चर्चामा जो छ, पहिचानको जोहो अर्थात् किरात राई प्राज्ञिक संगोष्ठी

 

चर्चामा जो छ, पहिचानको जोहो अर्थात् किरात राई प्राज्ञिक संगोष्ठी

कुब्जोङ किरात
कुब्जोङ किरात२४ फागुन २०८०, बिहिवार
126Shares
facebook sharing button
twitter sharing button
linkedin sharing button
sharethis sharing button
चर्चामा जो छ, पहिचानको जोहो अर्थात् किरात राई प्राज्ञिक संगोष्ठी

‘स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्त हुनुमात्र होइन बल्की अरु मानिसको स्वतन्त्रतालाई सम्मान र अभिवृद्धि गर्दै जिउन सक्नु हो ।’ नेल्सन मण्डेला

मातृभूमि नेपाल संघीय लोतान्त्रिक गणतन्त्र बनेपछि हामी साढे दुइसय वर्ष लामो राजतन्त्रको बन्धनबाट मुक्त भयौं । यही चरणमा जहाँनियाँ राणाशासन ढल्यो । ०७ सालमा प्रजातन्त्र आयो । तर फेरि पनि ३० वर्षे पंचायती व्यवस्थाले खायो । २०४६ सालमा पुनः प्रजातन्त्र आयो तर संवैधानिक राजतन्त्रले छोडेन । दश वर्षे जनयुद्ध भयो अनिमात्र भूइँमान्छेहरूले शिर उठाउन पाए । २०६२÷६३ को जनआन्दोलनले ल्याएको उभार ने आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । हामी बन्धन मुक्त छौं । हाम्रै मतदानले जनताका छोराछोरी राष्ट्रपति बन्न पाएका छन् । त्यसकै निम्ति वीर सहिदहरूले ज्यानको बलिदान दिएका हुन् । 
दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति मण्डेलाले भनेझैं हामी स्वतन्त्र छौं । बन्धन मुक्त छौं । खाँचो यो छ कि अरु मानिस अर्थात् समुदायको सम्मान गर्न सक्नु छ । सम्मानको अभिवृद्धि गर्दै बाँच्नु छ । जो हिजो भएको थिएन । आज एकले अर्कोको सम्मान अभिवृद्धिका निम्ति आफैं जुट्नु छ । जुटाउनु छ । 

उनै मण्डेलाले भनेका छन्– ‘शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।’ शिक्षा अकाट्य चाँबी हो, जसले सम्मान र आत्मसम्मान अभिवृद्धिको ढोकाहरू खोल्छ । त्यही शिक्षाको माध्यमबाट नेपालका आदिवासी जनजाति समुदायमा मनुस्मृतिका माध्यमबाट लगाइएका तालाहरू खुल्दै गएका छन् । 

त्यसको पछिल्लो उदाहरणका रूपमा चौथो किरात राई प्राज्ञिक संगोष्ठी–२०८० लाई लिन उपयुक्त हुन्छ । किरात राई प्रज्ञा परिषद्ले नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यो संगोष्ठीको आयोजना गरेको छ । यो संगोष्ठीले बन्धनमुक्त समुदायको आत्मसम्मान र पहिचानको खोजी गर्दै आएको छ । ‘पुख्र्यौली ज्ञान सन्तानलाई वरदान, समृद्ध समाज बौद्धिक अभियान’ यो संगोष्ठीको नारा रहेको छ । 

संगोष्ठीले बन्धनमुक्त समुदायको आत्मसम्मान र पहिचानको खोजी गर्दै आएको छ । ‘पुख्र्यौली ज्ञान सन्तानलाई वरदान, समृद्ध समाज बौद्धिक अभियान’ यो संगोष्ठीको नारा रहेको छ । 

संगोष्ठी आयोजक संस्था किरात राई प्रज्ञा परिषद् किरात राई यायोक्खाको प्राज्ञिक क्रियाकलाप गर्न बनेको अंग हो । २०४७ सालमा गठन भएको संस्था किरात राई यायोक्खाले आफ्नो स्थापनाकालमै प्राज्ञिक क्रियाकलाप गर्नका लागि ‘किरात राई भाषा, लिपि, साहित्य र संस्कृतिको अनुसन्धानका लागि विशेषज्ञहरूको समिति गठन गर्न सकिने छ’ भनेर विधानमा उल्लेख छ । सो विधानअन्तर्गत २०४९ सालमा ‘भाषा तथा साहित्य परिषद्’ गठन भएको थियो । यसलाई बौद्धिक क्षेत्रमा अझ बृहत्तर बनाउन २०६७ सालमा किरात राई प्रज्ञा परिषद्मा रूपान्तरण गरिएको जनाइएको छ । 

किरात राई प्रज्ञा परिषद्ले किरातसँग सम्बन्धित विविध विषयमा बहस एवम् छलफलका कार्यक्रमहरू गर्दै आएको छ । २०७५ सालमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पहिलो किरात राई प्राज्ञिक संगोष्ठी भएको थियो । त्यसयता २०७८ सालमा दोस्रो संगोष्ठी भर्चुअल माध्यमबाट भएको थियो भने २०७९ सालमा तेस्रो प्राज्ञिक संगोष्ठी भौतिक उपस्थितिमा कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा सम्पन्न भएको थियो । अहिले चौथो संस्करण नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्यमा दुइदिने संगोष्ठी हुँदैछ । 

प्रज्ञा परिषद्का सदस्यसचिव डा. तारामणि राईका अनुसार प्राज्ञिक अभ्यासका रूपमा यो संगोष्ठी सावित भएको छ । सुरुमा विज्ञ छनोट गरी कार्यपत्र लेखाउने र प्रस्तुत गराउने गरिएको थियो । त्यतिखेर बन्द रूपमा मात्र हुन्थ्यो, आफ्नो मान्छेलाईमात्र लेख्न लगाइयो भन्ने आरोप हुन्थ्यो । २०७६ सालमा विश्व महामारीका रूपमा कोरोना महामारी फैलिएपछि घोषित दोस्रो किरात राई प्राज्ञिक संगोष्ठी २०७८ सालमा मात्र सम्भव भएको थियो । दोस्रोमा खुल्ला रूपमा कार्यपत्र लेखाएर भर्चुअल माध्यमबाट प्रस्तुत गराइएको थियो । शोधार्थी, अध्ययन, अनुसन्धाताहरूले धेरै चासो दिन थाले । फलस्वरूपमा चौथो संस्करणको दुइदिने संगोष्ठीमा १७ जना अनुसन्धाताले कार्यपत्र प्रस्तुत गर्ने छन् । यो संगोष्ठी भौतिक उपस्थितिमाझ हुनेछ भने कार्यक्रमलाई जुम भर्चुअल माध्यमबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ । 

संगोष्ठीले प्राज्ञिक वातावरण निर्माणमा सहयोग पु¥याएको छ । पहिले किरात राई जातिमा सीमित थियो । अहिले अन्तरजातीय, अरु समुदायमा पुग्ने विषयवस्तु सामग्री समावेश हुन थालेको छ । अर्कोतर्फ संगोष्ठीमा प्रस्तुत अनुसन्धानमूलक आलेखहरूलाई ‘किरात प्रज्ञा’ जर्नलमा प्रकाशन गर्ने गरिएको छ । यो पटक आईएसएसएनसहित जर्नलको तेस्रो संस्करण प्रकाशित गरिएको छ । यसरी यो वर्षको संगोष्ठीमा प्रस्तुत गरिएका अनुसन्धानात्मक आलेखलाई पुनःमूल्यांकनसहित अर्को वर्षको जर्नलमा प्रकाशन गर्दै जाने नीति अख्तियार गरिएको छ । जसले गर्दा ‘पुख्र्यौली ज्ञान सन्तानलाई वरदान, समृद्ध समाज बौद्धिक अभियान’ नारालाई पुष्टि गर्नेछ । 

