न्यायिक कठघराको कसीमा नघोटिएको सत्यनारायण बहादुर श्रेष्ठ भर्सेस कृष्णप्रसाद भट्टराई

 कुब्जोङ किरात

२८ माघ २०८०, आइतवार
न्यायिक कठघराको कसीमा नघोटिएको सत्यनारायण बहादुर श्रेष्ठ भर्सेस कृष्णप्रसाद भट्टराई 

जित्नेको इतिहास लेखिन्छ भन्ने उक्ति उहिलेकै हो । जित्नकै लागि जुक्ति निकाल्नेहरू तत्कालका लागि जितिरहेकै छन्, जसरी अहिले नेपाल पत्रकार महासंघ जितेको भानमा छ । उसले इतिहासलाई बलमिच्याइँसाथ जित्दैछ । ‘अग्रज अनुहार: कथा अग्रजको, गाथा महासंघको’ किताब विमोचनको निम्तोपत्र बाँडिरहेको छ । निम्तोपत्रमा नेपाल पत्रकार महासंघको २०१२ सालयताका अध्यक्षहरू तस्बिर अंकित गरिएका छन् । यो काम सराहनीय छ त भन्नैपर्छ तर संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कि कृष्णप्रसाद भट्टराई ? भन्ने विवादको भुमरी मडारिरहेको बेला यो किताब ल्याउनुको मकसद असमावेशी राज्यको चरित्रकै प्रतिबिम्ब उत्रेको छ । हामी हाम्रो अग्रजप्रति अपमान बोल्न चाहँदैनौं तर इतिहास कालखण्डलाई बिर्सेझैं गरेर आफ्नो मनखुस गरेर अघि बढ्नुचाहिं गम्भीर आपत्तिको विषय हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले तथ्यलाई टेकेर इतिहास निर्माण हुनुपर्ने माग राख्दै आएको छ । पछिल्लो निमन्त्रणा सार्वजनिक भएपछि फोनिजले २७ माघ २०८० मा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छः

महासंघको प्रतिष्ठान प्रदेशले पत्रकार महासंघका अध्यक्षहरूको जीवनी समावेश गरेर ‘अग्रज अनुहार’ नामक पुस्तक प्रकाशन गर्न लागेको जानकारी प्राप्त भएको छ । सो पुस्तकमा गलत तथ्यकै आधारमा संस्थापक अध्यक्षको विषय समावेश गरिएको छ । हामी यसै विज्ञप्तिमार्फत् सो प्रकाशन रोक्न जोडदार माग गर्दछौं । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासंघको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने हाम्रो ठहर छ । 

नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तथ्य स्पष्ट छ । नेपाली पत्रकारिताको इतिहासमा वि.सं.२००८ साल वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार संघ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई संगठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । यो तथ्यलाई नामेट पार्नु भनेको उहाँको योगदानको अवमूल्यन गर्नु हो । इतिहासलाई नामेट पारेर नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरूको साझा र नेतृत्व संस्था हुन सक्दैन । तर, नेपाल पत्रकार महासंघले यस तथ्यलाई नजरअन्दाज गर्दै आएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले यो विषय नेपाल पत्रकार महासंघलाई अवगत गराइसक्दा पनि गम्भीरतापूर्वक लिएको छैन । महासंघ यसरी इतिहास नामेट पार्दै अगाडि बढ्दा गत साल फोनिजले महासंघको सबै संरचनाहरूमार्फत् इतिहास सच्याउन र आगामी दिनमा संस्थापकको विषय टुङ्गो नलागेसम्म यस सम्बन्धि कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो । तर, सोही गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्ने लगायतका गतिविधि अगाडि बढाएको विभिन्न सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको छ । गलत तथ्यलाई नै निरन्तरता दिने महासंघको कदमप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ । 

महासंघको प्रतिष्ठान प्रदेशले पत्रकार महासंघका अध्यक्षहरूको जीवनी समावेश गरेर ‘अग्रज अनुहार’ नामक पुस्तक प्रकाशन गर्न लागेको जानकारी प्राप्त भएको छ । सो पुस्तकमा गलत तथ्यकै आधारमा संस्थापक अध्यक्षको विषय समावेश गरिएको छ । हामी यसै विज्ञप्तिमार्फत् सो प्रकाशन रोक्न जोडदार माग गर्दछौं । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासंघको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने हाम्रो ठहर छ । 

नेपाली पत्रकारिताका धरोहरका रूपमा यसरी पूर्वजहरूको सम्मान गरिनु र गाथा निर्माण गरिनु आफैमा प्रशंसायोग्य कुरा हो । हामी यस कार्यलाई उच्च सम्मान गर्दछौं । तर, नेपाली पत्रकारिताको इतिहासमा यति गहकिलो कार्य हुँदै गर्दा नेपाल पत्रकार संघका संस्थापक सभापति श्रेष्ठको जीवनी समावेश नहुनु, उहाँको योगदानलाई अवमूल्यन गरिनु, उहाँका बारेमा पुस्तकमा कतै केही उल्लेख नहुनु जस्ता कार्यले गम्भीर संशय पैदा गरेको छ ।

हामी आग्रह गर्दछौं, प्रतिष्ठान प्रदेशको सो प्रकाशन तत्काल रोकियोस् । साथै, संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाई गलत इतिहास सच्याइयोस् । यदि, अब पनि गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा फोनिज महासंघको यस्तो गलत दुस्साहसविरुद्ध देशव्यापी आन्दोलनमा जान बाध्य हुनेछ । 

नेपाल पत्रकार महासंघले वेबसाइटमा परिचय लेखिएका छ– ‘नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरूको साझा छाता संगठन हो, जसको ६५ वर्ष लामो इतिहास छ । देश विदेशमा रहेका नेपाली पत्रकारहरूलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरूको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवद्र्धन गर्ने, पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने, र पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय, अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै आएको छ ।

यसका साथै देशमा भएका सबै लोकतान्त्रिक आन्दोलनहरूको एक अंगका रूपमा महासंघ सधैं उभिएको छ । लोकतान्त्रलाई सुदृढ गर्दै देशमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु र मानव अधिकारको रक्षा गर्नु महासंघको उद्देश्य हो ।

सत्यनारायण बहादुर श्रेष्ठ नेवार भएकैले जनजाति पत्रकारको संगठन फोनिजले निहुँ खोजेको भन्नुपर्छ । तर त्यसो होइन कि वि.सं.२००८ सालमै नेपाल पत्रकार संघ गठन भयो, त्यसमा नेपाली पत्रकारहरू नै संगठित थिए । इतिहासका अनेकन दसीप्रमाणहरू जगजाहेर छ । 

वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रूपमा महासंघ रहेको छ । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । हाल महासंघमा १३ हजारभन्दा बढी सदस्य रहेका छन् ।’

इतिहास सत्य, तथ्य र निष्पक्ष हुन्छ । पत्रकारिताको सिद्धान्त पनि त्यही नै हो । नेपाली पत्रकारितामा सत्य र तथ्य नमान्ने जमातले उछालेर इतिहास नामेट हुन सक्दैन । न्यायिक कठघरामा उभिनै पर्छ । जथाभावी गर्ने छुट कुनै गुटलाई छैन । नेपाल पत्रकार महासंघ सबैको साझा हो भने त्योभित्र कुन गुटले इतिहास बङ्ग्याउने प्रयास गर्दैछन् । यो गम्भीर पक्ष हो । सत्यनारायण बहादुर श्रेष्ठ नेवार भएकैले जनजाति पत्रकारको संगठन फोनिजले निहुँ खोजेको भन्नुपर्छ । तर त्यसो होइन कि वि.सं.२००८ सालमै नेपाल पत्रकार संघ गठन भयो, त्यसमा नेपाली पत्रकारहरू नै संगठित थिए । इतिहासका अनेकन दसीप्रमाणहरू जगजाहेर छ । 

इतिहास संशोधन मण्डलका सदस्य तथा प्रसिद्ध इतिहासविद् प्राध्यापक दिनेशराज पन्त २००८ साल नै प्रामाणिक हो । ‘किसुनजीले गरेको संस्थाको मात्रै स्थिरता हो भनेदेखि त किसुनजीले गरेकै साललाई मान्नुप¥यो । तर होल नेपाल पत्रकार महासंघको कुरो गर्ने हो भने त २००८ साल र २०१२ सालमा चार वर्षको फरक भयो । त्यसैले ०८ साल नै मान्नुप¥यो नि त । हामीले हेर्ने यसरी हो । जुनै संस्था हो भने पनि चाहे युनिभर्सिटी भनौं । प्रज्ञा–प्रतिष्ठानहरू भनौं । यी सबैको बीचको कुरालाई लिनु प¥यो नि त । जस्तो साझा प्रकाशन त २०२२ सालतिर स्थापना भयो । पछि साझा प्रकाशनमा नेपाली भाषा प्रकाशिनी समितिका सबै किताबहरू त्यहाँ गयो । त्यसमा प्रकाशिनी समितिकै इतिहास रहन्छ । यसैगरी नेपाल पत्रकार महासंघको स्थापनाकाल २००८ साल नै मान्नुपर्छ ।’ प्राध्यापक पन्तको निचोड छ । 

नेपाल पत्रकार महासंघले सत्य र तथ्यलाई अँगालेर अघि बढ्नु आजको आवश्यकता हो । ‘अग्रज अनुहार’ भन्दै इतिहास नस्विकार्नु कलमबाजहरूका निम्ति फोस्रो लडाइँ गरिरहनुमात्रले कहीं पनि पुगिदैन । यसरी नेपाल पत्रकार महासंघ व्यर्थै जातीय विद्वेषको भड्खालोमा जाकिने छ । Read more at: https://indigenousvoice.com/news/977

https://indigenousvoice.com/news/977

Read more at: https://indigenousvoice.com/news/977

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि