कोशी : पाँचथरमा निशान जात्राको रौनक, २४९ वर्षपछि सेनाको सलामी [तस्बिरहरू]
कार्तिक ६, २०८० लक्ष्मी गौतम पाँचथर — पाँचथरको याङवरक गाउँपालिका-४ स्थित कालिका मन्दिर परिसरमा लाग्दै आएको निशान जात्रामा यो वर्ष दश हजारभन्दा धेरै सर्वसाधारणले सहभागिता जनाएका छन् । यो वर्ष निशान जात्रामा पहिलो पटक नेपाली सेनाले सलामीसमेत अर्पण गरेको छ । नेपाल राज्य एकीकरणका क्रममा लिम्बूवान फौज र शाह वंशीय सेना बिच छ पटकसम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि शाहहरुले सम्झौता गर्दै लिम्बुवानलाई उपहार स्वरुप छोडेका २ वटा निशानसहित तत्कालिन युद्धमा प्रयोग भएका हातहतियार छोडेर गएका थिए । त्यही हातहतिया तथा निशानलाई दसैंको अवसर पारेर महानवमीका दिन प्रदर्शन गर्ने चलन छ । १८३१ साल देखि शुरु भएको निशान प्रदर्शनीमा नेपाली सेनाको रणशेर गणले पहिलो पटक सम्मानसहित सलामी अर्पण गरेको हो । सलामी अर्पणका क्रममा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, कार्यालय प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा हजारौंका संख्यामा सर्वसाधारण उपस्थित थिए । पृथ्वीनारायण शाहको बाइसे चौबिसे राज्य एकिकरणका समयमा युद्ध हुँदा प्रयोग भएका निशान र पुरातात्विक हतियार र निशान प...