संगोष्ठीले प्राज्ञिक वातावरण निर्माणमा सहयोग पु¥याएको छ । पहिले किरात राई जातिमा सीमित थियो । अहिले अन्तरजातीय, अरु समुदायमा पुग्ने विषयवस्तु सामग्री समावेश हुन थालेको छ ।

चौथो किरात राई प्राज्ञिक संगोष्ठीमा मूलतः किराती भाषा, संस्कृति, मुन्दुम, मुन्दुमी वनस्पति, प्रागइतिहास आदि विषयका गोष्ठीपत्रहरू प्रस्तुत गरिने छन् । संगोष्ठीको मुख्य वक्ता इतिहासकार प्रा. दिनेशराज पन्त रहने छन् । समूहत छलफलमा प्रदेश१ को पुनः नामाङ्कन र साझा नाम विषयमा समाजमानवशास्त्री डा. डम्बर चेम्जोङ, पूर्वमन्त्री डा. केशवमान शाक्य, सांसद दुर्गा राई र यायोक्खाका उपाध्यक्ष युवराज राईबीच बहस हुनेछ । 

किराती गीत तथा संगीत बहसमा वरिष्ठ गायक÷संगीतकार जीतेन राई, सुनिता सुब्बा, प्राज्ञ शान्तिराम राई, प्राज्ञ डाक्टर किरातबीच हुनेछ । नेपालको सन्दर्भमा आदिवासी भाषा दशकबार आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, भाषाशास्त्री प्रा.डा. बलराम प्रसाई र भाषा आयोगका पूर्वसदस्य अमृत योन्जन–तामाङबीच बहस हुनेछ । यसैगरी ‘अग्रजका कुरा’ शीर्षकमा अधिवक्ता शान्तिकुमारी राई, बयानसिं राई र डिक बान्तावाले आफ्ना अनुभवलाई साझा गर्नुहुने छ ।

खड्किएको पक्ष राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले किरात राई जातिभित्रका २५ वटा भाषा समेटेको छ । जसमा बान्तावा, चाम्लिङ, कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, वाम्बुले, बाहिङ÷बायुङ, याम्फु÷याम्फे, नाछिरिङ, दुमी, मेवाहाङ, पुमा, आठपहरिया, दुङमाली, कोयी, लोहोरुङ, जेरो÷जेरुङ,  छिन्ताङ, छिलिङ, तिलुङ, लुङखिम, फाङदुवाली, बेलहारे र साम छन् । यी मातृभाषाहरू लेख्य परम्परा उन्मुख छन् । संगोष्ठीमा यी भाषाहरूको अवस्थाबारे र यी भाषामा कार्यपत्र प्रस्तुत हुने छैन । मात्र खस–नेपाली भाषा र अंग्रेजीका माध्यमबाट मात्र प्रस्तुत हुनेछन् । 

मण्डेलाले भनेजस्तो स्वतन्त्र हुनु समुदायको निम्ति सराहनीय पक्ष हो । लोपोन्मुख यी मातृभाषाहरू जनबोलीबाट बन्धनबाट मुक्त हुने खतरा बजिरहेको स्थिति छ । मानिसको स्वतन्त्रताको सम्मान गर्दै जाँदा खस–नेपाली भाषा र अंगे्रेजीकै माध्यम अपनाउँदै जाँदा मातृभाषा अभिवृद्धिमा चाहिं ठेस लाग्दै गएको अवस्था छ । आगामी संगोष्ठी आयोजना गर्दा किरात राई प्रज्ञा परिषद्ले यसतर्फ ध्यान पु¥याउनु पर्ने देखिन्छ । आम समुदाय, बहुसंख्यक समुदायले खस–नेपाली नै बुझ्छन् भन्ने भावनाको विकास हुँदा, त्यसैमा जर्नल प्रकाशन गरिरहँदा जराभन्दा डाँठ र पात–पातमा मात्र सिंचन गरेजस्तो हुँदैजाने निश्चित छ ।Read more at: https://indigenousvoice.com/news/989

 https://indigenousvoice.com/news/989

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि