अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ: मातृभाषा प्रवर्द्धनको अवस्था र पहल
गणेशकुमार राई फाल्गुन ९, २०८० महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् । ‘जो हिन्दूस्तानी आमा–बाबु आफ्नो बच्चासँग बाल्यकालदेखि अङ्ग्रेजीमा कुराकानी गर्न थाल्छन्, उनीहरू आफ्नो राष्ट्रको द्रोह गर्छन् । मैले यो पनि मानेको छु कि यसले बालक आफ्नो देशको धार्मिक र सामाजिक बिरासतबाट बञ्चित रहन्छ । त्यत्तिकै अंशमा देशको र विश्वको सेवा गर्नका निम्ति कमयोग्य बन्छ । मातृभाषाको सामान्य ज्ञान जो स्वतः उनीहरू पाउँछन्, त्यसले उनीहरूको र राष्ट्रको फाइदा नै पुगेको हुन्छ र आज उनीहरू परदेशी जस्तो भएका छैनन् । गान्धीको अभिव्यक्ति उन्नाइसौँ शताब्दीको हो । भारतबाट अङ्ग्रेजको साम्राज्य हट्यो । तर पनि अङ्ग्रेजी भाषाको विस्तार दक्षिण एसियामात्र होइन, विश्व समुदायलाई गाँज्दै लगेको अवस्था छ । २१औँ शताब्दीसम्म आइपुग्दा विश्वको करिब सात हजार मातृभाषाको सङ्ख्या दिनानुदिन घट्दो अवस्थामा रहेको छ । हाम्रोजस्तो बहुभाषिक समाजलाई दिन दुईगुना रात चौगुना भने जसरी विदेशी भाषाले थिचिरहेको अवस्था छ । एक दिन कविता वाचन गराएर मात्र मातृभाषाको विकास हुन सक्दैन । तीनै तहको सरकारले मुलुकभित...