स्पष्ट छैन । या यो कविता भानुलाई उचाइमा पुर्याउन भानुका नाममा मोतिराम वा पछिका कसैले कोरिदिएका पनि हुन सक्छन् । यस कवितामा घाँसीले घाँस बेचेरै कुवा खनायो भनेर भन्ने गरिन्छ । २०० वर्ष अगाडि घाँस काटेर बिक्री गरिदैनथ्यो । त्यसमा पनि चुँदी रम्घा जस्तो दूरदराजमा घाँस किन्ने वा काट्नका लागि मजदूर राख्ने नै गरिदैनथ्यो ।
बरू श्रीमती २-३ वटा ल्याइन्थे । घाँस बेच्ने कुराको सम्भावना कतै देखिदैन । अर्को कुवा के हो र इनार के हो नबुझेका पनि हुन सक्छन् । गाउँ घरमा पहाडको कप्टेरोमा मूल फुटेर पानी जम्मा हुने गर्दछ । त्यहाँ माटा या ढुङ्गोको आली उठाएर अलि धेरै पानी जम्मा हुने ठाउँ बनाइन्छ । यसैलाई कुवा भनिन्छ । अब यसका लागि पैसो जोहो गर्नुपर्दैन । कुवा भेटिए, दुइ चार वटा ढुङ्गा मिलाएर राखे एकैछिनमा पानी भर्न मिल्ने कुवा बनाउन सकिन्छ । तराइ वा काठमाडौमा भएको भए इनार खनिन्थ्यो होला । तर चुँदीमा इनार खनेर पानी आउने सम्भावना पनि हुँदैन । यस कवितामा इनार होइन कुवा नै भनिएको छ ।
भानुलाई आदीकविका रूपमा लिने गरिन्छ र सम्बोधन पनि गरिन्छ । तर भानु जन्मनु भन्दा ४६ वर्ष अगाडि नै सुवानन्द दासले पृथ्वीनारायण शाहको बारेमा राजैभक्तिकृत लेखेका थिए । भानु जन्मनु १५ वर्ष अगाडि नै सुवानन्द दासको मृत्यु भइसकेको थियो ।
दुखी भारोले बि.सं. १७६१ मा नेवारी भाषामा रामायण लेखेका थिए तर पनि यसको खासै चर्चा भएको पाइँदैन । राजा भुपतिन्द्र मल्लले तमारीमा रहेको पुर्ख्यौली घर अधिग्रहण गरि नयाँ ठाउँ भुलाछेँमा बस्न बाध्य बनाइए पछि उनले दुखका दिनमा आफ्नो नाम समेत दुखी राखेर रामायणको नेवारी अनुवाद गरेका थिए ।
उनले अरण्य काण्डको ८०औं सर्ग समाप्त भए पछि वन काण्ड शुरु गर्नु अगाडि वन काण्ड पनि लेखिसकेको उल्लेख गर्दै लेखेका छन् -
सम्वत ८२४ आषाढ शुक्ल सप्तम्याया तिथि हस्त नक्षत्र पलिघ जोग्य । बुधवाल थ्वकुन्हु थ्व सफूली वण काण्डे सिधयका दिन जुरो । लिषित दुखिन चोया जुरो । शुभमस्नु ।। थ्व वण काण्डे चोया दुखिया मनस महा दुख जुयाव दुख लुमुन्लमालके अर्थन चोया । छु दुःख जुरो धारसा बबु भलन वियाव ताथा मलमंघि तोलस पुलको ननि छे श्री २ भूपतिन्द्र मल्ल महालाजान द्वाकास्यां विज्याङाव ङातापोलल देवल दान दुखियात भुलाछे शिव बाहाल ननिस छेपलिक वियाव थ्व छेस थ्वते चोन वया । दुखी स्त्री सुखुल मयि, काय इन्द्र सिङ, म्याच महेश्वलि, चण्डेश्वलि, शिधेश्वरि । मुमा वसुधला, बुबा गया । थ्वते नपं चोङाव दुखिया मनस मछुङापु जुयाव । दुःख रूमाङाव् थ्व दुख लुमुलमानके निमितिन श्री ३ रामायणे काण्डे चोयाव । श्री रामयाणाम कायाव दिन हाङा जुरो । राम राम रामा नम राम राम राम राम ।। शुभमस्नुसदा सर्त्वदा । लक्ष्मि बृद्धिरस्तु ।। ।।
नेपाली अनुवाद –
सम्वत ८२४ (दिन १७६१) आषाढ शुल्क सप्तमी तिथिका दिन बुधवार यो ग्रन्थ वन काण्ड दुःखी भागले लेखि सिध्यायो ॥ शुभ होवस् ॥ दुखिको मनमा दुःख परेकोले यो ग्रन्थ लेखेको हुँ। सो दुःख बिर्सनलाई लेखेको हुँ । के दुःख पर्यो भने मेरो बुबाले भलो चिताई मलाई भोग चलन गर्न दिइ राखेको तौमढी टोल पुलको ननिछें श्री २ भूपतीन्द्र मल्ल महाराजाबाट पाँचतले मन्दिर निर्माण गर्नलाई अधिग्रहण गरिलिनु भई दुखीलाई भुलाछे शिवबहाल ननि अवस्थित घर सट्टा भर्ना दिनु भएकोमा त्यस घरमा दुःखी, आफ्नी पत्नी सुखुलमयिं, छोरा इन्द्रसिं, छोरीहरु महेश्वरी, चण्डेश्वरी, सिध्देश्वरी, मुमा बसुन्धरा र बुबा गया सपरिवार बसाइँ सर्न आउँदा दुःखीलाई चित्त बुझ्दो भएन, मनमा शान्ति भएन। ती दुख पीर बिर्सन सकियोस् भनेर श्री ३ रामायण वन काण्ड लेखी श्रीरामको नाम स्मरण गर्दै दिन विताएँ॥ राम राम राम रामा नम राम राम राम राम ॥ सदासर्वदा कल्याण होओस् ॥ लक्ष्मी वृद्धि होस् ।
अन्तमा नेपाल तथा भारतका बिभिन्न शहरहरुमा राखिएका भानुका सालिक ।
https://www.facebook.com/photo?fbid=10225693362274356&set=pcb.10225693419195779
Comments
Post a Comment