कोसेली इतिहास : बिर्सिइएका बानादार

 

कार्तिक ११, २०७४ रामप्रसाद कँडेल


काठमाडौंकथा कलंगा गढी किल्लाको लडाइँमा वीर बलभद्र कुँवरको साथमा रहेको बानादारहरूको हो  हामी इतिहास खाने जातिमा पर्छौं  फिरंगीहरूसँगको युद्धको बेला कलंगा किल्लामा रहेका वीर नेपाली सेनाहरूको साथमा कम्तीमा जना बानादार थिए 

 



यदि राजा आफैं प्रत्यक्ष युद्धमा सहभागी भएको अवस्थामा कम्तीमा १६ जना बानादार सामेल गराइन्थ्यो  अन्य अवस्थामा कम्तीमा जना बानादार समावेश हुन्थे  तिनै बानादारहरूको ताल धुनमा सेनालाई कवाज खेलाइन्थ्यो प्राचीन नेपाली युद्ध कलाको अभ्यास गराइन्थ्यो  तर हाम्रा सैनिक इतिहासका सबैजसो संस्करणहरूमा ती बानादारहरूको कतै उल्लेख गरिएको छैन  के आफ्ना गौरवपूर्ण बानो, नगरा ढोलप्रति दिव्योपदेशमा बाहेक अन्य स्थानमा नपर्नु बाजा बाजा बजाउनेको भाग्यलाई मात्र दोष हो ? 

बानादार भनेको नेपाली सेनाको हरेक कम्पनी, पल्टन, गण आदिमा दरबन्दीमा रहेका बाजा बनाउने कलाकार संगीतकार हुन्  तिनीहरूले के कस्ता बाजा बजाउँथे ? यसबारे बाल्यकालमा मामली हजुरवा गान्टे दमाईले भनेका शब्दबाहेक इतिहासका पुस्तकमा कतै केही भेटिएका छैनन्  हजुरबाका अनुसार युद्धको बेलामा नेपाली सेनामा प्रकारका बानो प्रकारको ढोल प्रकारको नगरा बजाइन्थ्यो  बानोका प्रकारमध्ये सिंहमुखे बानो (), वज्र चट्याङमुखे बानो () बाघमुखे बानो () नागमुखे बानो () पर्दथे  ढोलमा श्री भवानी ढोल जसलाई काली ढोल भनिन्थ्यो श्री नाथ नगरा जसलाई गोरख नाथ नगरा पनि भनिन्थ्यो  

हजुरबाका भनाइअनुसार राजा प्रत्यक्ष सहभागी हुने युद्धमा सिंहमुखे वज्रमुखे बानो बजाइन्यो  अन्य युद्धहरूमा बाघमुखे बानो नागमुखे बानोका साथमा भवानी, काली ढोल श्रीनाथ (गोरखनाथ) नगरा बजाइन्थ्यो 

नेपालीहरूले बनाएका हरेक किल्लाका सेनाका पल्टनहरूले दैनिक रूपमा यी बाजा बजाएका होलान् ? 
अहिले हाम्रो गौरवमय बानो छोडेर बिहान तथा साँझमा सेनाका ब्यारेकमा विदेशी बाजा विगुल बज्ने गरेको   बानो छोडेर विगुल किन सेनाले अँगाल्यो ? युद्धका सिपाहीलाई साहस, ऊर्जा, उत्साह प्रदान गर्ने विशिष्ट तान्त्रिक अनुष्ठानद्वारा प्राण चैतन्य गरिएका ती नेपाली दमाई जातिको अलौकिक सांगीतिक सम्पदालाई किन तिरस्कार गरियो ? कतै यी हतियार विदेशी मुद्रामा अनुवाद भयो कि ? नेपाल अंग्रेज तिब्बत युद्धका पुराना हतियारहरू तिनै पृथ्वीनारायणका वंशजको शासनकालमा कौडीको दाममा लिलामी भएको पढिएको थियो  


