प्रतिरोधको सिलिदुङ

 जेष्ठ २४, २०८२

सिली’ भनेको साकेलामा नाचिने सांस्कृतिक नृत्य भइहाल्यो । किराँत राई भाषामा दुङको अर्थ हुन्छ– समय/युग । ‘सिलिदुङ’ अर्थात् साकेलाको युग । मुन्दुममा वर्णित उँधौली र उँभौलीको याम । एउटा सांस्कृतिक चैतन्यको समय ।

कवि गिलु रातोसको कवितासंग्रह ‘सिलिदुङ’ मा त्यही समयको सौन्दर्य र अविव्यञ्जना लेखिएको छ ।

४५ कविता भएको संग्रहमा चार खण्ड छन्– प्रतिरोध, मिथक र अस्तित्व, चुलो र गौनसे दाइ । चौथो खण्डमा ‘देब्रे हातको पेचुरी’ शीर्षकको एउटै मात्र कविता छ, जुन कवि–चित्रकार अर्जुन खालिङमाथि लेखिएको छ । अन्य कविता भने सांस्कृतिक चिन्तनले ओतप्रोत छन् । ती कविता पढ्दा सहजै अनुमान लगाउन सकिन्छ– कवि रातोसले सांस्कृतिक प्रतिरोधका माध्यमबाट एउटा बेग्लै वैचारिकीको निर्माण गर्न खोजेका छन् ।

दोस्रो र तेस्रो खण्डका अधिकांश कवितामा कविले किराँत–राई जातिको मिथक र सांस्कृतिक सौन्दर्यको पाटो उजागर गरेका छन् । फरक सभ्यताको इतिहास बोकेको मुन्दुमी पात्र, स्थान र परिवेशका माध्यमबाट समानता र सहिष्णुताको युनिभर्सल कथा भन्न खोज्नु कविको उद्देश्य हो । कथा भन्दै गर्दा कतै चर्को सुनिन्छ त कतै नरम ! कवि कतै पुर्खा सम्झेर नोस्टाल्जिक हुन्छन् त कतै मेलाङ्कोलिक । स्थानीयता, मुन्दुमी बिम्ब र उपमाले सिँगारिएका कविता पढ्दा बेग्लै स्वाद पाइन्छ ।

उनका कवितामा मिलन–बिछोड, दु:ख–सुख, हाँसो–आँसु र उहापोहजस्ता सस्ता भावना मात्रै छैनन् बरु सांस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक पक्षले प्रेममा ल्याउने संकट र समस्याको चिरफार पनि गरिएको छ । ती कवितामा वर्गीय असमानताको कुरूप यथार्थ पनि छ, परिवर्तनको सपना पनि ।

Seal of resistance

पुरातन सोचबाट निर्देशित शासन व्यवस्था र सामाजिक संरचना रहिन्जेल विभेद, शोषण र असमानता विद्यमान रहिरहन्छ । विभेद र असमानता टड्कारो रहिन्जेल प्रतिरोध जारी रहन्छ । पहिलो खण्डको प्रायः कवितामा शासक र सत्ताविरुद्ध छेडिएको त्यही प्रतिरोधी आवाज मुखरित भएको छ ।

उनको कवितामा सशक्त रूपमा आएको अर्को विषय हो– ‘जनयुद्ध’ । ती कवितामा योद्धाको जिजीविषा र नेतृत्वको राजनीतिक स्खलनको मार्मिक चित्रण छ । कवि रातोसका कविता वैचारिक रूपमा सशक्त र स्पष्ट भए पनि शिल्प र शैलीका हिसाबले बहुतै नाजुक छन् ।

विचारलाई सरल र कलात्मक रूपले सम्प्रेषण गर्न सुन्दर क्राफ्ट हुनु सुनमा सुगन्ध हुनु हो । तर, कवि रातोस यस विषयमा चुकेका छन् । अर्को कमजोरी भाषामा छ । उनले त्यस्तो भाषा प्रयोग गरेका छन्, जुन कविताले माग गर्दैन । कुनै कविता त पढिसक्नै गाह्रो पर्छ । केही कविता अनावश्यक लामो छ । ती कविताले पुनर्लेखन र सम्पादनको माग गर्छन् । कति कविताको शीर्षक उपयुक्त लाग्दैन ।

https://www.blogger.com/blog/post/edit/510303313795210673/6529765854482919632

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? : गोविन्द न्यौपाने

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि