ऐतिहासिक महत्वका गढीहरूको संरक्षण गर्नुपर्छ : प्रधानसेनापति
- Get link
- X
- Other Apps
१७ कार्तिक २०७८, बुधबार

मकवानपुर, १७ कात्तिक ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक महत्वका गढीहरुको
संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार मकवानपुरस्थित चिसापानी गढी
क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गर्दै उनले नेपाली सेना
यस्ता गढीको संरक्षणका लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
देशको भौगोलिक सीमा रक्षार्थ बनाइएका गढीहरु नेपाली सेनाको इतिहाससँग समेत
सम्बन्धित रहेको भन्दै उनले विभिन्न स्थानमा रहेका यस्ता गढीको संरक्षणमा
सेनाले आवश्यक भूमिका निर्वाह गर्ने बताए ।
https://www.nayapage.com/archives/353614
- Get link
- X
- Other Apps
Comments
Post a Comment