बानो, ढोल, नगरालगायतका नेपाली सेनाका अत्यन्त महत्त्वपूर्ण ७० भन्दा बढी प्रकारका बाजाहरूको संरक्षण गर्न भद्रकालीस्थित सैनिक जनसम्पर्क कार्यालयमा निवेदन दिएको वर्ष भयो  तर यसको जवाफ आजसम्म पाइएको छैन  नेपाली सेना आफ्नो गौरवपूर्ण इतिहास कायम राख्न अलि डर मानेको हो कि ? नत्र नि:स्वार्थ रूपमा हाम्रा पुर्खाले युद्धकालमा बजाएका बाजाहरूलाई स्मरण गर्नु पुन: प्रयोग गर्न अग्रसर किन नभएको ? विदेशी बाजा अँगालिसकेकाले नेपाली रैथाने बाजा फेरि पुनर्जीवित गर्ने झन्झट नगरेको हो कि
...
कलंगामा बलभद्र कुँवरसँग लडेका सेनामा भारत खवासको पालामा स्थापित शार्दूल जंग कम्पनीको पनि नाम आउँछ  आजसम्म शार्दूल जंग गणले नेपाली चाडपर्व तथा समारोहहरूमा प्राचीन पद्धतिअनुसारका प्रकारका बाजा बजाउँदै आएको   


हामीले नेपाली जातिको गौरवपूर्ण इतिहास सुन्दा आनन्दित हुन्छौं तर त्यसपछाडि पाइएका पीडाहरूको हिसाब गर्दैनौं  किनकि घाउमा खाटा बसिसकेको हुन्छ सम्भवत: युद्धमा मारिएकाहरूको हाडखोर मक्किएर पृथ्वी बनिसकेको हुन्छ  केवल तिनै पुर्खाहरूको आँसुलाई हामी स्मृति गर्दछौं तर इतिहास लेख्ने काममा पछि पर्दछौं  यिनै सन्दर्भमा नेपाली सेनाले लडेको कलंगा गढीमा नेपाल राष्ट्रको झन्डा फहराउने सय नेपाली वीरहरूको कथामा कतै उल्लेख नभएका कम्तीमा जना बानादारहरूको बारेमा संक्षिप्त चर्चा गर्न आवश्यक   कप्तान बलभद्र कुँवर रणदीप सिंह बस्न्यात, रेवन्त कुँवर आदि वीर योद्धाहरूले श्री गीर्वाणका हजुरमा नालापानीबाट काठमाडौंमा विसं १८७१ पुसमा पठाएको पत्रमा बानादारबारे केही उल्लेख देखिन्न 


नेपालको सैनिक इतिहास’ (२०४९ पृष्ठ ५४१) मा संक्षिप्त रूपमा उल्लेख , ‘सुदूरका स्थानहरूमा सन्देश छिटो पुर्याउन ढोल नगराको प्रयोगबाट सञ्चारमाध्यम कायम हुन्थ्यो जैथकको लडाइँका सन्दर्भमा पनि उक्त पुस्तकको पृष्ठ ४०८ मा , ‘त्यसै बिहान लुडलेको फौजलाई नराम्रोसँग हराएका काजी रणजोरसिंह थापाले दिउँसो बजेतिर किल्लामा लडाइँको नगरा बजाउन लगाए  नगरा बज्नेबित्तिकै जोशले भरिएका गोरखाली सेना शत्रुमाथि जाइलागे  जसमा पुरानो गोरख, शार्दूल जंग वरख पल्टन सहभागी थिए 


आफ्नो इतिहास अभिलेख राख्ने काममा हामी पछि परेका छौं  आफ्नो सही इतिहासलाई पनि विदेशीले के लेखे भनेर त्यो सन्दर्भ ग्रन्थको सत्यता जाँच नगरी हामी उल्लेख गर्दछौं  नालापानी (कलंगा) को लडाइँमा पनि त्यही भयो  सहायक रथी शिवप्रसाद शर्माकोसिपाही’ (वर्ष २१, २०४५ पृष्ठ १४२) मा प्रकाशितकालापानी एक विश्लेषणात्मक अध्ययनशीर्षकको लेखअनुसार कलंगामा ३० नोभेम्बर १८१४ बिहान बजे सय नेपाली सेनामध्ये जम्मा ६०७० जना बाँकी रहेपछि बलभद्र कुँवर, रिपुमर्दन थापा, चामु बस्न्यात गञ्जसिंह थापालगायत किल्ला छाडेर पहाडतिर गए  त्यसको घण्टापछि बिहान बजे अंग्रेज ग्रिनेडियर सेनाको टोली कलंगा किल्लाभित्र प्रवेश गर्यो  भीत्र कोही नभएको प्रतिरोध नभएकाले मेजर केली किल्लाभित्र प्रवेश गरे  


