Posts

Showing posts from March, 2025

नेपाललाई जनसांख्यिक लाभांश २१०८ सालसम्म मात्र

Image
  चैत्र १७, २०८१ यज्ञ बञ्जाडे Read in English 432 shares Highlights २०७८ सालदेखि लाभांश पाउन सुरु, २१०८ सालदेखि नेपालको जनसंख्यामा बुढ्यौली लाग्ने १५ वर्षभन्दा कम र ६५ वा सोभन्दा बढीको जनसंख्यालाई निष्क्रिय र १५ देखि ६४ वर्षसम्मको जनसंख्यालाई सक्रिय मानिएको छ काठमाडौँ — नेपाललाई उपलब्ध जनसांख्यिक लाभांश (बच्चा र वृद्धभन्दा क्रियाशील उमेर समूह धेरै) को सुविधा २७ वर्ष मात्र बाँकी रहेको एक सरकारी प्रतिवेदनले देखाएको छ । अहिले नेपाल जनसांख्यिक लाभांश प्राप्त अवधिको करिब मध्यावधिमा रहेको र २१०८ सालपछि पूर्ण रूपमा बुढ्यौलीमा प्रवेश गर्ने राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनसांख्यिक लाभांश प्रतिवेदनले औंल्याएको छ । ‘जनसांख्यिक लाभांश’ भन्नाले जनसंख्याको उमेर—संरचनामा आउने परिवर्तनका कारण प्राप्त हुने आर्थिक वृद्धिको सम्भावनालाई जनाउने प्रतिवेदनले प्रस्ट्याएको छ । प्रतिवेदनमा १५ वर्षभन्दा कम र ६५ वा सोभन्दा बढीको जनसंख्यालाई निष्क्रिय र १५ देखि ६४ वर्षसम्मको जनसंख्यालाई सक्रिय मानिएको छ । ‘कुनै मुलुक जहाँ जन्मदरमा कमी आएको छ र काम गर्ने उमेरको जनसंख्यामा वृद्धि भएको छ भने त्यहाँ...

प्रेमबहादुर मावोहाङः ओझेलमा परेका इतिहासकार

Image
  राजकुमार दिक्पाल १४ जेष्ठ २०८१, सोमबार  २० : २९  बजे 11k Shares आफ्नो भूमीको ऐतिहासिक विरासत जोगाउन अन्तिम समयसम्म मरिमेटेर लड्ने लिम्बू सुब्बामध्ये एक हुन्, प्रेमबहादुर माबोहाङ । उनी आफ्नो समयका मिक्लुङ थुमका ठूला र नामी सुब्बा थिए । अहिले मिक्लुङ थुम धनकुटा र मोरङ जिल्लामा पर्छ । राजा महेन्द्रले २०२१ सालमा भूमी सुधार लागू गरेपछि खोसिएको किपट अधिकार फर्काउन उनले हरसम्भव कोशिश गरेका थिए । सुब्बा प्रेमबहादुर लिम्बूवानका ठूला जिम्मावाल किपटिया सुब्बामध्येका एक थिए भन्ने प्रमाण हो, उनको सुवांगी जिम्मामा परेको क्षेत्रफलको भूभाग । उनको जिम्माको किपटभित्र मिक्लुङ पहाड (दक्षिणी पानीढलो), बोक्रा पश्चिम, बुढिखोलापूर्व भुँडेसिमल उत्तरको आठ मौजा रहेको थियो (“थाक्थाकु मावोहाङ चेम्जोङ वंशावली”, २०६५ःख) । प्रेमबहादुरले पाएको यति ठूलो किपटिया सुवांगीका कारण उनलाई “प्रेमबहादुर जिम्दार” भनेर पनि चिनिन्थ्यो । चेम्जोङ लिम्बूको ऐतिहासिक विरासत प्रेमबहादुरको पुख्र्याैली विरासत पनि नेपालको इतिहासमा महत्त्वपूर्ण छ । कुनै समयका प्रतापी लिम्बू राजा माबोहाङका ३४ थरी सन्तानमध्ये चेम्जोङ थरका लिम्...

कान्तिपुर अर्काइभ मन्त्रीले प्रधानमन्त्रीसँग सोधे : भवन विभाग जुम्रा हेर्ने घर हो ?

Image
  फाल्गुन २०, २०८१ कान्तिपुर संवाददाता Read in English 394 shares काठमाडौँ — धेरैलाई थाहा नहुन सक्छ, अहिले सहरी विकास मन्त्रालयअन्तर्गत रहेको भवन तथा सहरी विकास तथा निर्माण विभाग संरचनाको इतिहास । यो राणा शासनकालमा स्थापित ‘सदर पब्लिक निक्सारी’ लाई पुनर्गठन गर्दै बनाइएको संरचना हो । राणा शासनकालमा बिन्तीपत्र वा उजुरीको निकासा दिने अड्डा वा फाँटलाई ‘निक्सारी’ भनिन्थ्यो । त्यही शब्द राखेर ‘सदर पब्लिक निक्सारी’ नामको संरचना राणाकालमै स्थापना गरिएको हो । २०२० सालमा यसको नाम पुनर्गठन गरेर भवन विभाग बनाइयो । २०४६ को परिवर्तनपछि पनि विभाग उद्देश्यअनुसार अघि बढ्न नसकेपछि तत्कालीन आवास तथा भौतिक योजनामन्त्री बलबहादुर राईले भवनका इन्जिनियर जुम्रा हेरेर बस्ने भन्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई व्यंगात्मक रुममा समस्या सुनाएका थिए । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विकास बैठकमा मन्त्री राईले भवन विभागलाई काम दिने कि खारेज गर्ने भन्दै प्रश्न पनि राखेका थिए । बहुदलीय व्यवस्था पुनर्स्थापना भएको दुई वर्ष बितिसक्दा पनि सरकारी विभागले नियम, कानुन र दायरावि...

कान्तिपुर अर्काइभ [अर्काइभ] सगरमाथाको चुचुरो टेक्ने प्रथम नेपाली महिला जब हिउँमा हराइन्...

Image
  कान्तिपुर अर्काइभ चैत्र ५, २०८१ कान्तिपुर संवाददाता Read in English 255 shares काठमाडौँ — सन् १९७५ मा जापानकी जुन्को ताबेइ विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो महिला हुन् । छिमेकी मुलुक भारतकी बेचेन्द्री पालले पनि १९८४ पहिलो पटक सगरमाथा चढेकी थिइन् । तर तीन दशकअघिसम्म नेपाली महिलाले सर्वोच्च शिखर सगरमाथा चढ्न सक्छन् भन्ने विषय आमनागरिकले पत्याउन नसक्ने विषय थियो । त्यही पृष्ठभूमिमा तीन पटक आरोहण प्रयास गरेर असफल भएकी सोलुखुम्बुको साविक चौरीखर्क गाउँविकास समिति–४ सुर्केकी पासाङ ल्हामु २०४९ फागुन २५ गते चौथो पटक सगरमाथा आरोहणमा निस्किन् । उनी आरोहणमा निस्कनु केही दिनअघि प्रथम आरोही महिला बेचेन्द्रीले आफ्नो २१ सदस्यीय आरोहण टोलीमा समावेश हुन आग्रह गरेकी थिइन् । तर पासाङले आफ्नै नेतृत्वमा सगरमाथा आरोहण गरेर नेपाली महिलाको कीर्तिमान राख्ने चाहनाले बेचेन्द्रीको प्रस्ताव अस्विकार गरेकी थिइन् । आफ्नै नेतृत्वमा सगरमाथाको चुचुरो टेक्ने इच्छा पूरा गर्न पासाङ ल्हामु पाँच जना पुरुष सहयोगीसहित आरोहणमा निस्किन् । आरोहणमा जाने क्रममा उनले सञ्चारकर्मीहरूसँग...

कान्तिपुर अर्काइभ [अर्काइभ] गिरिजाप्रसादले कोदालोले खोस्रेको ओखलढुंगा सडक

Image
  चैत्र १०, २०८१ कान्तिपुर संवाददाता Read in English 254 shares काठमाडौँ — घरायसी सामान ओखलढुंगा पुर्‍याउन उदयपुरको कटारीबाट भरिया र ढाक्रेलाई प्रतिकिलो १० रुपैयाँ ज्याला दिनुपर्थ्यो । ओखलढुंगा र सोलुखुम्बु आउजाउ गर्ने पैदलयात्रीको लर्को देखिन्थ्यो । भरियाहरू ठाउँठाउँमा भारी बिसाएर बसेका भेटिन्थे । बाटैमा भात र ढिँडो पकाएर खान्थे । त्यस भेगका बासिन्दाले आफ्नो जीवनभर गाउँ सडक सञ्जालले जोडिने र गाडी चढेर घर पुग्ने कल्पना दिवा–सपनाजस्तै ठान्थे । त्यस भेगलाई सडक यातायातसँग जोड्न २०४६ सालको राजनीतिक परिवर्तनपछि कटारी–ओखलढुंगा सडक बनाउने योजना बन्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त सडक शाही नेपाली सेनाले बनाउने घोषणा गरे । सरकारको निर्णय अनुसार सेनाले सडक बनाउने योजना कार्यान्वयन गर्न गिरिजाप्रसादले कोदालोले खोस्रेर २०५० वैशाख २५ गते कटारी–ओखलढुंगा सडकको शिलान्यास गरेका थिए । ओखलढुंगा, सोलु, उदयपुर, सिन्धुली र खोटाङबासीका लागि उक्त सडक कोसेढुंगा भनिन्थ्यो । सडक निर्माणले त्यस भेगका बासिन्दाको टाउकोबाट नाम्लो हट्ने भन्दै खुस...

नेपालका १२५ भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

Image
  फाल्गुन २९, २०८१ रासस काठमाडौँ — नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताए। आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोड’भन्दा फरक ‘लेआउट’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताए। एक कार्यक्रमका बीच उक्त प्रस्तावित फन्टका विषयमा भाषविद्सहित छलफल र प्रस्तुतीकरणसमेत भइसकेको छ। त्यस अवसरमा भाषाविद् प्रा डा माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको लेखनपद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोयमा नयाँ फन्ट सिर्जना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताए। भाषा आयोगका अध्यक्ष डा ...