किल्ला प्रवेश गर्नेबित्तिकै सैनिक अधिकृत सेयरले त्यहाँको अवस्था बयान गर्दै श्रीमतीलाई लेखेको पत्रमात्यहाँ एैया भनेर सिकिस्त कराइरहेका घाइतेहरू थिए, एक जना आइमाई जो मुख बाएर पानीपानी भनिरहेकी थिइन्  हिथकोटले शवको छेउछाउमा टेकेर ती महिलालाई पानी खुवाउन प्रयास गरे  तर टाढा भएकाले उनको मुखमा पानी फ्याँकिदिन्थे  यसरी तिनले दुई घुट्का पानी खान पाइन् ’ 


उक्त गौरवमय युद्धको १६८ वर्षपछि कुमार घिसिङलगायतले नेपालीको गौरवमय इतिहासलाई वैकल्पिक इतिहासको नाममा भ्रम छरिरहेका छन्  नभएको कथा लेखिरहेछन्  , उनीहरूको उद्धरणहरू नेपाली सेनाको जंगी अड्डाबाट प्रकाशित इतिहासमा लेखिनु नेपाली सेनाले आफूले आफैंलाई मानमर्दन गर्नु हो 


कप्तान बलभद्र कुँवरको नेतृत्वमा गएको लगभग सय जनाको नेपाली सेनाको पुरानो गोरख पल्टन, बरख पल्टन, कालीदल कम्पनी शार्दूल जंग कम्पनी समावेश थियो भनी टेकबहादुर खत्री, ‘नेपाली सेनाको इतिहास’ (२०४१ पृष्ठ ११) मा लेखेका छन्  कलंगाको किल्लाको पर्खाल जम्मा १२ फुट अग्लो थियो त्यहाँ आपत् पर्दा पिउनका लागि पानीको १२५ वटा घैंटा सञ्चय गरिएका थिए पूर्णिमावर्ष अंक पृष्ठ ६३ अनुसार १८१४ नोभेम्बर २४ देखि कलंगामाथि तेस्रो आक्रमण भएको थियो  
हाम्रो इतिहासले नदेखाएको पाटो भनेको कलंगा गढीमा तैनाथ शार्दूल जंग कम्पनीका कम्तीमा पनि बानादारहरूको अवस्था हो  सामान्यतया युद्धकालीन अवस्थामा हरेक गढीहरूमा बाघमुखे बानो नागमुखे बानो बजाउने जना बानादार तैनाथ हुन्थे  किल्लाको व्यूह रचना सञ्चालन गर्न श्री भवानी ढोल बजाउने गरिन्थ्यो  यो ढोललाई कतै श्री गोरखकाली ढोल पनि भनिन्थ्यो  श्री गोरखकालीको यन्त्र चैतन्य बनाई स्थापना गरिएको सो ढोल नेपाली सेनाको व्यूह रचनालाई सांगीतिक रूपमा सन्देश बुझी फिरंगीहरूलाई आक्रमणप्रत्याक्रमणमा वादन गरिन्थ्यो  


अर्को श्री नाथ नगरा बाजा युद्धको साइत दिने नगरा हो  श्री नाथ भनेको गोरख नाथ सम्प्रदायले नेपाल एकीकरणका लागि आफ्नो तान्त्रिक शक्ति समाहित गरेर सेनाको मनोबल उच्च पार्न अन्य बैरीहरूको शक्ति क्षीण बनाउनका लागि एक महाशक्तिसम्पन्न श्री नाथ नगरा हो  त्यसको अवशेष आज पनि नेपाली गोरखनाथको पीठ तथा गुफा, मन्दिरहरूमा सन्ध्या आरती गर्दा अनिवार्य बजाउने गरिन्छ  


कलंगा गढी त्यस्तो महत्त्वपूर्ण गढी हो जसमा अंग्रेजहरूको हजारौं हजार फौजलाई नेपाली सेनाको सानो टुकडीले चुनौती दिइरह्यो  यति मात्र नभएर अंग्रेज जनरल जिलेस्पी तथा लेफ्टिनेन्ट ओहारालगायत अनेकौं अंग्रेज सेनालाई सो किल्लामा सीमित युद्ध, खाद्य सामग्री लिएका नेपाली सेनाले उनीहरूलाई मृत्युवरण गराए  


तसर्थ उक्त किल्लामा नेपालको झन्डा उठाउँदाउठाउँदै वीरगति प्राप्त गर्ने नेपाल आमाका सन्तानहरूलाई नेपाल नेपाली जाति रहेसम्म सदा स्मरण गर्दछौं  ती अज्ञात बानादारहरूलाई नेपालका प्राचीन किल्लाहरूबाट सम्मानको सलामी अपर्ण गरिरहनेछौं  

प्रकाशित : कार्तिक ११, २०७४ ०८:३२

https://ekantipur.com/author/author-23457

 

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि